दोश्रो त्रिवर्षीय योजना (वि.सं. २०१९–२०२२)

दोश्रो त्रिवर्षीय योजना (वि.सं. २०१९–२०२२)
दोश्रो त्रिवर्षीय योजना वि.सं. २०१९ सालदेखि सुरु भई वि.सं. २०२२ सालमा सम्पन्न भएको थियो।
उद्देश्यहरू
-
बढ्दो जनसङ्ख्याको आवश्यकता पूरा गर्न कृषि तथा औद्योगिक क्षेत्रमा उत्पादन वृद्धि गर्ने।
-
मूल्य स्थिरता कायम राखी समग्र विकासको वातावरण सिर्जना गर्ने।
-
श्रममुखी प्रविधिको प्रयोग गरी रोजगारीका अवसरहरू बढाउने।
-
न्यायसंगत सामाजिक व्यवस्था स्थापना गर्ने।
प्राथमिकता क्षेत्रहरू
-
यातायात र सञ्चार
-
सामाजिक सेवा
-
उद्योग, खानी तथा पर्यटन
-
कृषि, सिँचाइ, वन तथा खानेपानी
-
ऊर्जा
-
विविध क्षेत्रहरू