Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२ पुस २०८२, बुधबार)

  • Ajnabee Khadka
  • December 17, 2025
  • 359

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२ पुस २०८२, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (2005, Wednesday)

१.  दोस्रो नेपाल प्रिमियर लिगको उपाधि विजेता टोली कुन हो ? 

➤ लुम्बिनी लायन्स (उपविजेता : सुदूरपश्चिम रोयल्स)

  • दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराएर लुम्बिनी लायन्सले उपाधि जितेको । 
  • जितका लागि पाएको मात्र ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर प्राप्त गरेको । योसँगै लुम्बिनी एनपिएलको नयाँ विजेता बनेको । पहिलो संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि चुमेको थियो ।

 

२. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इराकमा संयुक्त राष्ट्रसङ्घको राजनीतिक मिसन अन्त्य भएको घोषणा कहिले गरेका हुन् ? 

➤ सन् २०२५ डिसेम्बर १३ 

  • संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले डिसेम्बर १३ मा इराकस्थित संयुक्त राष्ट्रसङ्घको राजनीतिक मिसनको अन्त्य भएको औपचारिक घोषणा गरेका । यो मिसनले अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि देशको सङ्क्रमणकालमा सहयोग गरेको थियो ।
  • बगदादको अनुरोधमा ‘युनाइटेड नेसन्स असिस्टेन्स मिसन फर इराक’ ले २२ वर्षपछि आफ्नो मिसन बन्द गर्ने भएको । 

३. सरकारले मौरिसससँग दोहोरो कर मुक्ति सम्झौता खारेज गर्ने निर्णय कहिले गरेको हो ? 

➤ वि.सं. २०८२ कार्तिक १२ (सन् २०२५ अक्टोबर २९)

  • सरकारले विसं २०८२ मङ्सिर २४ (सन् २०२५ डिसेम्बर १०) का दिन मौरिससलाई यससम्बन्धी औपचारिक पत्र पठाएको । 
  • लागु हुने मिति : विसं २०८३ साउन १ 
  • सम्झौता भएको मिति : सन् १९९९ अगस्ट ३ 

 

४. विश्व भोकमरी सुचाङ्क (ग्लोबल हङ्गर इन्डेक्स जिएचआई), २०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ ? 

➤ ७२ औँ

  • नेपाल सन् २०२४ मा १२३ राष्ट्रमध्ये ६८ औँ स्थानमा थियो भने यसपालि चार स्थान खस्किएर ७२ औँ स्थानमा झरेको । 

 

५. सरकारले तर्जुमा गरेको खाद्य प्रणाली रूपान्तरणको पाँचबर्से रणनीतिक योजनाको अवधि कुन हो ? 

➤ आ.व. २०८१/८२ – २०८६/८७

 

६.  आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालमा प्रतिव्यक्ति रुख सङ्ख्या कति रहेको छ ?

➤ १११ (प्रतिव्यक्ति वन क्षेत्र : ०.२ हेक्टर)

 

७. अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस कहिले मनाइन्छ ? 

➤ डिसेम्बर ५ 

  • सन् २०२५ को नारा : एभ्री कन्ट्रिब्युसन म्याटर्स (हरेक योगदान महत्वपूर्ण हुन्छ ।) 
  • स्वयंसेवकको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म प्रवर्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन थालिएको । 

 

८. डा. अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड, २०२५ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ? 

➤ सन्तोष परियार 

  • पुरस्कार राशि : भारु १५ लाख 
  • प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का सदस्य सन्तोष परियार सो अवार्डबाट सम्मानित भएका । 
  • उक्त पुरस्कार भारतको संविधान निर्माता 
  • तथा दलित आन्दोलनका नेता बाबासाहेब डा. भीमराव अम्बेडकरको नाममा स्थापित डा. अम्बेडकर फाउन्डेसनले प्रदान गर्छ ।
  • फाउन्डेसनले सामाजिक न्याय र सशक्तीकरणको क्षेत्रमा काम गर्ने व्यक्तिलाई हरेक वर्ष यो प्रतिष्ठित अवार्ड प्रदान गर्दै आएको छ ।

९. सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त चयन गर्यो? 

➤ डा. प्रकाशकुमार श्रेष्ठ 

  • वि.सं. २०८२ मङ्सिर २९ मा बसेको मन्त्रीपरिषद् बैठकले श्रेष्ठलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको । 
  • त्यस्तै सरकारले आयोगको सदस्यमा सुनिता श्रेष्ठ हाडालाई नियुक्त गरेको । 

 

१०. सरकारले १०० भन्दा ठुला दरका भारु नोट नेपालमा चलनचल्तीमा ल्याउने निर्णय कहिले गरेको हो ? 

➤ वि.सं. २०८२ मङ्सिर २९ 

  • सरकारले सन् २०१६ नोभेम्बर ९ यता निष्कासन भएका दुई सय तथा पाँच सय दरका भारतीय नोट राख्न र ओसारपसार फुकुवा गरेको ।
  • २०८२ मङ्सिर २९ को मन्त्रीपरिषद् बैठकले नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजारसम्म भारतबाट नेपाल भिœयाउन र नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरेको ।
  • सन् २०१६ मा भारतले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि सय भारु भन्दामाथिका नोट नेपालमा चल्दैन थियो ।
  • भारत सरकारले दुई साताअघि नेपाल र भुटानमा प्रतिव्यक्ति २५ हजारसम्म एक सयभन्दा ठुला दरका भारतीय नोट ल्याउन र लैजान अनुमति दिएको ।
  • यसकै आधारमा नेपाल सरकारले पनि ती दरका नोट नेपालमा चल्न दिने निर्णय गरेको तर सन् २०१६ नोभेम्बर ९ अगाडिका नोट भने चल्ने छैनन् ।

 

११.  नेपाल सरकारद्वारा उपहारस्वरूप कतारलाई प्रदान गरिने दुई हात्ती कुन–कुन हुन् ? 

➤ रुद्रकली र खगेन्द्रप्रसाद

  • सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मेहुर्केका रुद्रकली र खगेन्द्रप्रसादलाई कतार पठाउन लागिएको ।
  • कतार जाने हात्तीसँग एक जना पशु चिकित्सक र दुई जना माहुते पनि जाने छन् । 
  • कतार पुगेपछि त्यहाँको वातावरणमा सहज घुलमिल गराउन र अन्य कामका लागि तीन जनालाई कतार पठाउन लागिएको हो ।
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट विशेष चार्टर कार्गो विमानमार्फत हात्ती कतार पठाइने भएको । कतारको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको । 
  • यसअघि नेपालले चीन सरकारलाई उपहारस्वरूप दुई गैँडा दिएको । दुई देशबिचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महìव अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन वन्यजन्तु उपहार दिइने गरिएको । 

 

१२. एसियाली विकास बैङ्क (एडिबी) ले सार्वजनिक (सन् २०२५ डिसेम्बर) गरेको ‘एसियन वाटर डेभलपमेन्ट आउटलुक २०२५’ अनुुसार नेपालका कति प्रतिशत घरपरिवारमा पाइप वा सुरक्षित माध्यमबाट पानीको पहुँच पुगेको छ ? 

➤ ९४ प्रतिशत 

 

१३. नेपालमा राष्ट्रिय झन्डा दिवस कहिले मनाउने गरिन्छ ? 

➤ पुस १ 

  • विसं २०८२ पुस १ गते ८ औँ राष्ट्रिय झन्डा दिवस मनाइएको । 
  • विसं २०७५ देखि मनाउन थालिएको ।
  • सन् १९६२ डिसेम्बर १६ अर्थात् विसं २०१९ पुस १ गतेको दिन संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झन्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झन्डा दिवस मनाउन थालिएको । 

 

१४. नेपालले बायो डाइभर्सिटी बियोन्ड नेसनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर गरेको हो ? 

➤ वि.सं. २०८० असोज ३ (सन् २०२३ सेप्टेम्बर २०) 

 

१५.  हाल उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्य राष्ट्र कति रहेका छन् ? 

➤ ३२ 

  • ३२ औँ सदस्य राष्ट्र : स्विडेन
  • स्विडेन सदस्य बनेको मिति : सन् २०२४ मार्च ७ 

 

१६. समुद्र सतह (न्यूयोर्क) देखि सगरमाथाको आरोहण यात्रा सुरु गरी सबैभन्दा कम समयमा सफल आरोहण गरेर कीर्तिमान कायम गर्ने आरोही को हुन् ? 

➤ एन्ड्रयु उशाकोभ

  • एन्ड्रयु उशाकोभले समुद्र सतहदेखि सगरमाथाको शिखरसम्मको आरोहण सबैभन्दा छोटो समय (तीन दिन २३ घण्टा सात मिनेट) मा पूरा गरी इतिहास रच्न सफल भएका ।
  • उशाकोभले आफ्नो चुनौती सन् २०२५ मे १५ बिहान १२ः३० बजे न्यूयोर्कको समुद्र सतहबाट सुरु गरेका थिए । त्यसपछि उनी काठमाडौँ हुँदै सगरमाथा आधार शिविर पुगेर मे १९ बिहान ९ः२२ (नेपाली समय) बजे सगरमाथाको चुचुरो चुम्न सफल भएका । 

 

१७. हिमालयन रिम चलचित्र प्रदर्शनी कहिलेबाट सुरु भएको हो ? 

➤ वि.सं. २०८२ मङ्सिर २८ (सन् २०२५ डिसेम्बर १४)

 

१८. कोशी प्रदेश सरकारले कुन वर्षलाई प्रदेश पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको हो ? 

➤ वि.सं. २०८२ 

 

१९.  विश्व माटो दिवस कहिले मनाइन्छ ? 

➤ डिसेम्बर ५ 

  • सन् २०२५ को नारा : स्वस्थ माटोका लागि स्वस्थ सहर । 
  • स्वस्थ माटोको महत्वप्रति ध्यानाकर्षण गराउने र माटोको दिगो व्यवस्थापनका लागि जनचेतना बढाउने उद्देश्यसहित हरेक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाउने गरिएको ।
  • सन् २०१३ जुनमा राष्ट्रसङ्घले विश्व माटो दिवस मनाउने घोषणा गरेको ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 575
  • Gorkhapatra 300
  • Others 962
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Brief table of the world's major religions
Others

विश्वका प्रमुख धर्महरूको संक्षिप्त तालिका

  • Apr 28, 2026
  • 66
Nepal Telecom, Administration, Administration, Fourth, Objective Multiple Answer for Assistant Post (2082/03/14)
Past Questions

नेपाल टेलिकम, प्रशासन, प्रशासन, चौथो, सहायक पदको वस्तुगत बहुउत्तर (२०८२/०३/१४)

  • Apr 28, 2026
  • 41
Narayan Dutta Poudel appointed as the 13th Inspector General (IGP) of the Armed Police Force (APF), Nepal
Current Affairs

सशस्त्र प्रहरी बल (APF), नेपालको १३ औं महानिरीक्षक (IGP) मा नारायणदत्त पौडेल नियुक्त

  • Apr 28, 2026
  • 53
Red Bull Shilapatra Year Person 2082
Current Affairs

रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२

  • Apr 28, 2026
  • 85
Annual National Accounts Report of Nepal, 2082/83
Current Affairs

नेपालको वार्षिक राष्ट्रिय लेखा प्रतिवेदन, २०८२/८३

  • Apr 28, 2026
  • 82
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA