Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

खेलकुद

  • Bikash Shrestha
  • August 10, 2025
  • 235

खेलकुद

Sports

 

व्यक्तिको शारीरिक तन्दुरुस्ती, सामाजिक, मानसिक तथा भावनात्मक पक्षको सन्तुलित विकासमा खेलकुदको महत्वपूर्ण भूमिका हुन्छ। खेलकुदले राष्ट्रिय एकता सुदृढ गर्नका साथै अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको पहिचान स्थापित गर्ने प्रमुख माध्यमको रूपमा योगदान पुर्‍याउँदै आएको छ। यसको विकास र विस्तारमार्फत स्वास्थ्यवान्, सक्षम र अनुशासित नागरिक तयार गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको सम्मान वृद्धि गर्दै स्पष्ट राष्ट्रिय पहिचान स्थापित गर्ने लक्ष्य नेपालले लिएको छ। नेपालमा खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गर्ने सबैभन्दा ठूलो निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) हो। यसको औपचारिक स्थापना वि.सं. २०१७ साल फागुन १७ गते भएको हो। यसअघि वि.सं. २०१५ सालमा स्थापित राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद्को नाम परिवर्तन गरी यसलाई राष्ट्रिय खेलकुद परिषद् (संक्षेपमा राखेप) राखिएको हो। राखेप गठन हुनु अघि नै नेपालमा क्रिकेट, ब्याडमिन्टन, टेबल टेनिस, फुटबल, हकी तथा टेनिस जस्ता खेलका सङ्घहरू गठन भइसकेका थिए। हाल, नेपाल सरकारको निर्णय अनुसार, वि.सं. २०७४ साल जेठ ८ गतेदेखि भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको आधिकारिक मान्यता दिइएको छ। यसअघि कपर्दी तथा डन्डिबियो खेललाई राष्ट्रिय खेलको उपमा दिइए पनि औपचारिक घोषणा गरिएको थिएन।

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 65
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 33
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 115
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 59
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 63
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA