Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

खेलकुद

  • Bikash Shrestha
  • August 10, 2025
  • 606

खेलकुद

Sports

 

व्यक्तिको शारीरिक तन्दुरुस्ती, सामाजिक, मानसिक तथा भावनात्मक पक्षको सन्तुलित विकासमा खेलकुदको महत्वपूर्ण भूमिका हुन्छ। खेलकुदले राष्ट्रिय एकता सुदृढ गर्नका साथै अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको पहिचान स्थापित गर्ने प्रमुख माध्यमको रूपमा योगदान पुर्‍याउँदै आएको छ। यसको विकास र विस्तारमार्फत स्वास्थ्यवान्, सक्षम र अनुशासित नागरिक तयार गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको सम्मान वृद्धि गर्दै स्पष्ट राष्ट्रिय पहिचान स्थापित गर्ने लक्ष्य नेपालले लिएको छ। नेपालमा खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गर्ने सबैभन्दा ठूलो निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) हो। यसको औपचारिक स्थापना वि.सं. २०१७ साल फागुन १७ गते भएको हो। यसअघि वि.सं. २०१५ सालमा स्थापित राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद्को नाम परिवर्तन गरी यसलाई राष्ट्रिय खेलकुद परिषद् (संक्षेपमा राखेप) राखिएको हो। राखेप गठन हुनु अघि नै नेपालमा क्रिकेट, ब्याडमिन्टन, टेबल टेनिस, फुटबल, हकी तथा टेनिस जस्ता खेलका सङ्घहरू गठन भइसकेका थिए। हाल, नेपाल सरकारको निर्णय अनुसार, वि.सं. २०७४ साल जेठ ८ गतेदेखि भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको आधिकारिक मान्यता दिइएको छ। यसअघि कपर्दी तथा डन्डिबियो खेललाई राष्ट्रिय खेलको उपमा दिइए पनि औपचारिक घोषणा गरिएको थिएन।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 41
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 36
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 37
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA