Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वका प्रशिद्ध विचारक र दार्शनिकहरूका केही प्रभावशाली भनाइहरू

  • Ajnabee Khadka
  • May 10, 2026
  • 188

विश्वका प्रशिद्ध विचारक र दार्शनिकहरूका केही प्रभावशाली भनाइहरू

Some influential quotes from the world's famous thinkers and philosophers
विश्वका प्रशिद्ध विचारक भनाई
चिनियाँ दार्शनिक कन्फ्युसियस विनम्रता सबै गुणको आधारशिला हो । विनम्रता विना अन्य गुणको अवस्था त्यस्तै हुन्छ, जस्तो नून विना तरकारीको हुन्छ । त्यसैले यदि ज्ञानी र गुणी बन्नु छ भने पहिले विनम्र हुन सिक्नुपर्छ । 
महर्षि वेदव्यास प्रतिकुल अवस्थामा शत्रुलाई पनि काँधमा बोकेर हिँड्नुपर्ने हुन्छ । होइन भने विजयको चाहना चाहनामै सीमित हुन्छ ।
डेल कार्नेगी
बहस वा विरोध गर्न सकिन्छ तर यसबाट पूर्णरूपमा जित्न भने कसैलाई पनि सकिन्न । भौतिकरूपमा जित्न सके पनि उसको सद्भावलाई जित्न भने सकिएको हुँदैन ।
आद्यशङ्कराचार्य
प्राय हामी कुनै सम्प्रदायमा आबद्ध हुनु वा यज्ञअनुष्ठान गर्नुलाई धर्म भन्ने गछौँ तर यथार्थ त्यस्तो होइन । वास्तवमा धर्म भनेको कुनै सिद्धान्त वा अनुष्ठान नभई जीवनको अनुभव हो ।
थियोडोर रुजबेल्ट 
जिन्दगीले दिने सबैभन्दा उत्कृष्ट उपहार भनेको असल काममा कडा मिहिनेत गर्ने अवसर दिनु हो । त्यसैले उन्नति र प्रगति गर्न चाहनेले जिन्दगीबाट केही पाइएन भन्नेतिर नभई उसले दिएको उपहारको महत्व बुझ्नेतिर ध्यान दिनुपर्ने हुन्छ । 
गौतम बुद्ध 
जस्तो सोचिएको हुन्छ त्यस्तै बनिन्छ । असल कुरा सोचे असल बनिन्छ खराव कुरा सोचे खराब बन्न पुगिरहिएको हुन्छ । त्यसैले असल मानिस हुन चाहनेले असल कुरा नै सोच्ने वानी बसाउनुपर्छ । 
सत्यसाइ बाबा
भोको मानिसलाई ज्ञानको कुनै अर्थ छैन । यदि उसलाई ज्ञान दिनु छ भने पहिले खान दिनुपर्छ ।
एरिस्टोटल 
बुद्धिमान मानिसले आफूले सोचेको सबै कुरा भन्दै हिँड्दैन तर उसले बोलेको सबै कुराले अर्थ राख्छ ।
प्लेटो
सानोतिनो असफलतामा जो डराउँछन्, उनीहरू जीवनभर मुकदर्शक बनिरहन्छन् ।
विन्स्टन चर्चिल
निराशावादी हरेक अवसरमा समस्या देख्छ भने आशावादी हरेक समस्यामा अवसर देख्छ ।
महात्मा गान्धी
तिमी आफैं त्यो परिवर्तन बन, जुन तिमी संसारमा हेर्न चाहन्छौ ।
जिद्दु कृष्णमूर्ति
अविश्वास नै डरको जननी हो ।
नेल्सन मण्डेला
शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो, जसलाई प्रयोग गरेर तिमी संसार बदल्न सक्छौ ।
अब्राहम लिङ्कन
भविष्यको भविष्यवाणी गर्ने सबैभन्दा राम्रो तरिका त्यसलाई आफैले सिर्जना गर्नु हो ।
स्वामी विवेकानन्द
आफैलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो ।
स्टेफिन हकिङ
बुद्धिमता भनेको परिवर्तनमा अनुकूलन हुन सक्ने क्षमता हो ।
मार्टिन लुथर किङ जुनियर
यदि तिमी उड्न सक्दैनौ भने दगुरा, दगुर्न सक्दैनौ भने हिँडा, तर सधैं अगाडि बढ।
रुमी
हिजो म बाठो थिएँ त्यसैले संसार बदल्न चाहन्थेँ, आज म समझदार छु त्यसैले आफूलाई बदलिरहेछु ।
रुसो मानिस स्वतन्त्र जन्मिन्छ, तर ऊ सर्वत्र साङ्लोले बाँधिएको हुन्छ ।
कार्ल मार्क्स
दार्शनिकहरूले संसारलाई विभिन्न तरिकाले व्याख्या गरेका छन्, तर मुख्य कुरा यसलाई बदल्नु हो ।

 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 41
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 36
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 37
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA