Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको ऐतिहासिक घटनाक्रम तालिका (गोरखापत्रको स्थापना देखि २००७ सालसम्म)

  • Ajnabee Khadka
  • April 09, 2026
  • 650

नेपालको ऐतिहासिक घटनाक्रम तालिका (गोरखापत्रको स्थापना देखि २००७ सालसम्म)

Timeline of historical events in Nepal (from the establishment of Gorkhapatra to 2007 BS)
मिति (वि.सं.) घटना विवरण
१९५८ वैशाख २४ राणा प्रधानमन्त्री श्री ३ देवशमशेरको आदेश अनुसार गोरखापत्रको प्रकाशन सुरु ।
१९६४ भदौ ४ नेपालका प्रथम वैज्ञानिक गेहेन्द्रशमशेरको विष खुवाएर हत्या ।
१९६८ श्री ५ पृथ्वीवीरविक्रम शाहको निधन, युवराज त्रिभुवनको राज्यारोहण ।
१९६८ नेपालमा जनगणना गर्न सुरु, प्रथम जनगणना अनुसार नेपालको जनसङ्ख्या ५६ लाख ३८ हजार ७४९ थियो ।
१९७१ प्रथम विश्वयुद्धमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले अङ्ग्रेजलाई सैन्य सहयोगका साथै १० लाख पाउन्ड बराबरको आर्थिक सहयोग प्रदान ।
१९७५ राजधानीमा त्रिचन्द्र कलेजको स्थापना, राणा प्रधानमन्त्री चन्द्रशमशेरद्वारा कलेज उद्घाटन ।
१९७७ राणा प्रधानमन्त्री चन्द्रशमशेरद्वारा नेपाली समाजमा चल्दै आएको सतीप्रथा अन्त्य भएको घोषणा ।
१९७७ साउन ११ ‘मकैको खेती’ नामक पुस्तक लेखी राणा शासनको विरोध गरेबापत सुब्बा कृष्णलाल अधिकारीलाई पक्राउ गरी नौ वर्ष जेल सजाय ।
१९८० नेपाल र अङ्ग्रेजबिच सन्धि, अङ्ग्रेज सरकारद्वारा नेपालको सार्वभौमिकता र स्वतन्त्र अस्तित्वलाई मान्यता ।
१९८२ वैशाख १ राणा प्रधानमन्त्री चन्द्रशमशेरद्वारा नेपालबाट दासप्रथा अन्त्य भएको घोषणा ।
१९८४ वैशाख १३ गोरखापत्रमा पहिलो पटक तस्बिर छाप्न सुरु ।
१९८७ महाकवि लक्ष्मीप्रसाद देवकोटा, तुलसीमेहरलगायत दर्जनौँ युवाद्वारा काठमाडौँमा पुस्तकालय खोल्न निवेदन, पक्राउ गरी जरिबाना ।
१९८८ खड्गमानसिंह बस्नेतलगायतद्वारा ‘प्रचण्ड गोरखा’ संस्था स्थापना, बम प्रहार गर्ने योजना पर्दाफास र संलग्नलाई आजीवन जेल सजाय ।
१९९० राणा प्रधानमन्त्री वीरशमशेरले बनाएको सेतो दरबारमा आगलागी ।
१९९० माघ २ नेपालमा ८.४ रेक्टर स्केलको महाभूकम्प, ठुलो जनधनको क्षति ।
१९९० नेपालमा सर्वप्रथम एसएलसी परीक्षा बोर्डको स्थापना र देशभित्रैबाट परीक्षा लिने व्यवस्था ।
१९९३ जेठ २० टङ्कप्रसाद आचार्यको नेतृत्वमा ‘प्रजा परिषद्’ नामक राजनीतिक दल गठन ।
१९९६ दोस्रो विश्वयुद्धमा बेलायत सरकारलाई नेपालका तर्फबाट सैनिक र आर्थिक सहयोग उपलब्ध ।
१९९७ कात्तिक २ महावीर स्कुलका सञ्चालकलगायत २८ जना शिक्षक पक्राउ गरी कारबाही ।
१९९७ माघ राणा शासनको विरोध गरेको अभियोगमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड ।
२००२ असोज १ राणा प्रधानमन्त्री जुद्धशमशेरद्वारा नेपालमा कागजी नोटको प्रचलन सुरु ।
२००३ माघ १२–१३ भारतको कोलकातामा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना, टङ्कप्रसाद आचार्य सभापति चयन ।
२००३ फागुन २१ बिपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुट मिलमा मजदुर हडताल सुरु ।
२००४ वैशाख १ नेपाली राष्ट्रिय कांग्रेसको आह्वानमा देशव्यापी सत्याग्रह प्रारम्भ ।
२००४ जेठ ३ राणा प्रधानमन्त्री पद्मशमशेरद्वारा राजनीतिक सुधार गरिने घोषणा ।
२००४ जेठ २४ पुरुषहरूको मात्र बालिग मताधिकारका आधारमा काठमाडौँ नगरपालिकाको पहिलो चुनाव सम्पन्न ।
२००४ असार १ काठमाडौँको संस्कृत छात्रावासका विद्यार्थीद्वारा 'जयतु संस्कृतम्' आन्दोलन सुरु ।
२००४ माघ १३ राणा प्रधानमन्त्री पद्मशमशेरद्वारा पहिलो लिखित संविधान ‘वैधानिक कानुन २००४’ जारी ।
२००५ साउन १ कोलकातामा ‘नेपाल प्रजातन्त्र कांग्रेस’ को स्थापना ।
२००६ वैशाख जेलमा नारकीय यातनाको विरोधमा बिपी कोइरालाद्वारा २९ दिनसम्म आमरण अनसन र जेलमुक्त ।
२००६ वैशाख ९ पुष्पलाल श्रेष्ठको नेतृत्वमा कोलकातामा ‘नेपाल कम्युनिस्ट पार्टी’ को स्थापना ।
२००६ असोज ७ राणा प्रधानमन्त्री मोहनशमशेरद्वारा संसद्को संयुक्त बैठक उद्घाटन ।
२००६ चैत २७ ‘नेपाली राष्ट्रिय कांग्रेस’ र ‘नेपाल प्रजातन्त्र कांग्रेस’ बिच एकीकरण भई ‘नेपाली कांग्रेस’ को स्थापना ।
२००७ साउन नेपाल र भारतबिच मैत्री सन्धि सम्पन्न ।
२००७ कात्तिक २१ श्री ५ त्रिभुवनद्वारा राजदरबार त्याग गरी भारतीय दूतावासमा शरण ।
२००७ कात्तिक २२ मोहनशमशेरद्वारा श्री ५ ज्ञानेन्द्रलाई राजगद्दीमा राख्ने निर्णय ।
२००७ कात्तिक २६ श्री ५ त्रिभुवन दिल्ली प्रस्थान र नेपाली कांग्रेसद्वारा सशस्त्र आन्दोलन सुरु ।
२००७ मङ्सिर २८ विराटनगरमा नेपाल प्रजातन्त्र रेडियो स्टेसन स्थापना ।
२००७ माघ २९ नयाँ दिल्लीमा राणा, कांग्रेस र राजाबिच त्रिपक्षीय दिल्ली सम्झौता ।
२००७ फागुन ७ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना र अन्तरिम शासन विधानको घोषणा ।

२००७ सालपछिको विस्तृत घटनाक्रमको लागि हाम्रो एप "Ghoksewa" को subscription लिनुहोला!

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 37
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 89
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 88
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 123
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA