Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२८ जेठ २०८२, बुधबार)

  • Ajnabee Khadka
  • June 11, 2025
  • 734

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२८ जेठ २०८२, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (28 Jestha 2082, Wednesday)

१.  नेपाल बिमा प्राधिकरणले २०८२ जेठ २३ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल बिमामा पहुँच पुगेको जनसङ्ख्या कति छ ? 

➤ ४७.३९ प्रतिशत

  • तथ्याङ्क अुनसार सबै प्रकृतिको बिमालेख गरेर बिमाको पहुँच ४७.३९ प्रतिशत कायम भएको छ । 
  • यो तथ्याङ्क अनुसार अब ५३.६१ प्रतिशत नागरिक बिमाको दायरामा आउन बाँकी छ । 
  • प्राधिकरणले आव २०८१/८२ मा बिमा पहुँच ५० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । 

२.  सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार हाल नाफामा रहेका सार्वजनिक संस्थान कति छन् ? 

➤ २८ वटा (नोक्सानमा रहेका : १५, दुई वटाको  विवरण प्राप्त नभएको ।)

३. इन्डियन प्रिमियर लिग (आइपिएल) – २०२५ को उपाधि जित्न सफल टोली कुन हो ? 

➤ रोयल च्यालेन्जर्स बेङ्गलुरु

  • सञ्चालन मिति : सन् २०२५ मार्च २२–जुन ३ 
  • संस्करण : १८ औँ 
  • विजेता : रोयल च्यालेन्जर्स बेङ्गलुरु 
  • उपविजेता : पन्जाब किङ्ग्स 
  • विजेता बेङ्गलुरुले २० करोड भारु र उपविजेता पन्जाबले १२.५ करोड भारु नगद पुरस्कार प्राप्त गरेका । 
  • फेयर प्ले अवार्ड : चेन्नई सुपर किङ्ग्स 
  • सर्वाधिक रन : साई सुदर्शन (७५९ रन) 
  • सर्वाधिक विकेट : प्रसिद्ध कृष्ण (२५ विकेट), गुजरात टाइटन्स 
  • प्लेयर अफ दी सिरिज : सूर्यकुमार यादव, मुम्बई इन्डियन्स 

४. तारका माध्यमबाट फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीमध्ये सबैभन्दा धेरै बजार हिस्सा कुन कम्पनीको रहेको छ ? 

➤ वल्र्ड लिङ्क कम्युनिकेसन (३२.०५ प्रतिशत)

बजार हिस्साका आधारमा प्रमुख पाँच कम्पनी  (२०८२ वैशाखसम्म) 

  • वल्र्ड लिङ्क   ३२.०५
  • नेपाल दूरसञ्चार (कं.लि.) ११.२३
  • डिस मेडिया नेटवर्क लि.  ११.१९
  • सुबिसु केबुल नेट लि.  ९.९ 
  • भायानेट कम्युनिकेसन लि. ७.८५

स्रोत : नेपाल दूरसञ्चार प्राधिकरण

५. विश्वकै लामो मुक्तिनाथ केबुलकारको लम्बाइ कति रहेको छ ? 

➤ ८१.०१४ किमि

  • विसं २०८२ जेठ २२ को लगानी बोर्डको बैठकले सो परियोजनाको ५७ अर्ब ६४ करोड लगानी स्वीकृत गरेको । 
  • परियोजना बनेपछि नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा वार्षिक ७० अर्ब रुपियाँ योगदान पुग्ने जनाइएको । परियोजनाका कारण सिर्जना हुने आर्थिक अवसर (होटेल, रोजगारी, स्थानीय उत्पादन र बजारलगायत) का आधारमा जिडिपीमा सो बराबरको योगदान पुग्ने देखिएको । 
  • मुक्तिनाथ केबुलकार परियोजनामा ४१६ वटा टावर र ७७६ गोन्डला रहने । 
  • परियोजनामा छ वटा अनिवार्य ट्रान्जिट र नौ वटा स्वेच्छिक स्टेसन हुने छ । 

६. विश्व वातावरण दिवस कहिले मनाइन्छ ?

➤ जुन ५

  • सन् २०२५ को नारा : प्लास्टिक प्रदूषण घटाऔँ (बिट प्लास्टिक पोलुसन) ।
  • राष्ट्र सङ्घीय वातावरण कार्यक्रम (युएनइपी) को आह्वानमा सन् १९७२ देखि हरेक वर्ष जुन ५ का दिन यो दिवस मनाउँदै आइएको छ । 
  • विश्वमा प्रत्येक वर्ष करिब ४० करोड टन प्लास्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ । 
  • नेपाल सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, भण्डारण, बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ । 
  • प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना, २०७८ तर्जुमा गरी कार्यान्वयनमा रहेको छ । 
  • राष्ट्रिय वातावरण नीति, २०७६, वातावरण संरक्षण ऐन, २०७६, वातावरण संरक्षण नियमावली २०७७ ले पनि यस विषयलाई सम्बोधन गरेका छन् । 

 

७. नेपालमै पहिलो पटक ट्रान्सजेन्डर (जन्मँदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिङ्गसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्ति) को शल्यक्रियामार्फत लिङ्ग परिवर्तन कहिले गरियो ? 

➤ विसं २०८२ जेठ १३ (त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज)

  • महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अमेरिकी चिकित्सकको सहयोगमा सो अपरेसन गरिएको । 
  • जनकपुर निवासी २५ वर्षीय ट्रान्सजेन्डरमा लिङ्ग परिवर्तन शल्यव्रिmया (सेक्स चेन्ज अपरेसन) गरिएको । 
  • विदेशी प्लास्टिक सर्जन डा. अलरिजा हामिदियान जारोमीको नेतृत्वमा प्राडा ईश्वर लोहनी, प्राडा जयनमान श्रेष्ठलगायतको टोलीले उक्त शल्यक्रिया गरेको । सो शल्यक्रिया (मेल टु फिमेल) मा पुरुषको लिङ्गको तन्तुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रीय अङ्गको पुनर्निर्माण गरिएको । 
  • शिक्षण अस्पतालमा जेन्डर एफर्मिङ क्लिनिकको स्थापना गरेर नियमित रूपमा यो सेवा सञ्चालन गरिने जनाइएको छ । 

८. कमल राष्ट्रिय सुकर्म पुरस्कार २०८१ कसलाई प्रदान गरियो ? 

➤ साहित्यकार मोहन दुवाल (पुरस्कार राशि रु. ५० हजार) 

९. मुलुकभरिका स्थानीय तहका उपमेयर र उपाध्यक्षको राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ?

➤ वि.सं. २०८२ जेठ २३–२४, विराटनगर,

  • –सम्मेलनले २० बुँदे विराटनगर घोषणापत्र जारी गरेको, 
  • घोषणापत्रमा स्थानीय तहबाट प्रवाह गरिने सबै प्रकारका सेवालाई थप जनमुखी तथा सेवाग्राहीमैत्री बनाउन सरलीकृत प्रक्रिया अपनाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको ।  
  • समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्न स्थानीय तहलाई थप सशक्त बनाउनुपर्नेमा जोड ।
  • न्यायिक समितिको कार्यलाई प्रभावकारी बनाउन न्यायिक समितिका निर्णय र फैसलाको अभिलेखका लागि प्रदेशस्तरीय सफ्टवेयर र सर्भरको व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग । 
  • सबै स्थानीय तहमा न्यायिक समितिका कार्यमा एकरूपता कायम गर्न कार्यविधि निर्माण गरी लागु गर्न भनिएको । 
  • स्थानीय तहको आर्थिक सशक्तीकरणका लागि वित्तीय समानीकरणको अनुदान वृद्धि गरी ससर्त अनुदानको रकमबाट योजना तथा कार्यक्रम छनोट गर्ने अधिकार स्थानीय तहलाई दिन माग । 
  • संस्थागत बहाल कर स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने भएकाले सङ्घीय सरकारलाई यस्तो कर सङ्कलन नगर्न अनुरोध । 
  • राजस्व बाँडफाँटबाट प्राप्त हुने प्रतिशत स्थानीय तहमा बढाउन सम्बन्धित कानुनमा संशोधन गर्न माग । 
  • स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम लघु, घरेलु तथा साना उद्योगको इजाजत, दर्ता, नवीकरण तथा खारेजी गर्ने सम्पूर्ण अधिकार स्थानीय तहले प्रयोग गर्न पाउने व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गर्न माग ।  

१०. पहलमानसिंह स्वाँर नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा दोस्रो प्रादेशिक कविता महोत्सव २०८२ कहिले सम्पन्न भएको हो ? 

➤ वि.सं. २०८२ जेठ २४–२५, धनगढी (कैलाली)

११. मनोरम पञ्चकुण्ड ताल कहाँ रहेको छ ? 

➤ म्याग्दी 

 

१२. सरकारले गैरबैङ्किङ सम्पत्ति व्यवस्थापन गर्न कहिलेसम्ममा ‘एसेट म्यानेजमेन्ट कम्पनी’ स्थापना गर्ने घोषणा गरेको छ ? 

➤ आव २०८२/८३ (आव २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत) 

 

१३. स्वास्थ्य संस्थाको गुणस्तर मापन गर्न बनेको न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङ्कन अनुसार देशभरकै उत्कृष्ट अस्पताल कुन बनेको छ ?

➤ भक्तपुर अस्पताल (विसं २०८२ जेठ)

 

१४. गण्डकी प्रदेश सरकारले आव २०८२/८३ का लागि प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम कहिले प्रस्तुत ग¥यो ? 

➤ वि.सं. २०८२ जेठ २१ 

  • गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सो नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको,  
  • प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले तय गरेको रणनीतिबमोजिम उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारीका अवसर सिर्जना र आयात प्रतिस्थापन गर्न स्थानीय तह एवं निजी क्षेत्रसमेतको साझेदारीमा आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणको आधार तयार गर्ने विषयलाई कार्यक्रममा समेटिएको, 
  • १० स्थानलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख, 
  • ‘पहिले घरदेश, अनि परदेश’ कार्यक्रम, आरोग्य पर्यटन हवका रूपमा प्रदेशलाई विकास गर्ने, 
  • इन्भेस्ट गण्डकी कार्यक्रममार्फत लगानी सम्मेलन गर्ने, 
  • तनहुँ तथा कास्कीको पुँडीटारलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने, 
  • ‘मेरो देश : मेरो दायित्व’ कार्यक्रम सञ्चालन गर्ने, 
  • एक सामुदायिक वन, एक पोखरी निर्माण गर्ने, 
  • उज्यालो गण्डकी प्रदेश अभियान सम्पन्न गरी विद्युत् सेवालाई भरपर्दो र नियमित बनाउनेलगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको ।  

१५. नेपाली कराँते स्टार एरिका गुरुङ विश्व वरीयतामा कतिऔँ स्थानमा रहन सफल भएकी छन् ?

➤ २७ औँ (सन् २०२५ जुन) 

  • विश्व कराँते महासङ्घले जारी गरेको विश्व वरीयतामा एरिकाले आफ्नो विधामा छलाङ मारेकी । 
  • यसअघि उनी विश्व वरीयतामा ५० औँ स्थानमा थिइन् ।  
  • हालै मोरक्कोको रावतमा भएको कराँते वान प्रिमियर लिगमा महिला ६८ किलोग्राममाथि समूहमा कांस्य पदक जितेपछि उनको विश्व वरीयतामा सुधार भएको । 

१६. बङ्गलादेशले आफ्नो देशलाई स्वतन्त्र बनाउन भएको क्रान्तिको नेतृत्व गरेका सेख मुजिबुर रहमानको स्वतन्त्रता सेनानीको मान्यता कहिले रद्द गरेको हो ? 

➤ सन् २०२५ जुन ३

  • सेख मुजिबुरसहित सन् १९७० को चुनाव जित्ने चार सयभन्दा बढी राजनीतिज्ञको स्वतन्त्रता सेनानीको मान्यता रद्द गरिएको ।
  • राष्ट्रिय स्वतन्त्रता सेनानी परिषद् (जामुका) अध्यादेशले यी नेताको पहिचानलाई ‘मुक्ति योद्धाका सहयोगीहरू’ भनेर परिभाषित गरेको । 
  • मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले बङ्गबन्धु सेख मुजिबुर रहमानका अतिरिक्त सन् १९७१ को स्वतन्त्रता सङ्ग्रामको समयमा अस्थायी सरकारका राष्ट्रपति तथा प्रधानमन्त्री सैयद नजरुल इस्लाम र ताजुद्दिन अहमदको स्वतन्त्रता सेनानीको मान्यता पनि खारेज गरेको । 
  • राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको नेतृत्वमा सन् १९७१ मा पाकिस्तानविरुद्ध नौ महिनाको रक्तपातपूर्ण युद्धबाट बङ्गलादेशले स्वतन्त्रता प्राप्त गरेको थियो । 

१७. विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूह अन्तर्गतको दी बैङ्कर्सले प्रदान गरेको दी बैङ्कर्स टेक्नोलोजी अवार्ड २०२५ बाट सम्मानित हुन सफल नेपाली बैङ्क कुन हो ? 

➤ नबिल बैङ्क लि. (सन् २०२५ जुन) 

  • (एसिया–प्रशान्त क्षेत्रका लागि प्रदान गरिएको अवार्डबाट बैङ्क सम्मानित भएको ।)

 

१८. मानव शरीरको रक्त सञ्चालन प्रक्रिया विलियम हार्बेले पत्ता लगाएका हुन् भने वंशानुक्रमको सिद्धान्त कसले पत्ता लगाएका हुन् ?

➤ ग्रेगर मेण्डल

 

१९.  प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्छ ?

➤ सोलुखुम्बु

  • प्रस्तावित क्षेत्र जैविक विविधता, पर्यापर्यटन र संस्कृतिका हिसाबले धनी रहेको । 
  • मेरापिक हिमाल रहेको यो क्षेत्र पर्वतारोहणका लागि समेत प्रसिद्ध रहेको ।

 

२०. सार्जे हिमाललाई शान्ति पिक भनेर चिनिन्छ भने कञ्चनजङ्घा हिमाललाई के भनी चिनिन्छ ?

➤ नेपाल पिक

 

२१.  राष्ट्रिय अपराध सूचना केन्द्रको उद्देश्य के रहेको छ ?

➤ देशभरका सम्पूर्ण अपराधको एकीकृत तथ्याङ्क राख्ने 

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 49
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 233
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 189
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 262
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 375
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA