Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१६ पुस २०८२, बुधबार)

  • Ajnabee Khadka
  • December 31, 2025
  • 804

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१६ पुस २०८२, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (16 Pus 2082, Wednesday)

१.  लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा कहिले गरिएको हो ? 

➤ वि.सं. २०८२ पुस १३ 

  • प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता दर ९६.१६ प्रतिशत पुगेपश्चात् साक्षर प्रदेश घोषणा गरिएको।
  • हालसम्म पाँच वटा प्रदेश साक्षर घोषित भएका। 

  • हालसम्म मुलुकका ६८ जिल्ला साक्षर घोषित भएका । 
  • ६८ औँ जिल्ला: कालिकोट (वि.सं. २०८२ असोज ९)
  • पहिलो साक्षर जिल्ला: सिन्धुपाल्चोक (विसं २०७१ असार २)
  • पहिलो पूर्ण साक्षर घोषित जिल्ला: ललितपुर (विसं २०७१ असार ९)
  • हालसम्म कुनै पनि जिल्ला साक्षर घोषित नभएको प्रदेश: मधेश प्रदेश

 

२. करदाता सेवा प्रदान गर्ने पहिलो स्थानीय तह कुन हो ? 

➤ केराबारी गाउँपालिका, मोरङ

  • अर्थमन्त्री रामेश्वरप्रसाद खनालद्वारा विसं २०८२ पुस ९ गते गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा सेवा शुभारम्भ गरिएको । 
  • आन्तरिक राजस्व कार्यालयबाट दिइने सेवा गाउँपालिकाबाट सुरुवात भएको । 
  • गाउँ गाउँमा करदाता सेवा सुरु भएपछि करदाताको लागत, समय र झन्झट घट्ने विश्वास गरिएको । 

 

३. राष्ट्रिय च्याउ दिवस कहिले मनाइन्छ ? 

➤ पुस १५

  • विसं २०८२ पुस ११ गतेको मन्त्रीपरिषद् बैठकद्वारा यससम्बन्धी निर्णय गरिएको । 
  • मन्त्रालयका अनुसार हाल नेपालका ४७ जिल्लामा व्यावसायिक रूपमा च्याउ खेती गर्ने गरिएको । 
  • विभिन्न ७० जिल्लामा च्याउ खेती विस्तार भएको । 
  • च्याउ खेतीमा आबद्ध किसान ः ३५ हजार 

 

४. १९ औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव, २०८२ मा ‘हात्ती सुन्दरी’ को उपाधि जित्ने हात्ती कुन हो ?  

➤ पुनमकली 

  • पुनमकलीले कुल ३०० पूर्णाङ्कमा २५० अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेकी । 
  • अन्तिम दिन हात्तीको पिकनिक, हात्तीको पूजा र हात्ती फुटबलको फाइनल प्रतिस्पर्धासँगै महोत्सव समापन गरिएको । 
  • हात्ती ‘सिङ्गल पेनाल्टी लिग टुर्नामेन्ट’ (हात्ती फुटबल–पेनाल्टी सुटआउट) प्रतियोगितामा लक्ष्मीकली प्रथम भएकी । 

५. नेपाल प्रहरीले ‘हाम्रो प्रहरी’ अभियानको सुरुवात कहिले गरेको हो ? 

➤ वि.सं. २०८२ पुस १३ 

  • जिल्ला प्रहरी परिसर काठमाडौँको आयोजनामा कार्यक्रम शुभारम्भ गरिएको । 
  • यो कार्यक्रम समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरुवात गरिएको । 

६. स्मार्ट सहरी योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ? 

➤ वि.सं. २०८२ कात्तिक १६–१७ (काठमाडौँ घोषणापत्र जारी।)

 

७. संयुक्त राष्ट्रसङ्घद्वारा ‘इन्टरनेसनल डिकेड फर सस्टेनेबल डेभलपमेन्ट’का रूपमा घोषणा गरिएको अवधि कुन हो ? 

➤ सन् २०२४ – २०३३

  • युएनओद्वारा सन् २०१८–२०२७ को दशकलाई ‘डिकेड अफ दी इराडिकेसन अफ पोभर्टी’ का रूपमा घोषणा गरिएको । 

 

८. सरकारले स्वच्छ तथा सफा हिमाल र सुरक्षित आरोहण अभियानलाई व्यवस्थित गर्ने उद्देश्यले ‘हिमाल सफा राख्नेसम्बन्धी कार्ययोजना २०८२–२०८६’ कहिले स्वीकृत गरेको हो ? 

➤ वि.सं. २०८२ मङ्सिर २८ 

  • नेपालको साहसिक पर्यटनको मुख्य आकर्षण मानिने हिमाल आरोहणका क्रममा हुने फोहोरमैला र आरोहणलाई सुरक्षित गर्ने चुनौती बढिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँचबर्से सो कार्ययोजना स्वीकृत गरेको ।
  • ‘सफा हिमाल स्वच्छ वातावरण’ कार्ययोजनाको दीर्घकालीन लक्ष्य रहेको ।
  • जापानी आरोही केन नेगुचीको अगुवाइमा हिमाल सफाइ अभियान सन् २००० बाट शुरु भएको । 
  • यो अभियानले सन् २००७ सम्ममा ९० क्विन्टल फोहोर सगरमाथा क्षेत्रबाट सङ्कलन गरेको थियो । 
  • सन् २०१९ देखि नेपाली सेनाले ‘सफा हिमाल अभियान’ सञ्चालन गर्दै आएको । नेपाली सेनाले सञ्चालन गरेको यो अभियानबाट हालसम्म कुहिने र नकुहिने गरी एक लाख १९ हजार ५६ किलोग्राम फोहोर, १२ मानव शव र चार मानव अस्थिपञ्जरसमेत सङ्कलन भएको । 
  • पर्यटन विभागले सन् २०११ को वसन्त ऋतुदेखि सगरमाथा आरोहणबाट फर्किने स्वदेशी तथा विदेशीले आठ किलोग्राम फोहोर ल्याउनुपर्ने नियम लागु गरेको छ । 

९. पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन कहिले भएको हो ? 

➤ वि.सं. २०८२ पुस ८ (८८ वर्षको उमेरमा)

  • बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि तथा शाहीकालमा गरेर उहाँ पटक पटक मन्त्री तथा उपप्रधानमन्त्रीसमेत हुनुभएको ।
  • २०५५ सालदेखि तत्कालीन नेपाल सद्भावना पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहेर राजनीतिमा सव्रिmय हुनुभएको । नेपाल सद्भवाना पार्टीका अध्यक्ष गजेन्द्रनारायणको निधनपछि उहाँ सोही पार्टीको कार्यवाहक अध्यक्षसमेत हुनुभएको थियो । २०६२÷६३ सालको जनआन्दोलनबाट मुलुकमा गणतन्त्र स्थापना भएपछि उहाँले तत्कालीन नेपाल सद्भावना पार्टीको अध्यक्षबाट राजीनामा दिएर राजनीतिक जीवनबाट अलग रहँदै आउनुभएको थियो ।

१०. अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा एकै ओभरमा पाँच विकेट लिएर नयाँ विश्व रेकर्ड कायम गर्न सफल क्रिकेटर को हुन् ? 

➤ गेदे प्रियान्दाना (इन्डोनेसिया) 

  • सन् २०२५ डिसेम्बर २३ मा कम्बोडियाविरुद्धको खेलमा सो कीर्तिमान कायम गरेका । 

 

११. ‘खुसीको कुनै चाबी छैन किनकि यसको ढोका कहिल्यै बन्द हुँदैन’ भन्ने व्यक्तित्व को हुन् ? 

➤ मदर टेरेसा 

 

१२. ‘नेपाल बिएफएसआई शिखर सम्मेलन २०२५’ कहिले सम्पन्न भएको हो ? 

➤ सन् २०२५ डिसेम्बर १९, काठमाडौँ 

 

१३. अन्तर्राष्ट्रिय आप्रवासन दिवस कहिले मनाइन्छ ? 

➤ डिसेम्बर १८ 

  • सन् २०२५ को नारा (२५ औँ): श्रम आप्रवासनको चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन।

 

१४. पोखरा महानगरपालिकाद्वारा स्थापना दिवसको अवसरमा ‘पोखरेली नवरत्न’ अवार्डबाट सम्मानित (२०८२ पुस) हुने व्यक्तित्व को को हुनुहुन्छ ? 

➤ चन्द्रकान्त बराल, नेपथ्यका अमृत गुरुङ, उद्योगपति चन्द्रकृष्ण कर्माचार्य, साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तिलकमान गुभाजू, प्राडा बुद्धिबहादुर थापा, शिक्षासेवी प्राडा वीरेन्द्रसिंह गुरुङ, महिला उद्यमी रामकली खड्का र उद्योगी हरिप्रसाद पाण्डे 

  • पुरस्कार: जनही दुई लाख दुई हजार दुई सय दुई रुपियाँ, ताम्रपत्र र पदक । 

 

१५. एनएसएसएफ १३ औँ किन्डर ओलम्पिकको उद्घाटन कहिले गरिएको हो ? 

➤ वि.सं. २०८२ पुस १२ 

  • त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सभामुख देवराज घिमिरेद्वारा ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गरिएको ।
  • कमलसँगै ओलम्पियन एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमती विष्टले टर्चसहित दशरथ रङ्गशालाको ट्र्याकमा परिक्रममा गर्नुभएको ।
  • सानै उमेरदेखि बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले किन्डर ओलम्पिक आयोजना गरिएको । 
  • पुस ४ गते शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण गरिएको थियो । 

१६. ‘ग्लोबल हिरो अवार्ड २०२५’ बाट सम्मानित हुने नेपाली को हुन् ? 

➤ कुलमान घिसिङ

 

१७. सावर्णि नामक औपन्यासिक कृतिका लेखक डा. श्रीधर खनाल हुन् भने हिउँको गीत नामक उपन्यासका लेखक को हुन् ? 

➤ तीर्थ गुरुङ

 

१८. थाइल्यान्ड र कम्बोडियाबिच युद्धविराम गर्ने सहमति कहिले भएको हो ? 

➤ सन् २०२५ डिसेम्बर २७ 

  • दुवै देशले केही हप्तादेखि जारी सीमा सङ्घर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका । 
  • युद्धको क्रममा तीन हप्ताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय समाचार संस्था 
  • एएफपीले जनाएको ।
  • सहमति अनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग रोक्ने, नागरिक र संरचनामा कुनै पनि प्रकारको आक्रमण नगर्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई छिट्टै घर फर्कन अनुमति दिने व्यवस्था लागु गरिने भएको । 
  • साइबर अपराध नियन्त्रणमा सहकार्य गर्ने पनि दुवै देशले प्रतिबद्धता जनाएका । 
  • यो युद्धविराम तीनदिने सीमा वार्तापछि आएको हो, जसमा आसियान, संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले मध्यस्थता गरेका थिए । 
  • विवाद पुरानो उपनिवेशकालीन सीमाङ्कनका कारण सुरु भएको हो, जहाँ प्राचीन मन्दिरमा दुवै देशको दाबी छ । 

१९.  निर्वाचन आयोगले विसंं २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने खर्चको सीमा कति तोकेको छ ? 

➤ रु. २५ लाखदेखि ३३ लाखसम्म 

  • आयोगले १६५ निर्वाचन क्षेत्रलाई पाँच वर्गमा विभाजन गरेर २५ लाखदेखि अधिकतम ३३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 43
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 198
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 164
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 254
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 363
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA