Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (८ असोज २०८२, बुधबार)

  • Ajnabee Khadka
  • September 24, 2025
  • 703

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (८ असोज २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (8 Asoj 2082, Wednesday)

१.  ‘बालन डी ओर’ अवार्ड २०२५ विजेता खेलाडीको हुन् ? 

➤ पुरुषतर्फ : ओस्मान डेम्बेले (फ्रान्सका फरवार्ड) 

  • महिलातर्फ : आइताना बोनमती (स्पेन, लगातार तेस्रो पटक जितेकी)

अन्य विजेता:

  • उत्कृष्ट पुरुष टोली : पिएसजी
  • उत्कृष्ट प्रशिक्षक : लुइस एनरिके 
  • उत्कृष्ट गोलरक्षक : डोनारुमा 

२. नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा कसलाई नियुक्त गरियो ? 

➤ मनोज सिलवाल 

  • विसं २०८२ असोज ५ गतेको मन्त्रीपरिषद् बैठकले सिलवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको । 
  • प्राधिकरणमा उपकार्यकारी निर्देशकको जिम्मेवारी समालिसकेका सिलवालले विभिन्न प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरेका ।
  • यसअघि कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रूपमा नियुक्त गरिएको । 

३. सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखमा कसलाई चयन ग¥यो ? 

➤ एआइजी मनोज केसी

  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई चयन गरिएको ।
  • डा. केसी यसअघि प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत हुनुहुन्थ्यो ।
  • डा. केसीले भुटानी शरणार्थी प्रकरणसम्बन्धी अनुसन्धानको नेतृत्व गर्नुभएको थियो । 
  • केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख चन्द्रकुवेर खापुङ आइजिपी बनेपछि त्यहाँ प्रमुखको पद रिक्त थियो ।

४. जेनजी आन्दोलन (विसं २०८२ भदौ २३–२४) को सन्दर्भमा भएका घटनाको अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग कहिले गठन गरिएको हो ? 

➤ विसं २०८२ असोज ५ 

  • असोज ५ मा बसेको मन्त्रीपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेकोे । 
  • सदस्यहरूमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहनुभएको ।
  • आयोगको कार्यावधि तीन महिना तोकिएको ।

 

५. दुधकोशी–२ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ? 

➤ ७० मेगावाट 

  • आयोजना सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा निर्माण हुने । 
  • यो आयोजना ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको ।
  • लागत अनुमान : करिब १५ अर्ब 
  • भारतीय कम्पनीबाट नेपाली कम्पनीले स्वामित्व लिएसँगै दुधकोशी–२ (जलेश्वर) जलविद्युत् आयोजनामा वित्तीय लगानी जुटेको । यो आयोजनामा लक्ष्मी सन्राइज बैङ्क लिमिटेडको अगुवाइ, एभरेष्ट बैङ्क लिमिटेडको सहअगुवाइ र सानिमा बैङ्क लिमिटेडको सहभागितामा लगानी व्यवस्थापन भएको । विसंं २०८२ असोज ५ गते यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको ।

 

६. लोक सेवा आयोगद्वारा विसं २०८२ असोज ५ गते राष्ट्रपतिसमक्ष पेस गरिएको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन अनुसार स्थायी रोजगारीका लागि सबैभन्दा बढी उम्मेदवार सिफारिस भएको जिल्ला कुन हो ? 

➤ जुम्ला 

  • सिफारिस भएका कुल उम्मेदवार ः २५९२ (पुरुष ः १६९०, महिला ः ९०२)
  • सबैभन्दा बढी उम्मेदवार सिफारिस हुन सफल पाँच जिल्ला ः जुम्ला (११५), स्याङ्जा (९२), गुल्मी (८०), धनुषा (७२) र काठमाडौँ (७१)
  •  सबैभन्दा बढी दरखास्त पर्ने पाँच जिल्ला ः सर्लाही (१८,४४२), धनुषा (१५,७८४), बारा (१५,७३७), महोत्तरी (१५,४५२) र रौतहट (१४,७५३)
  • सबैभन्दा न्यून दरखास्त पर्ने पाँच जिल्ला ः मनाङ (१५), मुस्ताङ (५३), रसुवा (३३४), रुकुमपूर्व (७६६) र डोल्पा (१,०१४)

 

७.  सिंहदरबारको निर्माण कसको पालामा भएको हो ? 

➤ चन्द्रशमशेर 

  • तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बनेको सिंहदरबार यस पटक समेत गरी दुई चोटि आगोको चपेटामा परेको ।
  • पहिलो पटक आगलागी : विसं २०३० असार २५ (प्रधानमन्त्री : कीर्तिनिधि विष्ट)
  • दोस्रो पटक आगलागी : विसं २०८२ भदौ २४ (प्रधानमन्त्री : केपी शर्मा ओली) 
  • जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेका । सिंहदरबारमा विभिन्न मन्त्रालयसमेत भएको हुँदा यस आगलागीमा बहुमूल्य सामानदेखि मन्त्रालयका महìवपूर्ण दस्ताबेजहरू जल्न पुगेका । 

 

८.  सन् २०३० सम्म डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन प्रतिबन्ध गर्ने घोषणा गर्ने राष्ट्र कुन हो ?

➤ आयरल्यान्ड

 

९. भैरव पुरस्कार २०८२ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ? 

➤ हास्य व्यङ्ग्यकार कृष्ण प्रधान 

  • पुरस्कार राशि : रु. एक लाख ११ हजार १११ 
  • भैरव वाङ्मय पुरस्कार : चित्र कलाकार हरिप्रसाद शर्मा (राशि : रु. एक लाख ११ हजार १११)
  • भैरव प्रतिभा पुरस्कार : विवश पोखरेल (राशि : रु. ५१ हजार १११)

१०. दर्ता भएका टे«डमार्क कति अवधिभित्र प्रयोग नगरे खारेज हुने व्यवस्था रहेको छ ? 

➤ एक वर्षभित्र 

  • टे«डमार्क दर्ता गर्ने तर व्यवसाय सञ्चालन नगरी होल्ड गरिराख्ने प्रवृत्ति बढेसँगै सरकारले यससम्बन्धी कानुनलाई कडाइका साथ पालना गराउन लागेको बताएको । 

 

११. राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ? 

➤ असोज २ 

  • आदर्श वाक्य (विसं २०८१–२०८५) : ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता 

 

१२. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ? 

➤ सेप्टेम्बर ८ 

  • सन् २०२५ को नारा (५९ औँ) : प्रमोटिङ लिट्रेसी इन द डिजिटल इरा (डिजिटल युगमा साक्षरताको प्रवर्धन) 

 

१३. विसं २०८२ मा प्रदान गरिने पद्मश्री साहित्य पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ? 

➤ रमेश भुषाल (कृति : छालबाटो)

  • पद्मश्री साधना सम्मान : रमा शर्मा 
  • पद्मश्री गौरव पुरस्कार : प्राडा अभिनारायण सुवेदी 
  • यी पुरस्कारको राशि जनही तीन लाख रुपियाँ रहेको । 

१४.  राहदानी विभागका अनुसार कहिलेसम्ममा सबैको हातमा ई पासपोर्ट पु¥याउने लक्ष्य रहेको छ ? 

➤ सन् २०३०

 

१५. भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो ?

➤ जापान

 

१६. नेपाल पत्रकार महासङ्घको पहिलो महिला अध्यक्षमा निर्वाचित हुन सफल सञ्चारकर्मी को हुन् ? 

➤ निर्मला शर्मा

  • नेपाल पत्रकार महासङ्घको झन्डै सात दशकको इतिहासमा पहिलो पटक वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मा अध्यक्ष बन्न सफल महिला सञ्चारकर्मी । 
  • महासङ्घको २०८१ मङ्सिर २८ मा सम्पन्न महाधिवेशनले अध्यक्षमा शर्मालाई निर्वाचित गरेको । 
  • महासङ्घको लामो इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको । 
  • महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका ।

१७. शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलो पटक कहिले आयोजना गरियो ?

➤ सन् २०१६ सेप्टेम्बर १९ 

 

१८. मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ? 

➤ भदौ २०

 

१९. सुशासन पुरस्कार, २०८१ कसलाई प्रदान गरियो ? 

➤ अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा प्रदान गरिने सुशासन पुरस्कार (२०८१) बाट रमेश धमला (कान्तिपुर टिभी), नवराज मैनाली (नयाँ पत्रिका), टपेन्द्र कार्की (नागरिक दैनिक) र सबिता अछामी (नमस्ते खोटाङ डट कम) सम्मानित भएका । 

  • आयोगले आफ्नो ३४ औँ स्थापना दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गरेको । 
  • पत्रकारिताका माध्यमबाट भ्रष्टाचार रोकथाम तथा नियन्त्रण र सुशासन प्रवर्धनमा योगदान पु¥याएबापत चार पत्रकारलाई सो पुरस्कारबाट सम्मानित गरिएको । 

 

२०. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?

➤ मोहन कोइराला 

 

२१. सन् २०२५ सेप्टेम्बरमा ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ अनुसार विश्वकै सुरक्षित देश कुन रहेको छ ? 

➤ सिङ्गापुर 

  • सन् २००६ यता यो उपाधि सिङ्गापुरले १२ पटक प्राप्त गरिसकेको । 
  • सर्वेक्षण अनुसार सन् २०२४ मा ९८ प्रतिशत सिङ्गापुरवासीले राति एक्लै हिँड्दा आफूलाई सुरक्षित महसुस हुने बताएका । यो दर ग्यालपले विश्वभर सङ्कलन गरेका तथ्याङ्कमध्ये उच्चतममा परेको जनाएको । 
  • पुरुष र महिलाबिच पनि सुरक्षा अनुभूतिको स्तर झन्डै बराबर देखिएको । साथै ९८ प्रतिशत पुरुष र ९७ प्रतिशत महिलाले राति एक्लै हिँड्दा आफू सुरक्षित महसुस भएको बताएका । 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 48
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 223
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 182
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 261
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 372
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA