दोश्रो त्रिवर्षीय योजना (वि.सं. २०१९–२०२२)

दोश्रो त्रिवर्षीय योजना (वि.सं. २०१९–२०२२)
यो योजना वि.सं. २०१९ सालदेखि सुरु भई वि.सं. २०२२ सालमा सम्पन्न भएको थियो।
उद्देश्यहरू
१. बढ्दो जनसङ्ख्याको आवश्यकता पूरा गर्न कृषि र औद्योगिक क्षेत्रको उत्पादन वृद्धि गर्नु।
२. मूल्य स्थिरता कायम गरी विकासका लागि अनुकूल वातावरण सिर्जना गर्नु।
३. श्रममूलक प्रविधिको प्रयोग गरेर रोजगारीका अवसरहरू बढाउनु।
४. न्यायसंगत सामाजिक व्यवस्था स्थापना गर्नु।
प्राथमिकताका क्षेत्रहरू
१. यातायात र सञ्चार
२. सामाजिक सेवा
३. उद्योग, खानी र पर्यटन
४. कृषि, सिँचाइ, वन तथा खानेपानी
५. ऊर्जा
६. विविध क्षेत्रहरू