Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (६ साउन २०८३, बुधबार)

  • Ajnabee Khadka
  • July 22, 2026
  • 325

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (६ साउन २०८३, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (6th Shrawan 2083, Wednesday)

१. मदन पुरस्कार, २०८२ का लागि छनोट गरिएका उत्कृष्ट १० पुस्तकको सूचीमा पर्न सफल पुस्तक कुन कुन हुन् ? 

➤ अज्ञात (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), उत्कर्ष (ललित विष्ट), नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास (रोशनकुमार झा), नेवार समुदायका परम्परागत मुकुन्डो नाच वीणा जोशी (राजभण्डारी), परिधि (उमा सुवेदी), महायुग (सीमा आभास), सलह (श्रवण मुकारुङ), स्वस्पर्श (डा. नवराज केसी) र हिउँद (नदीश)

  • मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा २०८३ साउन ४ मा जारी विज्ञप्ति अनुसार, गुठीलाई प्राप्त कुल २९८ पुस्तकमध्येबाट यी १० कृति छनोट गरिएको हो ।यी १० मध्ये एक उत्कृष्ट कृतिलाई वर्ष २०८२ को मदन पुरस्कार प्रदान गरिने ।
  • वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार पहिलोपल्ट २०१३ मा प्रदान गरियो । पहिलो पटक गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ र विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ ले यो पुरस्कार प्राप्त गरेका थिए ।
  • वि.सं. २०७५ देखि मदन पुरस्कारको राशि चार लाख रुपियाँ रहेको ।

२. सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजित २३ औँ फिफा विश्वकप फुटबलको ऐतिहासिक उपाधि चुम्ने राष्ट्र कुन हो ?

➤ स्पेन 

विश्वकप फुटबल, २०२६: प्रमुख नतिजा एवं तथ्याङ्कसम्बन्धी अद्यावधिक विवरण:

  • विजेता: स्पेन (दोस्रो पटक विश्वकपको उपाधि जितेको (सन् २०१० र २०२६) 
  • उपविजेता: अर्जेन्टिना 
  • फाइनलमा स्पेनले अर्जेन्टिनालाई १० ले पराजित गरेको । 
  • फाइनलमा गोल गर्ने खेलाडी: फेरान टोरेस 
  • तेस्रो स्थान: इङ्ग्ल्यान्ड (फ्रान्सलाई ६४ गोल अन्तरले पराजित गरेर हासिल)
  • चौथो स्थान: फ्रान्स 
  • सर्वाधिक गोलकर्ता: किलियन एम्बापे, फ्रान्स (१० गोल) 
  • खेल र गोलसम्बन्धी समग्र तथ्याङ्क: 
  • जम्मा खेल सङ्ख्या: १०४ 
  • समूह चरणमा भएको जम्मा खेल सङ्ख्या: ७२ खेल
  • जम्मा गोल सङ्ख्या: ३०८ गोल
  • समूह चरणमा भएको जम्मा गोल सङ्ख्या: २१५ गोल
  • सहभागी राष्ट्र: ४८ वटा 
  • प्रतियोगिता सञ्चालन: सन् २०२६ जुन ११जुलाई १९ सम्म 
  • आयोजना स्थल: अमेरिका, क्यानडा र मेक्सिको (पहिलो पटक तीन देशमा आयोजना गरिएको) 
  • उद्घाटन मिति: सन् २०२६ जुन ११ 
  • रङ्गशाला (उद्घाटन खेल): मेक्सिकोको आइकोनिक एजटेका रङ्गशाला 
  • पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २० गोल अन्तरले पराजित गरेको ।
  • पहिलो गोल गर्ने खेलाडी: जुलियन क्विनोनेस (मेक्सिको)
  • पहिलो रातो कार्ड पाउने खेलाडी: सेफेलो सिथोल, दक्षिण अफ्रिका
  • विशेष रेकर्ड: तीन फरक विश्वकप आयोजना गर्ने पहिलो रङ्गशाला मेक्सिकोको एजटेका रङ्गशाला बनेको छ (सन् १९७०, १९८६ र २०२६) ।
  • फाइनल खेल र अन्य महìवपूर्ण जानकारी
  • फाइनल खेलको विवरण 
  • रङ्गशाला: मेटलाइफ स्टेडियम, न्यु जर्सी, अमेरिका
  • मिति: सन् २०२६ जुलाई १९ 
  • मुख्य रेफ्री: स्लोभेनियाका स्लाभको भिन्चिच
  • विशेष घटना तथा आधिकारिक सामग्री
  • मुख छोपेर बोल्ने खेलाडीलाई पहिलो पटक रातो कार्ड: मुख छोपेर रातो कार्ड प्राप्त गर्ने पहिलो खेलाडी पाराग्वेका मिगुएल अल्मिरोन ।
  • आधिकारिक बलको नाम: त्रिओन्डा (सन् २०२५ अक्टोबर २ मा सार्वजनिक)
  • त्रिओन्डाको अर्थ: त्रि भन्नाले तीन आयोजक राष्ट्र (अमेरिका, क्यानडा र मेक्सिको) र ओन्डा भन्नाले स्पेनिस/पोर्चुगिज भाषामा तरङ्ग हुने ।
  • सहभागी राष्ट्रसम्बन्धी थप जानकारी
  • सन् २०२६ सम्म विश्वकप खेल्ने देशको कुल सङ्ख्या ८४ पुगेको ।
  • सन् २०२६ को विश्वकप खेल्ने चार नयाँ देश: केप भर्डे, उज्बेकिस्तान, कुराकाओ र जोर्डन । 
  • सन् २०२६ को विश्वकप खेल्ने क्षेत्रफल र जनसङ्ख्याको आधारमा सबैभन्दा सानो देश: कुराकाओ । 

पुरस्कार रकम विवरण:

  • विजेता: पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब ५० करोड नेपाली रुपियाँ)
  • उपविजेता: तीन करोड ३० लाख अमेरिकी डलर (करिब चार अर्ब ९५ करोड नेपाली रुपियाँ)
  • तेस्रो स्थान: दुई करोड ९० लाख अमेरिकी डलर (करिब चार अर्ब ३५ करोड नेपाली रुपियाँ)
  • चौथो स्थान: दुई करोड ७० लाख अमेरिकी डलर (करिब चार अर्ब पाँच करोड नेपाली रुपियाँ)
  • ५ औँ ८ औँ स्थान: एक करोड ९० लाख अमेरिकी डलर (प्रतिटोली) (करिब दुई अर्ब ८५ करोड नेपाली रुपियाँ)
  • ९ औँ १६ औँ स्थान: एक करोड ५० लाख अमेरिकी डलर (प्रतिटोली) (करिब दुई अर्ब २५ करोड नेपाली रुपियाँ)
  • १७ औँ ३२ औँ स्थान: एक करोड १० लाख अमेरिकी डलर (प्रतिटोली) (करिब एक अर्ब ६५ करोड नेपाली रुपियाँ)
  • ३३ औँ ४८ औँ स्थान: ९० लाख अमेरिकी डलर (प्रतिटोली) (करिब एक अर्ब ३५ करोड नेपाली रुपियाँ)

 

३. प्रधानमन्त्री कार्यसम्पादन एकाइको स्थापना तथा सञ्चालन कहिलेदेखि भएको हो ?

➤ वि.सं. २०८३ साउन ३

  • आधार: १८ बुँदे राष्ट्रिय प्रतिबद्धतामन्त्रीपरिषद्बाट स्वीकृत)
  • स्वीकृत मिति: २०८३ असार १८ गते 
  • मसौदा सार्वजनिक मिति: २०८३ चैत ३०
  • अन्तर्राष्ट्रिय पृष्ठभूमि: सन् २००१ मा बेलायतका तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरको कार्यकालबाट सुरुवात ।
  • अङ्ग्रेजी नाम/अवधारणा: डेलिभरोलोजी
  • उद्देश्य: कार्यक्रम कार्यान्वयन, अनुगमन, समन्वय, पुँजीगत खर्च वृद्धि, सेवा प्रवाह सुधार र नतिजामूलक शासन ।

४. अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सन् २०२६ जुलाईमा १११ औँ सदस्य मुलुकका रूपमा कुन राष्ट्रलाई अनुमोदन गर्यो ?

➤ मौरिसस

  • सन् २०२६ जुलाई १५ मा स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न आइसिसी वार्षिक सम्मेलनले मौरिससलाई १११ औँ सदस्य राष्ट्रको रूपमा अनुमोदन गरेको ।
  • मौरिससको आगमनसँगै आइसिसीमा एसोसिएट सदस्यको सङ्ख्या ९९ पुगेको छ भने यो आइसिसीमा आबद्ध हुने अफ्रिकी महादेशको २३ औँ देश बनेको ।
  • आइसिसीको सदस्यता प्राप्त गरेसँगै मौरिसस क्रिकेट सङ्घले अब अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता, विकास कार्यक्रम तथा प्रशिक्षक एवं अम्पायर तालिमका सुविधा प्राप्त गर्ने छ ।

५. भारतमा पहिलो पटक हाइड्रोजन इन्धनबाट चल्ने रेलको उद्घाटन कहिले गरिएको हो ?

➤ सन् २०२६ जुलाई १७ (जिन्दसोनिपत मार्ग)

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जुलाई १७ मा हरियाणाको जिन्द रेलवे स्टेसनबाट सो रेलको उद्घाटन गरिएको; जुन जिन्दसोनिपत मार्गमा सञ्चालन गरिएको । १० डिब्बा रहेको सो रेल विश्वकै सबैभन्दा लामो र बढी क्षमता भएको हाइड्रोजन यात्रुवाहक रेलका रूपमा दाबी गरिएको ।
  • यो रेल पूर्ण रूपमा कार्बन उत्सर्जनरहित छ; जसले इन्धनका रूपमा हाइड्रोजन प्रयोग गरी उपउत्पादनको रूपमा जलवाष्प र ताप मात्र उत्सर्जन गर्दछ ।
  • यस प्रविधिको सफल सञ्चालनसँगै भारत जर्मनी, चीन, जापान र अमेरिका जस्ता हाइड्रोजन रेल चलाउने सीमित राष्ट्रको सूचीमा थपिन पुगेको छ ।

भारतको पहिलो हाइड्रोजन रेलको सेवा हरियाणा राज्यमा सुरु - Technology Khabar

६. हालै पोखरामा सम्पन्न नेपालभारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३ औँ बैठकद्वारा नेपालबाट भारततर्फ विद्युत् निर्यात क्षमता बढाएर कति मेगावाट पु¥याउने निर्णय भएको छ ? 

➤ १६५० मेगावाट

  • इनरुवापूर्णिया र दोधाराबरेली चार सय केभी लाइनका लागि नेपाल र भारतको सहकार्यमा संयुक्त उपक्रम कम्पनी खोलिने ।
  • चमेलियाजौलजिबी २२० केभी लाइन सन् २०२८ डिसेम्बरसम्म सम्पन्न गर्ने र मोतिहारीनिजगढ लाइनको डिपिआर स्वीकृत ।
  • नयाँ बुटवलगोरखपुर लाइन सन् २०२६ सम्म २२० केभीमा चलाएर तत्काल दुई सय मेगावाट निर्यात र १३० मेगावाट आयात गरिने ।
  • आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात एवं नेपालको सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट उत्पादनको लक्ष्यमा सघाउने ।

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा  | नोटिफाइ नेपाल | नोटिफाई नेपाल

७. ‘नेपाली राजनीतिज्ञ अर्को चुनावको मात्र चिन्ता गरिरहन्छन् तर देशमा अर्को पुस्ताको चिन्ता गर्ने राजनेता चाहिएको छ’ भन्ने भनाइ कसको हो ?

➤ गणेशमान सिंह

 

८. विश्व युवा दक्षता दिवस कहिले मनाइन्छ ?

➤ जुलाई १५

  • संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा सन् २०१४ डिसेम्बरमा घोषणा भई सन् २०१५ देखि मनाउन सुरु गरिएको ।
  • सन् २०२६ (१२ औँ) को नारा: साझा भविष्यका लागि सिप । दिवसको उद्देश्य: युवामा सिप विकास, मर्यादित रोजगारी, उद्यमशीलता र आर्थिक सशक्तीकरण प्रवर्धन गर्ने ।

 

९. नेपाल सरकार मन्त्रीपरिषद्को वि.सं. २०८३ असार २४ को निर्णय अनुसार नेपालको ३० औँ मुख्यसचिव पदमा कसलाई नियुक्त गरियो ? 

➤ गोविन्दबहादुर कार्की

 

१०. बागमती प्रदेशलाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा कहिले गरिएको हो ? 

➤ वि.सं. २०८३ असार २६  

  • हेटौँडामा आयोजित एक समारोहमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गरिएको । 
  • ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएको बागमती तेस्रो प्रदेश हो । यसअघि कर्णाली र गण्डकी प्रदेशलाई घोषणा गरिएको ।

११. एसियाली विकास बैङ्क (एडिबी) द्वारा सन् २०२६ जुलाईमा सार्वजनिक प्रतिवेदन अनुसार आव २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर कति कायम हुने अनुमान रहेको छ ? 

➤ ३.९ प्रतिशत

  • यो आकडा सरकारले चालु आर्थिक वर्षका लागि गरेको संशोधित अनुमान हाराहारीकै हो । 
  • राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आवमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहने अनुमान गरेको ।

 

१२. नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रको प्रवर्धनमा उल्लेखनीय योगदान पु¥याएबापत अन्तर्राष्ट्रिय संस्था ‘वल्र्ड बुक अफ रेकर्ड लन्डन’ बाट ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्राप्त गर्न सफल नेपाली फोटोपत्रकार को हुन् ?

➤ प्रदीपराज वन्त (सन् २०२६ मे)

 

१३. टी२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एकै खेलमा नौ विकेट लिएर विश्व कीर्तिमान कायम गर्ने पहिलो खेलाडी को हुन् ?

➤ लाउरा कार्डोसो (ब्राजिलकी महिला क्रिकेटर)

  • २१ वर्षीय लाउरा कार्डोसोले लेसोथोविरुद्धको खेलमा नौ विकेट लिँदै टी२० अन्तर्राष्ट्रिय (पुरुष र महिला दुवैतर्फ) नौ विकेट लिने विश्वकै पहिलो बलर बनेकी । 

प्रस्तुतकर्ता: टङ्क केसी

Categories

  • Current Affairs 783
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

Nobel Peace Prize laureates affiliated with the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) सँग सम्बद्ध नोबेल शान्ति पुरस्कार विजेताहरू

  • Sep 11, 2026
  • 143
First Aid Day, 2026
Current Affairs

प्राथमिक उपचार दिवस, २०२६

  • Sep 11, 2026
  • 47
Agricultural Materials Company, Senior Assistant (Pvt.), 2083/05/24
Past Questions

कृषि सामग्री कम्पनी, वरिष्ठ सहायक (प्रा.स.), २०८३/०५/२४

  • Sep 11, 2026
  • 130
High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
Current Affairs

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

  • Sep 10, 2026
  • 137
Major international days declared by the United Nations and celebrated around the world
Others

संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएका र विश्वभर मनाइने प्रमुख अन्तर्राष्ट्रिय दिवसहरू

  • Sep 10, 2026
  • 160
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA