Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल र संयुक्त राष्ट्र संघ (UN) बीचको सम्बन्ध

  • Ajnabee Khadka
  • July 07, 2026
  • 849

नेपाल र संयुक्त राष्ट्र संघ (UN) बीचको सम्बन्ध

Relations between Nepal and the United Nations (UN)
विषय विस्तृत तथ्य र विवरण
संयुक्त राष्ट्रसंघको सदस्यताका लागि नेपालको आवेदन
  • औपचारिक आवेदन मिति: नेपालले सन् १९४९ फेब्रुअरी १३ (वि.सं. २००५ फागुन २) मा संयुक्त राष्ट्रसंघको सदस्यताका लागि औपचारिक आवेदन दिएको,
  • हस्ताक्षरकर्ता: उक्त आवेदन पत्रमा तत्कालीन परराष्ट्र मामिलाका डाइरेक्टर जनरल मेजर जनरल विजय शमशेरले हस्ताक्षर गरेका,
  • आवेदनको भाषा र लिपि: नेपालले आफ्नो सार्वभौमसत्ता र मौलिकता प्रदर्शन गर्न २७ पृष्ठ लामो विस्तृत आवेदन पत्र र संलग्न कागजातहरू नेपाली भाषा र रन्जना लिपि (नेवारी लिपि) मा तयार गरी पठाएको,
  • नेपालले संयुक्त राष्ट्रसंघको सदस्यताका लागि आवेदन दिँदा आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रताको प्रमुख कानुनी प्रमाणका रूपमा प्रस्तुत गरेको दस्तावेज: सन् १९२३ को नेपाल-बेलायत सन्धि (सन् १९२३ को यो सन्धिलाई सन् १९२५ मा राष्ट्रसंघ (League of Nations) को अभिलेखमा पनि दर्ता गरिएको,)
सार्वभौमसत्ताको प्रमाण र कानुनी आधार
  • आवेदनमाथि छलफल हुँदा सोभियत संघ (USSR) र युक्रेनले नेपालको स्वतन्त्रता र सार्वभौमसत्तामाथि प्रश्न उठाउँदै थप प्रमाण माग गरेका,
  • नेपालले सोभियत संघको प्रश्नको जवाफमा २२ जुलाई १९४९ मा २५ पृष्ठ लामो थप दस्तावेज पेस गरेको,
  • नेपालले सोभियत संघको प्रश्नको जवाफमा पठाएको २५ पृष्ठ लामो थप दस्तावेजमा निम्न ऐतिहासिक सन्धिहरू समावेश;
    • सन् १८१५ को सुगौली सन्धि
    • सन् १८५६ को नेपाल–तिब्बत सन्धि
    • सन् १७९२ को नेपाल–चीन सन्धि
    • सन् १९२३ को नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धि
  • सन् १९२५ अगस्ट ७ मा नेपाल–बेलायत सन्धिलाई लिग अफ नेसन्स (League of Nations) मा दर्ता गरिएको तथ्यलाई पनि नेपालले आफ्नो स्वतन्त्र अस्तित्वको प्रमाणका रूपमा प्रस्तुत गरेको,
सोभियत संघको भिटो (Veto)
  • भिटो प्रयोग भएको मिति: वि.सं. २००६ भदौ २२ (सन् १९४९ सेप्टेम्बर ७) का दिन सुरक्षा परिषद्मा नेपालको सदस्यता प्रस्तावमाथि सोभियत संघले भिटो प्रयोग गरेको,
  • नेपाललाई सदस्यता पाउनबाट रोक्न सोभियत संघले प्रयोग गरेको भिटोको क्रम संख्या: ३१औं भिटो 
  • संयुक्त राष्ट्रसंघका लागि सोभियत संघका स्थायी प्रतिनिधि याकोभ मलिक (Yakov Malik) थिए, जसले नेपालको विरुद्धमा नकारात्मक मत (भिटो) दिएका,
  • सोभियत संघले भिटो प्रयोग गर्नुका मुख्य कारणहरू;
    • शीतयुद्धकालीन ध्रुवीकरण: नेपाल राणाकालीन समयमा पश्चिमा (अमेरिका/बेलायत) खेमाको नजिक देखिएको कूटनीतिक बुझाइ
    • गोर्खा भर्ती सम्बन्धी विवाद: नेपालको परराष्ट्र तथा सैन्य नीति पूर्ण रूपमा स्वतन्त्र र सार्वभौम नभएको सोभियत संघको आरोप
    • प्रतिशोधपूर्ण कूटनीति (Tit-for-Tat): पश्चिमा राष्ट्रहरूले साम्यवादी मुलुकहरूलाई रोकेको बदलामा सोभियत संघद्वारा नेपालको आवेदनमाथि भिटो प्रयोग
नेपालको संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्ति
  • सदस्यता प्राप्त मिति: १४ डिसेम्बर १९५५ (तदनुसार वि.सं. २०१२ मंसिर २९ गते)
  • सदस्य राष्ट्रको क्रम: नेपाल संयुक्त राष्ट्रसंघको ७२ औं सदस्य राष्ट्र
  • प्रवेशको माध्यम: शीतयुद्धको राजनीतिक गतिरोध अन्त्य गर्न सोभियत संघ र पश्चिमा शक्ति राष्ट्रहरूबीच भएको समझदारी (Package Deal) अन्तर्गत नेपालसहित १६ राष्ट्रले एकैपटक सदस्यता पाएका,
  • प्याकेज डिल मार्फत सदस्यता पाउने १६ देशहरू:
    • एसियाली देशहरू (४): नेपाल, श्रीलङ्का (सेलोन), कम्बोडिया, र लाओस
    • युरोपेली तथा अन्य देशहरू (१२): अल्बानिया, अस्ट्रिया, बुल्गेरिया, फिनल्याण्ड, हङ्गेरी, आयरल्याण्ड, इटाली, जोर्डन, लिबिया, पोर्चुगल, रोमानिया, र स्पेन
  • मतदान विवरण: महासभामा भएको मतदानमा नेपालको पक्षमा ५७ मध्ये ५७ मत (सर्वसम्मत) प्राप्त भएको,
  • नेपाल प्रवेश गर्दाका संयुक्त राष्ट्रसंघको महासचिव: ड्याग ह्यामरसोल्ड (Dag Hammarskjöld)
  • नेपालको सदस्यता महासभाको प्रस्ताव संख्या A/Res/995(X) मार्फत स्वीकृत भएको,
नेपालको संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्ति पछिका प्रमुख कूटनीतिक कदमहरू
  • पहिलो स्थायी प्रतिनिधि: सदस्यता प्राप्त गरेपछि ऋषिकेश शाहलाई सन् १९५६ मा संयुक्त राष्ट्रसंघका लागि नेपालको पहिलो स्थायी प्रतिनिधि नियुक्त गरिएको,
  • महासभामा पहिलो सम्बोधन: सन् १९५६ को ११औं महासभामा नेपालले पहिलोपटक भाग लिएको र टोलीको नेतृत्वकर्ता परराष्ट्रमन्त्री चूडाप्रसाद शर्माले सम्बोधन गरेका,
  • झन्डोत्तोलन: सन् १९५६ मार्च २६ का दिन संयुक्त राष्ट्रसंघ मुख्यालयमा नेपालको राष्ट्रिय झन्डा पहिलोपटक फहराइएको,
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपालको सहभागिताको इतिहास, वर्तमान अवस्था र योगदान
  • नेपालले सहभागी जनाएको पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन: सन् १९५८ मा लेबनानमा स्थापित UNOGIL (United Nations Observation Group in Lebanon) — नेपालले आफ्नो पहिलो यात्रामा ५ जना सैनिक पर्यवेक्षकहरू (Military Observers) पठाएर सहभागिता सुरु गरेको,
  • संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन नेपालले तैनाथ गरेको पहिलो पूर्ण सैन्य टोली: श्री पुरानो गोरख गण 
    • विशेषता: संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी हुने नेपालको पहिलो पूर्ण सैन्य पल्टन/टोली (First Sizeable Battalion / Contingent)
    • तैनाथी वर्ष: वि.सं. २०३० फागुन २ देखि २०३१ भदौ २० सम्म (सन् १९७४ फेब्रुअरी १३ देखि १९७४ सेप्टेम्बर ५ सम्म)
    • मिसनको नाम: UNEF–II (United Nations Emergency Force II)
    • सैन्य परिचालनको उदेश्य: यो टोली अरब-इजरायल युद्ध पछि इजरायल र इजिप्ट बीच शान्ति स्थापना गर्ने उद्देश्यले खटाइएको,
    • तैनाथ भएको क्षेत्र (देश): सिनाई प्रायद्वीप, इजिप्ट (इजिप्ट र इजरायलको सीमा क्षेत्र)
    • सुरक्षाकर्मीको कुल संख्या: ५७१ जना शान्ति सैनिकहरू
    • नेतृत्वकर्ता (कमान्डर): तत्कालीन गणपति प्रमुख सेनानी गडुल शमशेर ज.ब.रा.
  • संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता:
    • सुरुवात: नेपाल प्रहरीले सन् १९९२ मार्च (वि.सं. २०४८ फागुन/चैत) देखि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा आफ्नो सेवा सुरु गरेको,
    • पहिलो मिसन: पूर्व युगोस्लाभियामा खटिएको UNPROFOR (United Nations Protection Force) मा
    • प्रारम्भिक भूमिका: सुरुमा नेपाल प्रहरी नागरिक प्रहरी (CIVPOL) को रूपमा सहभागी भएको,
    • पहिलो टोलीको संख्या: सुरुमा ३७ जना प्रहरी अधिकारीहरू (पर्यवेक्षक र नागरिक प्रहरीका रूपमा) सहभागी भएका,
  • संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सशस्त्र प्रहरी बलको सहभागिता:
    • सुरुवात: सन् २००२ (वि.सं. २०५९) देखि संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागिता जनाउन थालेको,
    • सशस्त्र प्रहरी बलको पहिलो मिसन: UNMISET (United Nations Mission of Support in East Timor)
    • सशस्त्र प्रहरी बलको पहिलो कार्यक्षेत्र (देश): पूर्वी टिमोर (East Timor)
  • सन् २०२६ फेब्रुअरी २८ को आधिकारिक तथ्याङ्क अनुसार नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सैन्य योगदान पुर्‍याउने राष्ट्रहरूको सूचीमा विश्वभरमै दोस्रो स्थानमा रहेको — यस समयमा ४,४०५ कर्मचारी पठाएर रुवान्डा पहिलो स्थानमा रहेको छ भने भारत ४,२७८ कर्मचारीसहित तेस्रो स्थानमा,
  • २८ फेब्रुअरी २०२६ सम्मको तथ्याङ्क अनुसार संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालबाट खटिएका कूल वस्त्रधारी कर्मचारीहरूको संख्या: ४,३४० जना
    • सैन्य टोली (Troops): ४,०३३ जना
    • फर्मड पुलिस युनिट (Formed Police Units - FPU): १६० जना
    • स्टाफ अफिसर (Staff Officers): ८३ जना
    • मिसन विज्ञ (Experts on Mission): ३० जना
    • व्यक्तिगत प्रहरी (Individual Police): ३४ जना
विविध
  • संयुक्त राष्ट्रसंघको सदस्यताका लागि आवेदन पठाउदा ताका नेपालको प्रधानमन्त्री: मोहन शमशेर ज.ब.रा
  • संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्दाको बेला नेपालको राजा: राजा महेन्द्र 
  • संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्दाको बेला नेपालको प्रधानमन्त्री: टंकप्रसाद आचार्य
  • नेपाल भ्रमण गर्ने संयुक्त राष्ट्रसंघको पहिलो महासचिव: ड्याग ह्यामरसोल्ड (Dag Hammarskjöld)
  • महासभालाई सम्बोधन गर्ने नेपालको पहिलो प्रधानमन्त्री: बी.पी. कोइराला (संयुक्त राष्ट्रसंघको १५ औं महासभामा)
  • संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने नेपालको पहिलो राजा: राजा महेन्द्र (संयुक्त राष्ट्रसंघको २२ औं महासभामा)
  • नेपाल पहिलोपटक सुरक्षा परिषद्को अस्थायी सदस्य निर्वाचित: सन् १९६९-१९७० (नेपाल दोस्रो पटक सन् १९८८-१९८९ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्य निर्वाचित भएको,)
  • सन् १९६१ मा राष्ट्रसङ्घका महासचिव ड्याग ह्यामरशोल्डको विमान दुर्घटनामा परी निधन हुँदा उनको निधन सम्बन्धी अन्तर्राष्ट्रिय जाँच समितिको अध्यक्षता गर्ने व्यक्तित्व: ऋषिकेश शाह
  • गणतन्त्र स्थापनापछि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने पहिलो प्रधानमन्त्री: पुष्पकमल दाहाल 'प्रचण्ड'
  • नेपाल पहिलोपटक आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष निर्वाचित: सन् २०२५-२०२६
  • नेपाल पहिलोपटक महासभामा उपाध्यक्ष पदमा निर्वाचित: सन् २०१६ जुन १४
  • नेपालको सङ्घीय संसदलाई सम्बोधन गर्ने पहिलो महासचिव: एन्टोनियो गुटेरेस
  • नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघको हालका स्थायी प्रतिनिधि: लोकबहादुर थापा
  • नेपाल भ्रमण गर्ने संयुक्त राष्ट्रसंघको पहिलो एसियाली मूलको महासचिव: यू थान्त
  • हालसम्म नेपाल भ्रमण गर्ने कुल महासचिवको संख्या: ७ जना
  • माओवादीको सशस्त्र द्वन्द्वकालीन संक्रमणकालीन नेपालको शान्ति प्रक्रिया, माओवादी सेनाको हतियार र सैनिकहरूको व्यवस्थापन अनुगमनका लागि स्थापित संयुक्त राष्ट्रसंघीय मिसन: २३ जनवरी २००७ (वि.सं. २०६३ माघ ९) मा स्थापित UNMIN - United Nations Mission in Nepal

 

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 111
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 135
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 169
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 68
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 220
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA