Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दरवार हत्याकाण्ड

  • Ajnabee Khadka
  • June 02, 2025
  • 1073

दरवार हत्याकाण्ड

The Royal Massacre

राजा वीरेन्द्र वीर बिक्रम शाहदेवको सम्पूर्ण परिवार लगायत नारायणहिटी राजदरबारमा हत्या भएका सम्पूर्ण राजखलकका नातेदारहरुको २४औं स्मृति दिवस आज मनाइँदै छ।

  • घटना मिति: १९ जेठ २०५८ (१ जुन २००१)
  • स्थान: नारायणहिटी दरबार, काठमाडौं, नेपाल

१.) के भएको थियो?

वि.सं.२०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी दरबारमा राजपरिवारको लागि पारिवारिक भोज आयोजना गरिएको थियो। यस कार्यक्रममा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज नीरजन, युवराज्ञी श्रुति, धीरेन्द्र (वीरेन्द्रका भाइ), शान्ति, श्रद्धा, जयन्ती र कुमार खड्ग विक्रम शाह (श्रद्धाका पति) लगायत राजपरिवारका अन्य सदस्यहरूले एकै दिन भएको हत्या प्रयासमा दुःखद रूपमा ज्यान गुमाएका थिए।

२.) मृत्यु हुने प्रमुख व्यक्तिहरू:
(क) श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव राती ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्या–उँदा मृत घोषित।
(ख) श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह राती ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्यायउँदा मृत घोषित।
(ग) श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाह राती ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित।
(घ) श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मीदेवी राणा राती ९:२० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्या–एको र ९ः५५ बजे अस्पतालमा मृत घोषित।
(ङ) श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह राती ९:३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएउँदा मृत घोषित।
(च) श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह राती ९:३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्यायउँदा मृत घोषित।
(छ) श्री ५ शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह राती ९:३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्या–उँदा मृत घोषित ।
(ज) श्री कुमार खड्गविक्रम शाह राती ९:३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याअउँदा मृत घोषित।
(झ) श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाह २०५८/२/१९ राती ९:२४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्यातएको र २०५८/२/२२ गते सोही अस्पतालमा विहान ३:४५ बजे मृत घोषित।
(ञ) श्री ५ अधिराजकुमार धिरेन्द्र वीर बिक्रम शाह देव २०५८/२/१९ राती ९:२४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउएको र २०५८/२/२२ गते बेलुकी ५:५७ बजे सोही अस्पतालमा मृत घोषित।

३.) घाइते हुने व्यक्तिहरु:

गणतन्त्र पुर्व श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह, श्री ५ अधिराजकुमारी शोभा राज्यलक्ष्मी शाही, कुमार गोरख शम्शेर ज.ब.रा. र श्रीमती केतकी चेष्टर

४.) मुख्य आरोपी: घटनाको जिम्मेवारी युवराज दीपेन्द्र माथि लगाइएको थियो। भनिन्छ, उनले प्रेम विवाहमा परिवारको असहमति र अन्य पारिवारिक तनावका कारण उक्त घटना घटाए।

५.) घटनापछि के भयो?

  • गोलीकाण्डपछिको बिहान, गम्भीर अवस्थामा रहेका दीपेन्द्रलाई राजा घोषणा गरियो।
  • उनी तीन दिनसम्म कोमामा रहेपछि उनको पनि मृत्यु भयो।
  • त्यसपछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र शाह राजा बने।

६.) अनुसन्धान:

  • सरकारद्वारा दुई सदस्यीय समिति (मुख्य न्यायाधीश किरण श्रेष्ठ र सभामुख तारानाथ रानाभाट) गठन गरी घटनाको अध्ययन गरियो।
  • प्रतिवेदनमा दीपेन्द्रले गोली चलाएको उल्लेख भए पनि गहिरो अनुसन्धान नभएको भन्दै आलोचना भयो।

दरबार हत्याकाण्ड नेपाली इतिहासको सबैभन्दा रहस्यमय, दुखद र परिवर्तनकारी घटनामध्ये एक हो। एकै रातमा नेपालको शाही परिवारका प्रमुख सदस्यहरू मारिनु केवल शोकजनक मात्र होइन, समग्र राष्ट्रका लागि गहिरो सदमा थियो। घटनाको आधिकारिक अनुसन्धानले स्पष्ट रूपमा युवराज दीपेन्द्रलाई दोषी ठहर गरे तापनि, त्यसको निष्पक्षता र गहिराइमाथि आजसम्म प्रश्न उठिरहेका छन्। यस घटनाले नेपाली जनताको राजतन्त्रप्रतिको विश्वास डगमगाउन थाल्यो र अन्ततः मुलुक गणतन्त्रको दिशातर्फ मोडियो। राजनीतिक अस्थिरता, जनआन्दोलन, र सामाजिक चेतनाको उभारमा दरबार हत्याकाण्ड एक महत्वपूर्ण मोडको रूपमा रह्यो। यसैले, दरबार हत्याकाण्ड केवल एक शाही हत्याकाण्ड नभई नेपालको राजनीतिक रूपान्तरणको आधारशिला पनि सावित भयो, जसले आजको नयाँ नेपाल निर्माणमा अप्रत्याशित तर निर्णायक भूमिका खेलेको छ।

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1058
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 84
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 89
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 50
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 43
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 46
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA