Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२० चैत २०८१, बुधबार)

  • Ajnabee Khadka
  • April 02, 2025
  • 536

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२० चैत २०८१, बुधबार)

Public Service Special Objective Question and Answer (20 Chaitra 2081, Wednesday)

१.  विश्व बैङ्कले सन् २०२५ मार्च २४ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको तीन दशकको आर्थिक वृद्धिदर कति रहेको छ ?

➤ ४.२ प्रतिशत

  • प्रतिवेदन अनुसार सन् १९९६ देखि २०२३ सम्मको अवधिमा नेपालको आर्थिक वृद्धिमा विप्रेषणको महत्वपूर्ण भूमिका रहेको । तथापि छिमेकी राष्ट्रहरूको तुलनामा भने यो वृद्धिदर कमजोर देखिएको ।
  •  दक्षिण एसियाका आठ राष्ट्र मध्ये नेपालको आर्थिक वृद्धिदर छैटौँ स्थानमा रहेको । 
  • निर्यातमा गिरावट, औद्योगिक क्षेत्रमा सुस्तता र न्यून उत्पादकत्व जस्ता संरचनागत चुनौतीका कारण नेपालको अर्थतन्त्र पछाडि धकेलिनुका साथै गैरकृषि क्षेत्रमा रोजगारी सिर्जना सुस्त रहेको जस्ता कारण उल्लेख गरिएको । 
  • गरिबी न्यूनीकरणमा नेपालको सफलता उल्लेखनीय रहेको । 
  • १६ औँ आवधिक योजनाले सन् २०२९ सम्म वार्षिक ७.१ प्रतिशतको जिडिपी वृद्धिको अनुमान गरेको ।
  • नेपालको सन् २०१७/१८ को श्रम शक्ति सर्वेक्षण अनुसार स्वदेश फर्किएका आप्रवासीमध्ये १४.३ प्रतिशत बेरोजगार रहेको र ४१.५ प्रतिशत श्रमबजार बाहिरै रहेको देखिएको । 

२.  वल्र्ड ह्यापिनेस रिपोर्ट–२०२५ अनुसार विश्वमा सबैभन्दा धेरै खुसी देशको शीर्ष स्थानमा कुन राष्ट्र रहेको छ ?

➤ फिनल्यान्ड 

  • सो प्रतिवेदन अनुसार नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको शीर्ष स्थानमा परेको ।

 

३. दसौँ राष्ट्रिय खेलकुदको मस्कट के हो ?

➤ रेड पान्डा (हाब्रे)

  • २०८१ चैत्र ५ मा लोगो र मस्कट सार्वजनिक गरिएको । 
  • लोगोमा कर्णाली नदी, नेपालको झन्डा, सात प्रदेश र खेलाडी, हिमाल, पहाड र तराई तथा शान्तिको प्रतीक परेवा समेटिएको । 
  • लोगो र मस्कट दुवै विकास तमकुजुले तयार गर्नुभएको । 
  • १० औँ राष्ट्रिय खेलकुद २०८२ जेठ ३–१० सम्म कर्णाली प्रदेशमा हुने भएको । 

४.  निक साइमन्स अवार्ड २०२४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

➤ जनस्वास्थ्य निरीक्षक रविन थापा (धादिङको ज्वालामुखी गापा ढोला स्वास्थ्य चौकीमा कार्यरत)

 

५.  दक्षिण एसियाली किसान सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

➤ वि.सं. २०८१ चैत्र ७–८ (सन् २०२५ मार्च २०–२१), काठमाडौँ

  • जलवायु सङ्कटको प्रभावबाट किसान र उनीहरूको जीविकोपार्जनको सुरक्षामा जोड दिँदै सम्मेलन सम्पन्न भएको । 
  • दक्षिण एसियाका २६, २७ वटा किसान सङ्गठनका प्रतिनिधि सहभागी सम्मेलनले किसानको खाद्य सम्प्रभुता, जलवायु न्याय र अधिकार सुनिश्चित गर्न बहुराष्ट्रिय निगम र वित्तीय संस्थाहरूका जनविरोधी नीतिविरुद्ध सङ्घर्षलाई सशक्त बनाउने आह्वानसहितको घोषणा जारी गरेको । 
  • सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान, माल्दिभ्स र अफगानिस्तानका किसान नेताहरूको सहभागिता रहेको । 
  • सम्मेलनले दक्षिण एसिया किसान महासङ्घमा डा. प्रेम दङ्गालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको । 

६.  नेपाल कहिलेबाट अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने भएको छ ?

➤ सन् २०२६ नोभेम्बर 

 

७.  १७ औँ संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि विजेता खेलाडी को हुन् ?

➤ उमेश राई 

  • गोर्खाली फिटनेसका राईले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका । 
  • उपाधि जितेसँगै उनले व्यक्तिगत विधातर्फ नेपालकै सर्वाधिक धनराशि पुरस्कार १२ लाख र ट्रफी प्राप्त गरेका । 
  • त्यस्तै उपविजेता धिमालले नगद छ लाख एवं तृतीय भएका दाङका माधव सुवेदीले नगद तीन लाख प्राप्त गरेका । 

८.  भारतको जयपुरमा सम्पन्न (सन् २०२५) मा २५ औँ संस्करणको आइफा अवार्डमा सर्वोत्कृष्ट अवार्डको उपाधि जित्न सफल चलचित्र कुन हो ?

➤ लापता लेडिज 

  • आइफाले सिल्भर जुब्ली मनाउँदै सन् २०२४ मा रिलिज भएका तथा डिजिटल प्लेटफर्ममा रिलिज भएका फिल्म र वेब शिरिजलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको।
  • फिल्म लापत्ता लेडिजले सर्वाधिक ११ अवार्ड जितेको । 
  • सर्वोत्कृष्ट फिल्म  : लापता लेडिज 
    • सर्वोत्कृष्ट अभिनेता  : कार्तिक आर्यन (भुलभुलैया ३)
    • सर्वोत्कृष्ट अभिनेतृ  : नितान्सी गोयल (लापता लेडिज) 
    • सर्वोत्कृष्ट सहअभिनेता  : रवि किसन (लापता लेडिज)
    • सर्वोत्कृष्ट सहअभिनेतृ  : छाया कदम (लापता लेडिज)
    • सर्वोत्कृष्ट नवअभिनेतृ  : प्रतिभा रान्ता (लापता लेडिज)
    • सर्वोत्कृष्ट निर्देशक  : किरण राव (लापता लेडिज)
  • आइफा डिजिटल अवार्डतर्फ अमर सिंह चमकिला सर्वोत्कृष्ट फिल्म घोषित भएको । 

९.  वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन कहिले भएको हो ?

➤ विसं २०८१ चैत्र ९ 

 

१०.  तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन–२०२५ को उपाधि विजेता धावक को हुन् ?

➤ अनिश थापामगर 

 

११.  तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) कहिले सम्पन्न भएको हो ?

➤ विसं २०८१ चैत्र ६–१२

  • नाट्य महोत्सवमा १२ देशका एक सयभन्दा बढी कलाकारहरूले १७ नाटक मञ्चन गरेका । 

 

१२. विसं २०८१ चैत्र ७ देखि सञ्चालन भएको एसइई परीक्षामा सहभागी हुने परीक्षार्थी सङ्ख्या कति रहेको छ ?

➤ पाँच लाख १४ हजार ७१ 

  • (छात्रा : दुई लाख ५७ हजार ७३० र छात्र : दुई लाख ५६ हजार ७११) 
  • देशभर २०७९ र जापानमा एक गरी २०८० परीक्षा केन्द्र कायम गरिएको । 
  • एसइई परीक्षा दिनेमध्ये प्राविधिक धारतर्फ १६ हजार ९४७ विद्यार्थी रहेका । 
  • पनिकाले असार ७ मा परीक्षाफल प्रकाशित गर्ने गरी कार्यतालिका बनाएको । 

१३.  आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने उद्देश्यले ‘डिजिटल फाइनान्स इनोभेसन हब’ को स्थापना कहिले भएको हो ?

➤ विसं २०८१ चैत्र १५ 

  • नेपाल राष्ट्र बैङ्कले उक्त हव स्थापना गरेको । 
  • वित्तीय नवप्रवर्तकहरूलाई विद्यमान नीतिगत एवं नियामकीय व्यवस्थाबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त हुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तीनले ल्याउन सक्ने अवसर एवं चुनौतीको विश्लेषण गर्न उक्त हब स्थापना गरिएको राष्ट्र बैङ्कले जनाएको ।

१४.  नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटको मुख्य प्रशिक्षक (राष्ट्रिय पुरुष टोली) मा कसलाई नियुक्त गरयो ?

➤ स्टुवार्ट ल (अस्ट्रेलिया), विसं २०८१ चैत्र १५ 

  • अस्ट्रेलियाका पूर्व व्याट्सम्यान स्टुवार्ट ल नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक नियुक्त भएका । उनको कार्यकाल दुई वर्षको हुने छ । 

 

१५.  पाहाँचरे पर्वे कहिले मनाइन्छ ?

➤ घोडेजात्रा (चैत्र कृष्ण औँसी) को अघिल्लो दिनदेखि ३ दिनसम्म 

 

१६.  विशिष्ट आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित परशु–कल्पना स्रष्टा सम्मान २०८१ कसलाई प्रदान गरियो ?

➤ आख्यानकारद्वय ध्रुव सापकोटा र गणेश रसिक (पुरस्कार राशि : जनही रु. ५०,१०१)

 

१७.  आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उत्कृष्ट गौतम बुद्ध अवार्ड जित्न सफल चलचित्र कुन हो ?

➤ शाम्वाला 

  • उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड : चलचित्र आँखा 
  •  उत्कृष्ट अभिनेता : आरके मेहता (आँखा)
  • उत्कृष्ट अभिनेतृ : अञ्जना बराइली (पुजार सार्की)
  • राष्ट्रिय फिचर फिल्म अवार्ड : छायाकार राजेश श्रेष्ठ 
  • उत्कृष्ट राष्ट्रिय चलचित्र लेखन अवार्ड : जौन योञ्जन 
  • डन क्विजोट अवार्ड : रुक्मिणी (भारतीय फिल्म) 
  • मञ्जुश्री अवार्ड (एआई फिल्म अवार्ड) : दि अविस (अर्जेन्टिना)छोटो चलचित्र विधातर्फ : 
    • उत्कृष्ट सर्ट फिल्म निर्देशक अवार्ड : निसान खत्री (अ विट्नेस)
    • माउन्ट एभरेष्ट अवार्ड : मेल्टिङ स्नो (बेल्जियम) 
    • बागमती अवार्ड : स्पेनी फिल्म लुसिया जी रोमेरो अडियन्स च्वाइसतर्फ : 
    • उत्कृष्ट कथानक चलचित्र : सतीदेवी (लक्ष्मण सुवेदी निर्देशित)
    • उत्कृष्ट डकुमेन्ट्री : गल्स रिराइटिङ डेस्टिनी
    • उत्कृष्ट छोटो फिल्म : दि विट्नेस ट्री
    • उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म : देवी (सुविना श्रेष्ठ)
    • उत्कृष्ट सर्ट फिल्म : दि विट्नेस ट्री (निराजनराज भेटवाल)
  • २०८१ चैत्र ७–११ सम्म काठमाडौँमा भएको निफ महोत्सवमा ४० देशका ८७ फिल्म प्रदर्शन भएका । 

१८.  वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ कमल कोइरालाको निधन कहिले भएको हो ?

➤ विसं २०८१ चैत्र १७

  • पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा उनी कोइराला परिवारका एक मात्र कम्युनिस्ट नेताका रूपमा परिचित रहेका,

 

१९.  नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको दौड सम्मेलन (नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्सको आयोजना कहिले हुने भएको छ ?

➤ विसं २०८२ जेठ २३

 

२०.  प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८१ को उपाधि कसले जित्यो ?

➤ नेपाल पुलिस क्लब (उपविजेता : त्रिभुवन आर्मी क्लब)

  • पुलिस क्लबले ट्रफीसहित १० लाख रुपियाँ प्राप्त गरेको । उपविजेता आर्मी पाँच लाख रुपियाँको हकदार बनेको । 
  • पहिलो संस्करणमा आर्मीसँगै उपाधि बाँडेको पुलिसले सन् २०१९ र गत वर्ष पनि उपाधि जितेको । 
  • पुलिसका स्पिनर ललित राजवंशी सर्वश्रेष्ठ खेलाडी घोषित भएका । 
  • सर्वश्रेष्ठ खेलाडी : ललित राजवंशी
  • सर्वश्रेष्ठ बलर : ललित राजवंशी
  • सर्वश्रेष्ठ ब्याट्सम्यान : अर्जुन कुमाल (गण्डकी)
  • उदियमान खेलाडी : तृतराज दास (त्रिभुवन आर्मी)

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 45
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 37
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 38
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA