दुवै खुट्टा नभए पनि केवल दुई हातको सहाराले सगरमाथाको सफल आरोहण
- नाम: रुस्तम नबिएभ
- राष्ट्रियता: रुसी
- पेशा: रुसी पूर्वसैनिक
- शारीरिक अवस्था: डबल एम्प्युटी (सन् २०१५ मा रुसमा सैन्य ब्यारेक भत्किँदा दुर्घटनामा परी कम्मरमुनिको भाग/दुवै खुट्टा गुमाएका)
- ऐतिहासिक कीर्तिमान: दुवै खुट्टा नभए पनि अर्थात् कृत्रिम खुट्टा (Prosthetic legs) विना केवल दुई हातको सहाराले सगरमाथाको सफल आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति
- आरोहण मिति र समय: वि.सं. २०८३ जेठ ६, बिहान ८:१६ बजे
- अवसर: आफ्नो ३४ औं जन्मदिनको अवसर पारेर आरोहण सुरु गरेका,
- आरोहण अवधि: सामान्य आरोहीले ३-४ दिन लगाउने मार्गमा उनलाई करिब एक साता लागेको,
- व्यवस्थापन टोली: सेभेन समिट क्लब (सहयोगका लागि ५ जना अनुभवी शेर्पाहरू खटिएका)
- नेपालमा यसअघिका सफलताहरू: मेरापिक र मनास्लु हिमालको सफल आरोहण (सगरमाथा तेस्रो ठूलो सफलता)
- दुवै खुट्टा गुमाए पनि उनले यसअघि युरोपको सर्वोच्च शिखर (माउन्ट एल्ब्रस), अफ्रिका महादेशको सर्वोच्च शिखर (माउन्ट किलिमन्जारो) र दक्षिण अमेरिकाको सर्वोच्च शिखर (अकोनकागुआ) हातको बलमै चढिसकेका,
फरक क्षमता र अपाङ्गता भएका व्यक्तिहरूले राखेका मुख्य कीर्तिमानहरू (मुख्यतः सगरमाथा आरोहण):
- कृत्रिम खुट्टाको सहायताले सगरमाथाको आरोहण गर्ने दुवै खुट्टा गुमाएका (Double Amputee) आरोही: मार्क इङ्लिस (न्युजिल्याण्ड)
- सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो दृष्टिविहीन व्यक्ति: एरिक वेनमायर (संयुक्त राज्य अमेरिका)
- एउटा कृत्रिम खुट्टाको सहारामा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो एम्प्युटी (Single-leg amputee) आरोही: टम व्हिटाकर (बेलायत)
- एउटा मात्र हातको सहारामा सगरमाथाको सफल आरोहण गर्ने विश्वकै पहिलो एकल हात नभएका (Single-arm amputee) आरोही: ग्यारी गुलर (संयुक्त राज्य अमेरिका)