छैठौं पञ्चवर्षीय योजना (२०३७–२०४२)

छैठौं पञ्चवर्षीय योजना (२०३७–२०४२)
उद्देश्य
(क) उत्पादन वृद्धिदरमा तीव्रता ल्याउने।
(ख) उत्पादनशील रोजगारीका अवसरहरू सिर्जना गर्ने।
(ग) जनताको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्ने।
प्राथमिकता
(क) कृषि, सिँचाइ तथा वन।
(ख) उद्योग, खानी र विद्युत्।
(ग) सामाजिक सेवाहरू।
(घ) यातायात र सञ्चार।
नीतिहरू
(क) कृषि क्षेत्रको विकासतर्फ विशेष जोड दिने।
(ख) साना, घरेलु र कुटीर उद्योगहरूको विकासलाई महत्व दिने।
(ग) निकासी व्यापार र पर्यटनको विकासमा जोड दिने।
(घ) प्राकृतिक स्रोतहरूको संरक्षण र जलस्रोतको विकासतर्फ विशेष ध्यान दिने।
(ङ) तयारी आधारशिलाको पूर्ण उपयोग गर्ने।
(च) अर्थतन्त्रको सोच्न क्षमता (absorptive capacity) विस्तार र जनसङ्ख्या नियन्त्रण गर्ने नीतिहरू अनुसरण गरिने।
रणनीति
(क) आर्थिक निर्णय विकेन्द्रीकरण।
(ख) संस्थागत आधारहरूको विकास।
(ग) सुदृढ तथा सक्षम विकास प्रशासन।
(घ) तालिमप्राप्त जनशक्ति विकास।
(ङ) निर्माण सामग्रीको आपूर्तिमा वृद्धि।