Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वका केही प्रमुख क्रान्तिहरू र तिनीहरू पश्च्यात उदय भएका नयाँ व्यवस्थाहरू

  • Ajnabee Khadka
  • June 05, 2026
  • 424

विश्वका केही प्रमुख क्रान्तिहरू र तिनीहरू पश्च्यात उदय भएका नयाँ व्यवस्थाहरू

Some of the world's major revolutions and the new systems that emerged after them
क्रान्ति विवरण (के थियो? र क्रान्ति पश्च्यातको उदय)
ब्यरोंसहरुको क्रान्ति, १२१५
  • के थियो?: बेलायतका निरङ्कुश राजा विरुद्ध त्यहाँका शक्तिशाली सामन्तहरू (Barons) ले गरेको ऐतिहासिक सैन्य विद्रोह तथा गृहयुद्ध
  • क्रान्ति पश्च्यातको उदय: ऐतिहासिक 'म्याग्ना कार्टा' (Magna Carta) मार्फत "राजा पनि कानुन मातहत हुनुपर्ने" व्यवस्थाको उदय
बेलायतको गौरवमय क्रान्ति, १६८८ 
  • के थियो?: दैविक अधिकारमा आधारित क्याथोलिक शासन (Catholic rule based on divine right) विरुद्ध रक्तपातविहीन रूपमा यो क्रान्ति भएको,
  • क्रान्ति पश्च्यातको उदय: बेलायतमा संवैधानिक राजतन्त्र (Constitutional Monarchy) र संसदीय सर्वोच्चताको उदय
अमेरिकी स्वतन्त्रता संग्राम, १७७५–१७८३
  • के थियो?: उत्तर अमेरिकाका १३ वटा बेलायती उपनिवेशहरूले बेलायती साम्राज्यको दमन र कर नीतिका विरुद्ध गरेको ऐतिहासिक संघर्ष
  • क्रान्ति पश्च्यातको उदय: विश्वकै पहिलो आधुनिक लिखित संविधान सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र (Federal Democratic Republic) को रूपमा संयुक्त राज्य अमेरिका (USA) को उदय
फ्रान्सेली राज्यक्रान्ति, १७८९
  • के थियो?: फ्रान्सको निरङ्कुश राजतन्त्र, सामन्ती शोषण र असमान सामाजिक वर्ग विभाजनका विरुद्ध त्यहाँका जनताले गरेको विद्रोह
  • क्रान्ति पश्च्यातको उदय: यस क्रान्तिले शताब्दीऔँ पुरानो राजतन्त्र समाप्त गरी फ्रान्समा गणतन्त्र (Republic) को उदय गराएको,
  • क्रान्ति पश्च्यात उदय भएका फ्रान्सको नेतृत्व गर्ने विश्व प्रसिद्ध व्यक्तिव: नेपोलियन बोनापार्ट (Napoleon Bonaparte)
 औद्योगिक क्रान्ति, १८औँ शताब्दी
  • के थियो?: यो कुनै राजनीतिक युद्ध नभएर बेलायतबाट सुरु भएको प्रविधि, उत्पादन र आर्थिक प्रणालीमा आएको आमूल परिवर्तन रहेको,
  • क्रान्ति पश्च्यातको उदय: हस्तकला र कृषिमा आधारित अर्थतन्त्रको ठाउँमा आधुनिक औद्योगिक पुँजीवाद (Industrial Capitalism) र शहरीकरणको उदय
मीजी पुनर्स्थापना, १८६८
  • के थियो?: जापानको २५० वर्षभन्दा बढी समयदेखिको 'टोकुगावा शोगुनत' (Tokugawa Shogunate) नामक सैनिक तानाशाहहरूको शासन अन्त्य गर्ने सामुराई तथा शाही पक्षधरहरूको सैनिक विद्रोह,
  • क्रान्ति पश्च्यातको उदय: जापानमा शताब्दीऔँ पुरानो मध्ययुगीन शासन प्रणालीको अन्त्य र आधुनिक औद्योगिक पुँजीवादी जापानको उदय
रुसी अक्टोबर क्रान्ति, १९१७
  • के थियो?: जार (Tsar) शासकहरूको निरङ्कुशता र गरिबीका विरुद्ध भ्लादिमिर लेनिन (Vladmir Lenin) को नेतृत्वमा बोल्सेभिक (Bolsheviks) हरूले गरेको क्रान्ति,
  • क्रान्ति पश्च्यातको उदय: यस क्रान्तिले रुसी साम्राज्य र पुँजीवादी व्यवस्थाको अन्त्य गरी विश्वकै पहिलो समाजवादी व्यवस्था (Socialist State) र सोभियत सङ्घ (USSR) को उदय
चिनियाँ क्रान्ति क्रान्ति, १९४९
  • के थियो?: माओ त्सेतुङ (Mao Zedong) को नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले सामन्तवाद, आन्तरिक गृहयुद्ध र साम्राज्यवादी हस्तक्षेप विरुद्ध लामो समयसम्म गरेको सशस्त्र संघर्ष
  • क्रान्ति पश्च्यातको उदय: सन् १९४९ अक्टोबर १ मा जनवादी गणतन्त्र चीन (People's Republic of China) को उदय
इरानी इस्लामिक क्रान्ति, १९७९
  • के थियो?: इरानका शाह मोहम्मद रेजा पहलवी (Mohammad Reza Pahlavi) को पश्चिमाकरण नीति र निरङ्कुश शासनविरुद्ध आयतोल्लाह खोमेनी (Ayatollah Khomeini) को नेतृत्वमा भएको जनआन्दोलन
  • क्रान्ति पश्च्यातको उदय: २५०० वर्ष पुरानो इरानी राजतन्त्रको अन्त्य भई विश्वमा एक नयाँ प्रकारको धार्मिक गणतन्त्र वा इस्लामिक गणतन्त्र (Islamic Republic) को उदय,
नेपालको दोस्रो जनआनदोलन, २०६२/०६३
  • के थियो?: नेपालमा सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी) को संयुक्त नेतृत्वमा निरङ्कुश राजतन्त्रका विरुद्ध भएको शान्तिपूर्ण जनआन्दोलन
  • क्रान्ति पश्च्यातको उदय: २४० वर्ष लामो शाहवंशीय राजतन्त्रको विधिवत अन्त्य भई नेपाल विश्वको कान्छो सङ्घीय लोकतान्त्रिक गणतन्त्र (Federal Democratic Republic) को उदय

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 50
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 239
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 194
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 266
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 378
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA