Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राणाशासनकाल

  • Bikash Shrestha
  • October 09, 2025
  • 707

राणाशासनकाल

Rana period

बालनरसिंह कुँवरका छोरा जङ्गबहादुर कुँवरले कोतपर्वपछि राज्यसत्ता हत्याएर शासनको बागडोर सम्हाले। भण्डारखाल पर्व र अलौ पर्वपछि उनी अझ शक्तिशाली बने र लमजुङ–तनहुँका श्री ३ बनेर राणाशासनको सुरुवात गरे।


प्रमुख प्रधानमन्त्रीहरू तथा तिनका योगदानहरू

१. जङ्गबहादुर राणा (वि.सं. १९०४–१९३३)

  • वि.सं. १९१० मा पहिलो पटक मुलुकी ऐन जारी गरी न्याय व्यवस्था तथा अपराध कानुन तोकियो।

  • दरबार हाइस्कुल स्थापना।

  • नयाँ मुलुक (नयाँ भू–भाग) प्राप्त।

२. रणोद्दीप सिंह (वि.सं. १९३३–१९४२)

  • हुलाक घर स्थापना।

  • मालपोत उठाउने नयाँ प्रणाली सुरु।

३. वीर शमशेर (वि.सं. १९४२–१९५७)

  • भादगाउँ र काठमाडौंमा वीरधारा (पानीको व्यवस्था)।

  • पुलहरू निर्माण।

  • वीर अस्पताल (वि.सं. १९७४) स्थापना।

  • वीर पुस्तकालय स्थापना।

  • घण्टाघर निर्माण।

४. देव शमशेर (वि.सं. १९५७–१९५८)

  • गोरखापत्र प्रकाशन प्रारम्भ।

  • सरकारी कार्यालय समय १०–५ बजे निर्धारण।

  • सरकारी बिदा प्रणाली सुरु।

  • पाठशालाहरूको स्थापना।

५. चन्द्र शमशेर (वि.सं. १९५८–१९८६)

  • सती प्रथाको उन्मूलन।

  • दासमोचन (गुलामी अन्त्य)।

  • पहिलो पटक बिजुली बत्तीको व्यवस्था।

  • त्रि–चन्द्र कलेज स्थापना।

  • गोरखा भाषा प्रकाशिनी समिति स्थापना।

  • नेपालको नक्सा निर्माण।

६. भीम शमशेर (वि.सं. १९८६–१९८९)

  • नुन र कपासमा भन्सार माफी।

  • कपास खेतीलाई प्रोत्साहन।

७. जुद्ध शमशेर (वि.सं. १९८९–२००२)

  • नेपाल बैंक लिमिटेड, पहिलो बैंकको स्थापना।

  • घरेलु उद्योगको विकास।

  • उच्च अदालत स्थापना।

  • जुद्ध बारुण यन्त्र स्थापना।

  • जुद्ध सडक (नयाँ सडक) निर्माण।

  • संग्रहालय (म्युजियम) र चिडियाखाना स्थापना।

८. पद्म शमशेर (वि.सं. २००२–२००५)

  • पहिलो संविधान जारी।

  • काठमाडौं नगरपालिका स्थापना।

९. मोहन शमशेर (वि.सं. २००५–२००८)

  • आकाशवाणी (रेडियो नेपाल) स्थापना।

  • राष्ट्रिय आर्थिक समिति गठन।

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 43
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 62
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 41
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 52
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 82
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA