Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा प्रथम पञ्चवर्षीय योजना

  • Ajnabee Khadka
  • May 21, 2026
  • 191

नेपालको योजनावद्ध विकासको इतिहासमा प्रथम पञ्चवर्षीय योजना

The first five-year plan in the history of planned development of Nepal
  • राणा शासनको अन्त्यपछि करिब एक शताब्दीको एकान्तवास (Isolation) बाट बाहिर निस्केर नेपालले पहिलो पटक वैज्ञानिक ढंगले देशको स्रोत र साधनको परिचालन गर्न यो योजना ल्याएको,
  • यसै पञ्चवर्षीय योजनाले नेपालमा आवधिक योजना (Periodic Planning) को संस्कृति सुरु गरेको,
  • अवधि: वि.सं. २०१३ देखि २०१८ सम्म (सन् १९५६–१९६१)
  • प्रकृत: पञ्चवर्षीय योजना
  • नेतृत्व: तत्कालीन राजा महेन्द्रको शासनकालमा प्रधानमन्त्रीको अध्यक्षतामा योजना आयोग गठन गरी यो योजना सुरु गरिएको, 
  • मुख्य उद्देश्य: देशको उत्पादन बढाउनु, रोजगारीका अवसर सिर्जना गर्नु, जनताको जीवनस्तर सुधार्नु र आर्थिक विकासका लागि आधारशिला खडा गर्नु,

वित्तीय संरचना:

विवरण
रकम (करोडमा)
कुल विनियोजित बजेट (लक्ष्य)
३३.०० करोड 
वास्तविक खर्च
२१.४४ करोड 

आन्तरिक स्रोत र वैदेशिक सहायता:

  • नेपाल सरकारले कर, आन्तरिक ऋण र सरकारी सेवाको बिक्रीबाट १७ करोड रुपैयाँ जुटाउने लक्ष्य राखेको,
  • यस योजनामा भारत र संयुक्त राज्य अमेरिकाले प्रमुख वैदेशिक सहायता उपलब्ध गराएका,

क्षेत्रगत बजेट विनियोजन (Sectoral Allocation):

  • योजनाको कुल ३३ करोड बजेटलाई विभिन्न क्षेत्रमा यसरी बाँडफाँड गरिएको,
विकासको क्षेत्र
अनुमानित खर्च (लाख रुपैयाँमा)
यातायात (सडक, रेल, रज्जुमार्ग, हवाइमार्ग)
१०४०
विद्युत
३००
ग्राम विकास
२७५
स्वास्थ्य 
२५०
सिंचाई
२००
वन 
२००
शिक्षा 
१९०
उद्योग 
१९०
राप्ती उपत्यका बहुउद्देश्यीय परियोजना
१४०
कृषि
१२०
अन्य (सर्भे, खानी, सञ्चार आदि)
२५५
कुल योग
३३०० लाख (३३ करोड)

प्रमुख प्राथमिकताका क्षेत्रहरू:

  • कृषि तथा ग्राम विकास: देशको ९५% जनसंख्या कृषिमा आश्रित भएकाले यसलाई उच्च प्राथमिकता दिइएको; गाउँका मानिसहरूको जीवनस्तर उकास्न 'मल्टि-परपोज' ग्राम विकास कार्यक्रमहरू तय गरिएका,
  • यातायात र सञ्चार: पहाडी र दुर्गम क्षेत्रलाई जोड्न ९०० माइल सडक (३०० माइल पक्की सहित), नयाँ हवाइ मैदानहरू र रेलमार्गको स्तरोन्नति गर्ने लक्ष्य राखिएको,
  • विद्युत: २०,००० किलोवाट विद्युत थप गर्ने र कोशी तथा त्रिशूली जस्ता जलविद्युत आयोजनाहरू अघि बढाउने योजना,
  • शिक्षा र स्वास्थ्य: प्राथमिक तथा माध्यमिक शिक्षाको विस्तार गर्ने र अस्पतालका बेडहरू थप गरी जनस्वास्थ्यमा सुधार ल्याउने लक्ष्य राखिएको,
संस्थागत व्यवस्था:
  • योजना कार्यान्वयनका लागि विभिन्न निकायहरू गठन गरिएको;
    • क्याबिनेट विकास समिति: शीर्ष तहको निर्णय लिने निकाय
    • योजना आयोग: योजनाको समीक्षा र सल्लाह दिने निकाय
    • योजना तथा विकास मन्त्रालय: समन्वय गर्ने मुख्य मन्त्रालय
    • जिल्ला र गाउँ स्तरमा: बडाहाकिमहरू र ग्राम सेवक (Village Level Workers) मार्फत कार्य सञ्चालन,
चुनौती र नतिजा:
  • कम खर्चको कारण: पहिलो पटक आवधिक योजना सुरु भएकाले बजेटसँग उचित तालमेल नमिल्नु र प्रशासनिक अनुभवको कमीले गर्दा विनियोजित ३३ करोडमध्ये २१.४४ करोड मात्र खर्च हुन सकेको,
  • उपलब्धि: योजनाले नेपालमा तथ्याङ्क सङ्कलन, जग्गा नापजाँच (Cadastral Survey) र विकासका पूर्वाधारहरूको जग बसाल्ने काम गरेको,

नेपालको प्रथम पञ्चवर्षीय योजना (२०१३-२०१८) का महत्वपूर्ण र कोशेढुङ्गे पक्षहरू

मुख्य क्षेत्र/पक्ष विस्तृत विवरण
योजनावद्ध विकासको प्रस्थानविन्दु
  • राणा शासनको अन्त्यपछि एक शताब्दी लामो एकान्तवास (Isolation) बाट बाहिर निस्केर वैज्ञानिक ढंगले देशको स्रोत र साधन परिचालन गर्ने प्रयास गरिएको,
  • नेपालको इतिहासमा पहिलो पटक आवधिक योजना (Periodic Planning) को संस्कृतिको सुरुवात भएको,
संस्थागत र प्रशासनिक संरचनाको निर्माण
  • योजना निर्माण र समन्वयका लागि प्रधानमन्त्रीको अध्यक्षतामा योजना आयोग र योजना तथा विकास मन्त्रालयको गठन गरिएको,
  • विकास कार्यलाई गाउँ तहसम्म पुर्‍याउन देशलाई १५० ब्लक (Blocks) मा विभाजन गरी "ग्राम सेवक" (Village Level Workers) हरूको व्यवस्था गरिएको,
यातायात र पूर्वाधारमा प्राथमिकता
  • भौगोलिक विकटता चिर्न यातायातलाई उच्च प्राथमिकता दिँदै कुल बजेटको सबैभन्दा ठूलो हिस्सा (३३ करोडमध्ये १०.४० करोड) यसै क्षेत्रमा छुट्याइएको,
  •  ९०० माइल सडक निर्माण गर्ने र हेटौंडा-काठमाडौं रज्जुमार्ग विस्तार गर्ने लक्ष्य राखिएको,
  •  हवाइ यातायातको सुधार र विमानस्थलहरूको विस्तारमा विशेष जोड दिइएको,
राप्ती उपत्यका बहुउद्देश्यीय परियोजना
  • नेपालको प्रथम पञ्चवर्षीय योजना (२०१३-२०१८) अन्तर्गतको एउटा अत्यन्तै महत्वपूर्ण र आधुनिक नेपालको पहिलो ठूलो क्षेत्रीय विकास आयोजना,
  • चितवनको राप्ती उपत्यकाको घना जङ्गल फडानी गरी औलो (Malaria) उन्मूलन गरी ५०,००० बिघा जग्गा खेतीयोग्य बनाउने, भूमिहीन सुकुम्बासीहरूलाई व्यवस्थित रूपमा बसाल्ने र खाद्यान्न उत्पादन बढाउने लक्ष्य राखिएको,
  • यो परियोजना संयुक्त राज्य अमेरिकाको सहायता नियोग (United States Aid Mission) को सहयोग र सहकार्यमा सुरु गरिएको,
  • यो विभिन्न सरकारी विभागहरू (यातायात, स्वास्थ्य, कृषि, शिक्षा, सिंचाई, वन आदि) मिलेर एकीकृत रूपमा (Integrated Approach) काम गरिएको पहिलो आयोजना,
कृषि तथा ग्राम विकास
  • देशको ९५% जनसंख्या कृषिमा आश्रित भएकाले किसानहरूको जीवनस्तर उकास्न बहुउद्देश्यीय ग्राम विकास कार्यक्रम सुरु गरिएको,
  • उन्नत बीउबिजन वितरण, पशु नश्ल सुधार र आधुनिक कृषि औजारहरूको प्रयोगलाई प्रोत्साहन गरिएको,
जग्गा नापजाँच (Cadastral Survey) को सुरुवात
  • जग्गाको वैज्ञानिक लगत राख्न, सीमा विवाद सुल्झाउन र भूमिकरलाई व्यवस्थित बनाउन जग्गा नापजाँच (Cadastral Survey) सुरु गरिएको, जसले भूमिसुधारको आधार तयार गरेको,
वैदेशिक सहायता र आन्तरिक स्रोत परिचालन
  • भारत र संयुक्त राज्य अमेरिका जस्ता मित्रराष्ट्रहरूको वैदेशिक सहायतालाई संस्थागत रूपमा भित्र्याउन सफल भएको,
  • कर प्रणालीमा सुधार, आन्तरिक ऋण र विकास ऋणपत्र (Development Bonds) मार्फत आन्तरिक स्रोत जुटाउने प्रयास सुरु गरिएको,
शिक्षा र स्वास्थ्यमा जग
  • देशभर प्राथमिक विद्यालयहरूको स्थापना, शिक्षक तालिम केन्द्रको सुरुवात र अस्पतालमा बेड संख्या थप गर्ने जस्ता कार्यहरूले सामाजिक विकासको जग बसालेको,
निष्कर्ष / समग्र प्रभाव
  • प्रथम योजना लक्ष्य अनुसारको पूर्ण खर्च (३३ करोडको लक्ष्यमा २१.४४ करोड खर्च) गर्न सफल नभए पनि यसले नेपालको आर्थिक, सामाजिक र प्रशासनिक विकासका लागि ठोस आधारशिला खडा गरिदिएको,

 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 33
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 29
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 29
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 29
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 103
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA