Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

२०४६ सालको जनआन्दोलन र त्यसपछिको राजनीति

  • Bikash Shrestha
  • October 12, 2025
  • 592

२०४६ सालको जनआन्दोलन र त्यसपछिको राजनीति

The People's Movement of 1991 and subsequent politics

२०१७ साल पौष १ गते राजा महेन्द्रले शाही घोषणा मार्फत स्थापना गरेको पञ्चायती व्यवस्था ३० वर्षसम्म कायम रह्यो । तर अन्ततः २०४६ सालको जनआन्दोलनसँगै यो व्यवस्था तहसनहस भयो । २०४६ साल माघ ५ गतेदेखि ७ गतेसम्म नेपाली कांग्रेसका नेता गणेशमान सिंहको घरमा पार्टीका कार्यकर्ताहरूको देशव्यापी सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनमा भारतका वरिष्ठ नेताहरू चन्द्रशेखर, हरकिशन सिंह सुरजीत, र एम. जे. अकबर लगायतले पनि सहभागिता जनाएका थिए । यसपछी नेपाली कांग्रेस र संयुक्त वाममोर्चाले मिलेर २०४६ साल फागुन ७ गतेदेखि देशव्यापी जनआन्दोलन सुरु गरे । आन्दोलन क्रमशः उपत्यकाभित्र र बाहिरका जिल्लाहरूमा फैलियो । फागुन ८ गते काठमाडौं लगायत प्रमुख सहरहरूमा पूर्ण बन्द भयो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यस आन्दोलनलाई प्राथमिकताका साथ समाचार बनाउन थाले । २०४६ साल चैत १९ गते तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले मन्त्रिमण्डल पुनर्गठन गरे तापनि आन्दोलनको गति रोकिएन । कीर्तिपुर, पाटन, र बुटवलमा गोली चलाइयो । २०४६ साल चैत २४ गते राजा वीरेन्द्रले रेडियो नेपालमार्फत एक घोषणा जारी गरे, जसअनुसार लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा चार सदस्यीय मन्त्रिपरिषद् गठन गरियो । तर आन्दोलन अझै नरोकेपछि अन्ततः २०४६ साल चैत २६ गते राति ११:४५ बजे रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत एक ऐतिहासिक विज्ञप्ति प्रकाशित गरियो ।

यस विज्ञप्तिमा:

  • नेपालको संविधान, २०१९ बाट “दलविहीन” शब्द हटाइने,

  • राजनीतिक दलमाथिको प्रतिबन्ध फुकुवा गर्ने, र

  • नयाँ संविधान बनाउन संविधान सुधार सुझाव आयोगद्वारा प्रतिवेदन पेश गर्ने व्यवस्था गरियो ।

पञ्चायती व्यवस्था विघटन भएपछि कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा अन्तरिम सरकार गठन भयो ।

२०४७ साल कात्तिक २३ गते नेपाल अधिराज्यको संविधान २०४७ जारी गरियो । त्यसपछि २०४८ साल वैशाख २९ गते पहिलो बहुदलीय आमनिर्वाचन सम्पन्न भयो ।

२०५ सिटमध्ये:

  • नेपाली कांग्रेसले ११० सिट प्राप्त गरी बहुमत हासिल गर्‍यो ।

  • २०४८ साल जेठ १५ गते नेपाली कांग्रेसका संसदीय दलका नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने र मन्त्रिपरिषद् गठन भयो ।

  • प्रमुख प्रतिपक्षका रूपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ६८ सिटसहित स्थापित भयो ।

 
 
 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 27
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 26
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 26
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 26
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 101
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA