Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (६ जेठ २०८३, बुधबार)

  • Ajnabee Khadka
  • May 20, 2026
  • 729

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (६ जेठ २०८३, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (6 Jestha 2083, Wednesday)

१. प्रख्यात नेपाली आरोही कामिरिता शेर्पाले सर्वाधिक ३२ औँ पटक सगरमाथाको आरोहण गरी आफ्नै विश्व कीर्तिमान तोड्ने सफलता कहिले प्राप्त गरेका हुन्? 

➤ वि.सं. २०८३ जेठ ३ 

  • एभरेस्ट म्यान उपनामले समेत चिनिने ५५ वर्षीय आरोही कामिरिताले ‘१४ पिक्स एक्सपेडिसन’ टोलीको नेतृत्व गर्दै ८,८४८.८६ मिटर अग्लो शिखरमा ३२ औँ पटक पाइला टेकेका हुन् ।
  • सन् १९९४ मा पहिलो पटक सगरमाथा चुमेका उनले सन् २०१८ मा आप्पा शेर्पाको २१ औँ पटकको कीर्तिमान तोडेका थिए ।
  • उनी जीवनको अधिकांश समय गाइडको भूमिका निर्वाह गर्दै विश्व पर्वतारोहण क्षेत्रकै प्रतिष्ठित व्यक्तित्व बनेका छन् ।

२. विश्वको सर्वोच्च शिखर सगरमाथाको सर्वाधिक आरोहण गरी कीर्तिमान कायम गर्ने महिला आरोही को हुन् ? 

➤ लाक्पा शेर्पा (११ औँ पटक)

  • ‘माउन्टेन क्विन’ उपनामले चिनिने नेपाली महिला पर्वतारोही लाक्पा शेर्पाले वि.सं. २०८३ जेठ ३ गते ११ औँ पटक सगरमाथाको सफल आरोहण गर्दै यसअघिको आफ्नै कीर्तिमान तोडेकी हुन् । 
  • ‘सेभेन समिट ट्रेक’ मार्फत सम्पन्न भएको यो आरोहणले विश्वभरका महिला र पर्वतारोहीलाई अदम्य साहस र समर्पणको प्रेरणा प्रदान गरेको । 

The Sherpa Times

३. २०८२ सालको प्रतिष्ठित ‘उत्तम शान्ति पुरस्कार’ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?

➤ वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ (कृति : नेपाल गाथा) 

  • उत्तम कुँवर स्मारक पुरस्कार गुठीद्वारा वि.सं. २०४४ सालदेखि उत्कृष्ट गैरआख्यान 
  • (निबन्ध, संस्मरण, जीवनी आदि) विधामा प्रदान गरिँदै आएको यस पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

४. हालै कङ्गो र युगान्डामा फैलिएको इबोलाको नयाँ प्रकोप बुन्डिबुग्यो प्रजातिको भाइरसको प्रकोपलाई लक्षित गर्दै डब्लुएचओले ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कटकाल’ घोषणा कहिले गरेको हो ? 

➤ सन् २०२६ मे १७

  • सन् १९७६ मा पहिलो पटक पत्ता लागेको र चमेरोबाट मानिसमा सरेको विश्वास गरिने यो भाइरस सङ्क्रमितको शारीरिक तरल पदार्थ तथा काटिएको छालाको प्रत्यक्ष सम्पर्कबाट सर्ने गर्दछ । 
  • इबोला प्रकोपका कारण गम्भीर रक्तस्राव हुने साथै अङ्गहरू निकम्मा भई मानिसको ज्यान जाने गर्दछ । 
  • डलुयुएचओका अनुसार हाल यस प्रकोपले महामारीको स्तर पार नगरे पनि सीमा जोडिएका अन्य देशमा सङ्क्रमण फैलने उच्च जोखिम बढाएको उल्लेख छ ।

५. महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार हाल नेपालको कुल अद्यावधिक बेरुजु कति रहेको छ ? 

➤ सात खर्ब ५५ अर्ब १७ करोड

  • प्रतिवेदन अवधिमा थप ८८ अर्ब नौ करोड रुपियाँ बेरुजु कायम भएको छ । विगतको सम्परीक्षण र यस वर्षको फस्र्योटबाट १४ अर्ब ६३ करोड रुपियाँ असुल भएको छ ।
  • सङ्घीय मन्त्रालयहरूमध्ये वित्तीय अनुशासन कायम गराउने अर्थ मन्त्रालयमै सबैभन्दा बढी (कुल सङ्घीय बेरुजुको करिब ७० प्रतिशत अर्थात् ३७ अर्ब ६३ करोड) बेरुजु देखिएको छ ।
  • प्रदेशतर्फ सबैभन्दा धेरै बेरुजु मधेश प्रदेशमा (एक अर्ब ८७ करोड) देखिएको छ भने सबैभन्दा कम कोशी प्रदेशमा (५८ करोड ६६ लाख) छ ।
  • ‘जेनजी आन्दोलन’ का कारण १७९ निकायले कागजात पेस नगर्दा एक खर्ब ४७ अर्ब ९० करोड रुपियाँ बराबरको लेखा परीक्षण हुन नसकेको ।

 

६. एकदिवसीय (ओडिआई) क्रिकेटको इतिहासमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान कुन खेलाडीले कायम गरेका हुन् ?

➤ सन्दीप लामिछाने (सन् २०२६ मे)

  • नेपाली लेग स्पिनर सन्दीप लामिछानेले जम्मा ७३ खेलमा १५० ओडिआई विकेट पूरा गर्दै अस्ट्रेलियाका मिचेल स्टार्कको (७७ खेलको) नौ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।
  • स्कटल्यान्डविरुद्धको खेलमा १५० विकेटको आँकडा पार गरेका उनले यसअघि ४२ खेलमै १०० विकेट लिएर रसिद खानको रेकर्डसमेत तोडेका थिए ।

७. नेपालमा पहिलो पटक टियर४ प्रमाणीकृत हाइपर स्केल डेटा सेन्टर निर्माण गर्न कुन अमेरिकी बहुराष्ट्रिय कम्पनीले नेपाली लगानीकर्तासँग रणनीतिक साझेदारी गरेको छ ?

➤ गुगल 

  • विश्वप्रसिद्ध प्रविधि कम्पनीहरू गुगल र मेटाले नेपाली कम्पनीहरूसँगको साझेदारीमा काठमाडौँ र वीरगन्जमा अत्याधुनिक डेटा सेन्टर निर्माण गर्न लगानी गर्ने भएका छन् ।
  • गुगल क्लाउडसँगको सहकार्यमा ब्लुचिन डेटा भोल्ट प्रालिले नेपालमै पहिलो पटक ‘टियर४’ प्रमाणीकृत डेटा सेन्टर चोभार र वीरगन्जमा बनाउने भएको छ ।
  • मेटाले वल्र्डलिङ्क कम्युनिकेसन्ससँग मिलेर करिब पाँच अर्ब रुपियाँ लगानीमा मातातीर्थमा ‘टियर३’ स्तरको डेटा सेन्टर निर्माण गर्ने तयारी गरेको छ । 
  • चिसो हावापानी र प्रशस्त जलविद्युत् भएको नेपालमा डेटा सेन्टरको कुलिङ (चिस्यान) लागत कम हुने भएकाले यी परियोजनाले नेपाललाई दक्षिण एसियाकै महत्वपूर्ण ‘डिजिटल हब’ र डेटा भण्डारण केन्द्र बनाउन सघाउने छ ।

८. लघुवित्त क्षेत्रलाई दीर्घकालीन रूपमा दिगो बनाउन र विपन्न वर्गलाई सहुलियत (एकल अङ्कको) ब्याजदरमा कर्जा उपलब्ध गराउने उद्देश्यले सरोकारवालाले कुन कोष स्थापना गर्न सरकारसँग माग (वि.सं. २०८३ वैशाख) गरेका छन् ?

➤  लघुवित्त विकास कोष

  • लघुवित्त क्षेत्रलाई सहकारी वा मिटरब्याजीको नजरले नहेरी नीतिगत सुधारसहित ‘लघु बैङ्क’ को मोडलमा रूपान्तरण गर्नुपर्ने सरोकारवालाको जोड छ ।
  • लघुवित्त क्षेत्रलाई थप दिगो बनाउन र विपन्न वर्गलाई एकल अङ्कको ब्याजदरमै कर्जा उपलब्ध गराउन सरकारसँग ‘लघुवित्त विकास कोष’ स्थापना गर्नुपर्ने माग पनि रहेको छ ।

 

९. ‘नेपाल सरकारको कार्यसम्पादन नियमावली २०८३’ अनुसार राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकायमातहत राखिएको छ ?

➤ प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय

  • यसअघि गृहमन्त्रालय अन्तर्गत रहेको थियो । 

 

१०. हालै (२०८३ जेठ) नेपालको कुन स्थानमा खाना पकाउने प्रयोजनार्थ ‘हरित हाइड्रोजन ग्यास’ को सफल उत्पादन गरिएको छ ?

➤ बडीगाड, बागलुङ 

  • नेपाल इनर्जी फाउन्डेसन र विभिन्न अन्तर्राष्ट्रिय साझेदारको सहयोगमा वि.सं. २०८३ जेठ १ गतेदेखि उत्पादित ग्यासलाई सिलिन्डरमा भरेर चुलो बाल्न सुरु गरिएको छ।
  • उत्पादित एक केजी हाइड्रोजन ग्यासले एउटा सानो परिवारलाई करिब एक सातासम्म खाना पकाउन पुग्ने र यसबाट खाना छिटो पाक्ने जनाइएको छ । 

हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको शुभारम्भ

११. विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य महासभा (सन् २०२६) मा नेपाल कुन पदमा निर्वाचित भएको छ ?

➤ उपाध्यक्ष

  • नेपालसँगै लिबिया, माली, पोल्यान्ड र पपुवान्युगिनी उपाध्यक्ष निर्वाचित यस महासभामा स्वास्थ्यमन्त्री निशा मेहताले नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।

 

१२. वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका अनुसार नेपालले हालसम्म कार्बन व्यापारमार्फत कति रुपियाँ आम्दानी गरेको छ ? 

➤  रु. चार अर्ब १६ करोड 

 

१३. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चीनको राजकीय भ्रमण कहिले भएको हो ? 

➤ सन् २०२६ मे १३१५ 

  • दुवै राष्ट्रलाई दीर्घकालीन रूपमा फाइदा पुग्ने गरी चीन र अमेरिकाबिच महìवपूर्ण व्यापारिक सम्झौतामा सहमति भएको जनाइएको छ ।
  • दुई नेताबिच बेइजिङको ‘झोङनान्हाई’ परिसरमा इरानको परमाणु मुद्दा, ताईवानको सुरक्षा र रेयर अर्थ मिनरल्स (दुर्लभ खनिज) जस्ता रणनीतिक विषयमा गहन छलफल भएको छ ।
  • भ्रमणको उपलब्धिका रूपमा चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी सेप्टेम्बरमा अमेरिकाको औपचारिक भ्रमण गर्ने जनाइएको छ । 

१४. सरकारद्वारा जग्गा प्रशासनसम्बन्धी काम गर्ने मालपोत कार्यालयको नाम परिवर्तन गरी के राखिएको छ ? 

➤ भूमि प्रशासन कार्यालय 

  • जारी नयाँ अध्यादेशमार्फत जग्गा (नापजाँच) ऐन र मालपोत ऐनमा संशोधन गर्दै मालपोत शब्दलाई भूमि प्रशासनमा रूपान्तरण गरिएको छ ।
  • सरकारले जग्गा रजिस्ट्रेसन, नामसारी, दाखिल खारेज, रोक्का तथा फुकुवा गर्ने जस्ता महìवपूर्ण काम अब सम्बन्धित स्थानीय तहको भूमि व्यवस्थापन शाखाले समेत गर्न सक्ने व्यवस्था मिलाएको छ ।

 

१५. राष्ट्रिय गौरवको त्रिदेशीय ‘लाइफ लाइन’ विराटनगर रानीसङ्खुवासभा किमाथाङ्का सडकको निर्माण कार्य कहिलेदेखि सुरु गरिएको हो ? 

➤ आव २०६५/६६ 

  • आयोजना : उत्तरदक्षिण कोशी सडक (त्रिदेशीय ‘लाइफ लाइन’)
  • यो सडक नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको छ । 
  • नेपाली सेनाले च्यामताङदेखि घोङ्गम्पासम्मको १०.८१ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न गरी वि.सं. २०८३ वैशाख २८ मा सडक आयोजनालाई हस्तान्तरण गरेको थियो । सोपश्चात् घोङ्गम्पादेखि किमाथाङ्कासम्मको १२ किलोमिटर खण्ड सडक आयोजनाले मर्मत गरेसँगै किमाथाङ्कामा सवारी पुगेका छन् ।
  • रानीकिमाथाङ्का सडकको जम्मा दुरी : ३४५ किलोमिटर

 

१६. विश्व दूरसञ्चार तथा सूचना समाज दिवस कहिले मनाइन्छ ? 

➤ मे १७ 

  • ‘इन्टरनेट’ तथा सूचनासञ्चार प्रविधि (आइसिटी)को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिएको छ । 
  • ‘डिजिटल विभाजन’ भन्नाले सूचना तथा सञ्चार प्रविधि (इन्टरनेट, कम्प्युटर, स्मार्टफोन आदि) मा पहुँच भएका र पहुँच नभएका व्यक्ति, समुदाय वा क्षेत्रबिचको असमानतालाई जनाउने छ ।

 

१७. आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पर्यटन प्रवर्धनका लागि कुन वर्षलाई ‘भ्रमण वर्ष’ का रूपमा मनाउने घोषणा गरिएको छ ?

➤ वि.सं. २०८५ (भिजिट नेपाल२०८५)

 

१८. सरकारको वार्षिक नीति तथा कार्यक्रम २०८३/८४ अनुसार व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्मका सबै सरकारी प्रक्रिया ३० दिनभित्रै टुङ्ग्याएर व्यावसायिक सहजता ल्याउन अवलम्बन गरिने कार्यक्रम कुन हो ? 

➤ लगानी एक्सप्रेस

 

१९. समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता सुनिश्चित गर्न सरकारले कुन कोष स्थापना गर्ने घोषणा गरेको छ ?

➤ एकीकृत बचतकर्ता संरक्षण कोष (वार्षिक नीति तथा कार्यक्रम, २०८३/८४)

 

२०. ६१ औँ एकेडेमी अफ कन्ट्री म्युजिक (एसिएम) अवार्डमा ‘इन्टरटेनर अफ दी इयर’ र वर्षको उत्कृष्ट गायकको उपाधि विजेता कलाकार को हुन् ? 

➤  कोडी जोन्सन 

  • सो अवार्डमा गायिका एला ल्याङ्लीले उत्कृष्ट गायिका र ‘चुजिङ टेक्सास’ गीतबाट ‘सङ अफ दी इयर’ सहित सर्वाधिक पाँच विधामा अवार्ड जितेकी छन् ।

 

२१. वल्र्ड रनिङको साझा संस्था एम्सले यस वर्षको प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ कुन नेपाली म्याराथनलाई प्रदान गर्यो ? 

➤ धारा नेपालगन्ज म्याराथन

  • समाजमा शान्ति, सद्भाव र एकता प्रवर्धन गर्दै सकारात्मक कार्य गरेबापत नर्वेमा आगामी जुनमा हुने एम्सको २५ औँ वल्र्ड कङ्ग्रेसमा उक्त अवार्ड प्रदान गरिने ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 34
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 156
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 128
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 251
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 361
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA