Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

तामाङ जाति

  • Bikash Shrestha
  • November 10, 2025
  • 727

तामाङ जाति

Tamang

आदिवासी जनजातिमा पर्ने तामाङ समुदायको बसोबास क्षेत्रलाई ताम्सालिङ भनिन्छ । तामाङ समाज थरका आधारमा दाजुभाइ र कुटुम्बीय सम्बन्धमा जोडिएर संगठित भएको पाइन्छ । यिनीहरूको घना बसोबास काठमाडौं उपत्यका तथा वरिपरिका जिल्लाहरूमा छ ।यिनीहरूको मातृभाषा तामाङ ग्योइ हो । तामाङ भाषाको लेखनका लागि तामहिग र सम्भोटा लिपि प्रयोग गरिन्छ । नेपालमा बोलीने भोट–बर्मेली भाषा परिवारका भाषामध्ये तामाङ भाषा सबैभन्दा धेरै जनसंख्याले बोल्ने भाषा हो । यो नेपालमा जनसंख्याका आधारमा पाँचौं ठूलो भाषा हो । तामाङ समुदाय हिमाली बज्रयानी बौद्ध धर्म मान्ने गर्छ । नेपालका कुल बौद्ध धर्मावलम्बीमध्ये करिब आधा जनसंख्या तामाङ समुदायका छन् । तामाङहरूले ल्हो छार (नयाँ वर्ष), बुद्धजयन्ती, गोने ड्या (भदौ पूर्णिमा), मंसिर पूर्णिमा आदि चाडपर्वहरू उल्लासपूर्वक मनाउँछन् । पर्व–उत्सवका अवसरमा सेलो, फाबर, म्हेन्दो माया, बोम्साड, साइकोले, छेर्लु जस्ता गीत–नृत्य प्रस्तुत गर्छन् । तामाङहरूको परम्परागत सामाजिक संस्था नाङखो र चोहो प्रणालीका रूपमा परिचित छ । ‘नाङखो र’ शब्दको अर्थ आपसी आदानप्रदान वा सहयोग भन्ने हुन्छ । ‘चोहो’ भनेको समाजले चुन्ने अगुवा वा मूली हो । चोहोले गाउँका गान्बा (भलाद्मी), उइमे (भद्र महिला), ताम्बा (जानिफकार व्यक्ति), लामा, बोन्बो र अन्य व्यक्तिहरूको सल्लाहमा सामाजिक व्यवस्था कायम गर्ने र न्याय निरूपण गर्ने काम गर्छ । तामाङहरूको मुख्य पेशा पशुपालन, कृषि, थाङ्का चित्रकला, र विभिन्न हस्तकलाका सामग्रीहरू निर्माण गर्नु हो ।

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 43
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 62
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 41
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 52
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 81
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA