Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

रेल यातायात

  • Bikash Shrestha
  • August 13, 2025
  • 524

रेल यातायात

Rail transport

 

सामाजिक तथा आर्थिक विकास, सामाजिक समायोजन, सेवा विस्तार र पहुँचका साथै देशको समग्र आर्थिक समुन्नतिको अभिन्न अङ्गका रूपमा रेल्वे क्षेत्रको पहिचान भएको छ। विगतमा यसलाई कम प्राथमिकतामा राखी नगण्य सुविधा प्रदान गरिएको भए पनि हाल यसको महत्त्व स्पष्ट रूपमा पहिचान गरिएको छ।

अब पूर्व (मेची) देखि पश्चिम (महाकाली) सम्म, काठमाडौं–पोखरा–तराई, भारत सीमासँग जोडिएका महत्वपूर्ण औद्योगिक तथा व्यापारिक सहर र क्षेत्रहरूमा रेल सेवा सञ्चालन गर्ने, चीन (तिब्बत) बाट काठमाडौंसम्म रेल सेवा निर्माण तथा विस्तार गर्ने, साथै खस्कँदो अवस्थामा रहेको जनकपुर–जयनगर रेल सेवाको सुदृढीकरण गर्ने कार्यलाई अघि बढाउने स्पष्ट योजना बनेको छ।

नेपालमा रेलको इतिहास सन् १९२३ बाट सुरु हुन्छ, जब तत्कालीन राणा प्रधानमन्त्रीले वन विभागको प्रशासनिक व्यवस्था गर्न भारतको वन सेवाका जे.भी. कोलियरलाई लिएर, नेपाली काठ भारतमा ढुवानी गर्नका लागि कुसहा–अमलेखगन्ज रेलमार्ग निर्माण गराएका थिए। ब्रिटिशहरूले सन् १९२७ मा २ फिट ६ इन्च (७६२ मि.मि.) गेजको यो पहिलो रेलमार्ग ब्रिटिश भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म जडान गरेका थिए। त्यसपछि सन् १९३७ मा ब्रिटिशहरूले जनकपुरदेखि जयनगरसम्म दोस्रो रेलमार्ग निर्माण गरे।

आर्थिक सर्वेक्षण २०८०/०८१ अनुसार, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिवास–निजगढ खण्डमा २०८० फागुनसम्म ६३ किलोमिटर ट्र्याकबेड र १३ रेल्वे पुल निर्माण सम्पन्न भएको छ। अन्तर्देशीय रेलमार्ग अन्तर्गत जयनगर–जनकपुर–बिजलपुरा ५२ किलोमिटरमा रेल सेवा सञ्चालन भइसकेको छ। त्यस्तै, जोगबनीदेखि विराटनगरसम्म १० किलोमिटर रेलमार्ग निर्माण भई, हाल भारतको बथनाहाबाट नेपालको विराटनगर कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन भइरहेको छ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 41
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 36
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 37
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA