सातौं पञ्चवर्षीय योजना (२०४२–२०४७)

सातौं पञ्चवर्षीय योजना (२०४२–२०४७)
सातौं पञ्चवर्षीय योजना वि.सं. २०४२ देखि सुरु भई २०४७ सालमा पूरा भयो।
उद्देश्य
(क) उत्पादन दरमा वृद्धि ल्याउने।
(ख) उत्पादनशील रोजगारीका अवसरहरू सिर्जना गर्ने।
(ग) जनताका न्यूनतम आवश्यकताहरू पूरा गर्दै लैजाने।
प्राथमिकता
(क) कृषि, सिँचाइ तथा वन।
(ख) उद्योग र विद्युत्।
(ग) सामाजिक सेवाहरू।
(घ) यातायात र सञ्चार।
नीतिहरू
(क) कृषि क्षेत्रको विकासमा सर्वोपरि प्राथमिकता दिने।
(ख) वनसम्पदाको विकास र भूसंरक्षणमा जोड दिने।
(ग) जलस्रोतको विकासमा जोड दिने।
(घ) घरेलु उद्योगको विकास तथा विस्तारलाई प्रोत्साहित गर्ने।
(ङ) निकासी व्यापार प्रवद्र्धनमा विशेष ध्यान दिने।
(च) पर्यटन विकासमा जोड दिने।
(छ) जनसङ्ख्या वृद्धिदरमा नियन्त्रण गर्ने।
(ज) आर्थिक एकीकरण गर्ने।
(झ) विकास प्रशासनलाई सुदृढ र सक्षम बनाउने।