Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दोस्रो संविधानसभा निर्वाचन, २०७०

  • Ajnabee Khadka
  • March 23, 2026
  • 798

दोस्रो संविधानसभा निर्वाचन, २०७०

Second Constituent Assembly Election, 2070

दोस्रो संविधानसभा निर्वाचनको पृष्ठभूमि:

  • प्रथम संविधान सभाको विघटनको मिति: वि.सं.२०६९ साल जेठ १४ गते (झन्डै चार वर्ष (२०६४-२०६९) सम्म प्रयास गर्दा पनि प्रथम संविधानसभाले नेपाली जनतालाई संविधान दिन सकेन र अन्त्यमा यो असफल भएर विघटन भएको,)
  • त्यसपछि राजनीतिक दलहरूको सहमतिमा बहालवाला प्रधानन्यायाधीश (खिलराज रेग्मी) को नेतृत्वमा चुनावी सरकार गठन गरिएको र २०७० मंसिर ४ गते दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भएको, 
  • यो निर्वाचन सफलतापूर्वक सम्पन्न भई जननिर्वाचित प्रतिनिधिमार्फत शासन सञ्चालन गर्ने जनमतलाई पुनः स्थापित गरेको,
  • यस निर्वाचनको सबैभन्दा ठुलो सफलता भनेकै यसले गठन गरेको संविधानसभाले वि.सं.२०७२ साल असोज ३ गते (२० सेप्टेम्बर २०१५) "नेपालको संविधान" जारी गरेको,

निर्वाचनको सामान्य जानकारी:

  • मतदानको मिति: वि.सं.२०७० साल मंसिर ४ गते
  • कुल सदस्य सङ्ख्या: ६०१
    • प्रत्यक्ष तर्फ (First-past-the-post (FPTP)): २४० सदस्य
    • समानुपातिक तर्फ (Proportional Representation (PR): ३३५ सदस्य
    • मन्त्रिपरिषद्बाट मनोनीत: २६ सदस्य
  • निर्वाचन प्रणाली: मिश्रित निर्वाचन प्रणाली (प्रत्यक्ष र समानुपातिक)
मतदाता र सहभागिता तथ्याङ्क
  • कुल मतदाता सङ्ख्या: १,२१,४७,८६५
  • मतदान प्रतिशत: प्रत्यक्षतर्फ ७८.३४% र समानुपातिकतर्फ ७९.८२% मतदान भएको,
  • लैङ्गिक विवरण: कुल मतदातामा महिलाको सङ्ख्या करिब ५९ लाख ८१ हजार र पुरुषको सङ्ख्या ६१ लाख ६६ हजार रहेको,
निर्वाचन व्यवस्थापन र नेतृत्व:
  • निर्वाचन आयोगको नेतृत्व: नीलकण्ठ उप्रेती (प्रमुख निर्वाचन आयुक्त)
  • अन्य आयुक्तहरू: दोलख बहादुर गुरुङ, डा. अयोधीप्रसाद यादव, डा. रामभक्त पी.बी. ठाकुर र इला शर्मा
  • कर्मचारी परिचालन: मतदान कार्यका लागि २ लाख १७ हजार ४५६ कर्मचारी र स्वयंसेवकहरू परिचालन गरिएको,
राजनीतिक दल र उम्मेदवारहरू:
  • सहभागी दल: निर्वाचनमा कुल १२२ वटा राजनीतिक दल सहभागी भएका,
  • समानुपातिक उम्मेदवार: समानुपातिकतर्फ १०,७०९ जना उम्मेदवारहरूको अन्तिम बन्दसूची कायम गरिएको,

निर्वाचन परिणाम: राजनीतिक दलहरूको विस्तृत तालिका:

  • यस निर्वाचनमा प्रत्यक्ष (FPTP) तर्फ १० वटा दल र २ स्वतन्त्र उम्मेदवार विजयी भएका थिए भने समानुपातिक (PR) तर्फ ३० वटा दलले सिट प्राप्त गरेका,
क्र.सं.
राजनीतिक दलको नाम
प्रत्यक्ष (FPTP) सिट
समानुपातिक (PR) सिट
जम्मा निर्वाचित सिट
१
नेपाली कांग्रेस
१०५
९१
१९६
२
नेपाल कम्युनिस्ट पार्टी (एमाले)
९१
८४
१७५
३
एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
२६
५४
८०
४
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
०
२४
२४
५
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
४
१०
१४
६
राष्ट्रिय प्रजातन्त्र पार्टी
३
१०
१३
७
तराई-मधेस लोकतान्त्रिक पार्टी
४
७
११
८
मधेसी जनअधिकार फोरम, नेपाल
२
८
१०
९
सद्भावना पार्टी
१
६
७
१०
नेपाल कम्युनिस्ट पार्टी (माले)
०
५
५
११
संघीय समाजवादी पार्टी, नेपाल
०
५
५
१२
नेपाल मजदुर किसान पार्टी
१
३
४
१३
राष्ट्रिय जनमोर्चा
०
३
३
१४
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)
०
३
३
१५
तराई मधेस सद्भावना पार्टी नेपाल
१
२
३
१६
राष्ट्रिय जनमुक्ति पार्टी
०
२
२
१७
नेपाल परिवार दल
०
२
२
१८
थरुहट तराई पार्टी नेपाल
०
२
२
१९
अन्य साना दलहरू (१२ वटा दल - १/१ सिट)
०
१२
१२
२०
स्वतन्त्र
२
-
२
 
जम्मा निर्वाचित सिट
२४०
३३५
५७५

द्रष्टव्य: बाँकी २६ सदस्यहरू राजनीतिक सहमतिका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा मनोनीत हुने व्यवस्था,

  • नेपाली कांग्रेस प्रत्यक्षतर्फ १०५ र समानुपातिकतर्फ ९१ गरी कुल १९६ निर्वाचित सिटसहित सबैभन्दा ठुलो दल बनेको,
  • मतदाता तथ्याङ्क: कुल मतदाता सङ्ख्या १,२१,४७,८६५ रहेको (मतदानमा प्रत्यक्षतर्फ ७८.३४% र समानुपातिकतर्फ ७९.८२% सहभागिता रहेको,)
समावेशिता र महिला प्रतिनिधित्व:
  • महिला प्रतिनिधित्व: समानुपातिक सूचीमा ५०% महिला उम्मेदवार हुनुपर्ने अनिवार्य व्यवस्था,
  • समानुपातिक कोटा: समानुपातिक प्रणालीमा मधेसी (३१.२%), दलित (१३%), जनजाति (३७.८%), पिछडिएको क्षेत्र (४%) र अन्य (३०.२%) को प्रतिनिधित्व सुनिश्चित गरिएको,
  • प्रत्यक्षतर्फ महिला: प्रत्यक्ष निर्वाचन प्रणालीबाट १० जना महिला निर्वाचित भएका,
विशेष विशेषताहरू:
  • यस निर्वाचनमा पहिलो पटक फोटोसहितको मतदाता परिचयपत्र अनिवार्य गरिएको,
  • यस निर्वाचनका क्रममा भएका उपनिर्वाचनहरूमा काठमाडौँ-२, चितवन-४, बर्दिया-१ र कैलाली-६ मा विद्युतीय मतदान उपकरण प्रयोग गरिएको,
  • अन्तर्राष्ट्रिय पर्यवेक्षण: कार्टर सेन्टर, युरोपियन युनियन, एशियन नेटवर्क फर फ्री इलेक्सन (ANFREL) लगायतका संस्थाले निर्वाचनको पर्यवेक्षण गरेका,
निर्वाचन खर्च
  • निर्वाचनका लागि NCAE र ONCAE दुईवटा आयोजनामार्फत बजेट व्यवस्थापन गरिएको,
  • निर्वाचन आयोग र मातहतका कार्यालयहरूबाट भएको कुल खर्च करिब ३ अर्ब ६ करोड ८३ लाख रुपैयाँ रहेको,
  • यस निर्वाचनमा भारत सरकारले ८८ वटा सवारी साधन र चीन सरकारले विभिन्न १६ प्रकारका चुनावी सामग्री सहयोग गरेका,

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 88
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 341
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 283
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 314
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 433
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA