Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दिगो विकास लक्ष्यहरू (SDGs) को १७ वटा लक्ष्यहरू

  • Ajnabee Khadka
  • May 07, 2026
  • 1175

दिगो विकास लक्ष्यहरू (SDGs) को १७ वटा लक्ष्यहरू

The 17 goals of the Sustainable Development Goals (SDGs)
लक्ष्य नम्बर
लक्ष्यको नाम
मुख्य उद्देश्य
१
गरिबीको अन्त्य
सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने,
२
शून्य भोकमरी
भोकमरी अन्त्य गर्ने, खाद्य सुरक्षा र उन्नत पोषण प्राप्त गर्ने र दिगो कृषिलाई बढावा दिने,
३
सुस्वास्थ्य र समृद्ध जीवन
सबै उमेरका मानिसहरूका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने र कल्याणको प्रवर्द्धन गर्ने,
४
गुणस्तरीय शिक्षा
समावेशी र समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र सबैका लागि आजीवन सिकाईका अवसरहरू प्रवर्द्धन गर्ने,
५
लैंगिक समानता
लैंगिक समानता हासिल गर्ने र सबै महिला तथा बालिकाहरूलाई सशक्त बनाउने,
६
स्वच्छ पानी र सरसफाइ
सबैका लागि पानी र सरसफाइको उपलब्धता र दिगो व्यवस्थापन सुनिश्चित गर्ने,
७
किफायती र स्वच्छ ऊर्जा
सबैका लागि किफायती, भरपर्दो, दिगो र आधुनिक ऊर्जामा पहुँच सुनिश्चित गर्ने,
८
मर्यादित काम र आर्थिक वृद्धि
निरन्तर, समावेशी र दिगो आर्थिक वृद्धि, पूर्ण र उत्पादक रोजगारी र सबैका लागि मर्यादित कामको प्रवर्द्धन गर्ने,
९
उद्योग, नवीनता र पूर्वाधार
लचिलो पूर्वाधार निर्माण गर्ने, समावेशी र दिगो औद्योगिकीकरणको प्रवर्द्धन गर्ने र नवीनतालाई प्रोत्साहन गर्ने,
१०
असमानता न्यूनीकरण
देशहरूभित्र र देशहरूबीचको असमानता कम गर्ने,
११
दिगो शहर र समुदाय
शहरहरू र मानव बस्तीहरूलाई समावेशी, सुरक्षित, लचिलो र दिगो बनाउने,
१२
जिम्मेवार उपभोग र उत्पादन
दिगो उपभोग र उत्पादन ढाँचाहरू सुनिश्चित गर्ने,
१३
जलवायु कार्य
जलवायु परिवर्तन र यसका प्रभावहरू विरुद्ध लड्न तत्काल कदम चाल्ने,
१४
जलमुनिको जीवन
दिगो विकासका लागि महासागर, समुद्र र समुद्री स्रोतहरूको संरक्षण र दिगो उपयोग गर्ने,
१५
जमिनमाथिको जीवन
स्थलीय पारिस्थितिक प्रणालीको संरक्षण र पुनर्स्थापना गर्ने, वनहरूको दिगो व्यवस्थापन गर्ने, मरुभूमीकरण विरुद्ध लड्ने र जैविक विविधताको क्षतिलाई रोक्ने,
१६
शान्ति, न्याय र मजबुत संस्थाहरू
दिगो विकासका लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवर्द्धन गर्ने, सबैका लागि न्यायमा पहुँच पुर्‍याउने र सबै तहमा प्रभावकारी संस्थाहरू निर्माण गर्ने,
१७
लक्ष्य प्राप्तिका लागि साझेदारी
कार्यान्वयनका माध्यमहरूलाई बलियो बनाउने र दिगो विकासका लागि विश्वव्यापी साझेदारीलाई पुनर्जीवित गर्ने,

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 69
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 317
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 268
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 297
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 410
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA