प्रथम पञ्चवर्षीय यो जना (२०१३–२०१८)

प्रथम पञ्चवर्षीय योजना (वि.सं. २०१३–२०१८)
प्रथम पञ्चवर्षीय योजना वि.सं. २०१३ साल आश्विन १ गतेदेखि सुरु भई वि.सं. २०१८ साल श्रावण मसान्तमा सम्पन्न भएको थियो।
उद्देश्यहरू
१. उत्पादन र रोजगारीको वृद्धि गर्नु।
२. विभेदरहित तरिकाले जनताको जीवनस्तरमा सुधार ल्याउनु।
३. आगामी योजनाहरूका लागि पूर्वाधार तयार गर्ने क्रममा आवश्यक आर्थिक सर्वेक्षणहरू सम्पन्न गर्नु।
प्राथमिकताका क्षेत्रहरू
१. यातायात र सञ्चार
२. सिँचाइ, ऊर्जा र वन
३. कृषि तथा कृषिजन्य उत्पादन
४. सामाजिक सेवा
५. उद्योग, खानी र पर्यटन