नेपालमा उपलब्ध माटो का प्रकार

नेपालमा उपलब्ध माटो का प्रकार
पाँगो माटो
- तराई र बेंसी क्षेत्रमा पाइन्छ
- बालुवा र चिम्टे माटो बराबर मिसिएको
- चुन, फस्फोरस, पोटासजस्ता खनिज पाइन्छ
- धान, सनपाट, उखु, सुर्ती, तेलहनको लागि उपयुक्त
बलौटे पत्थरिलो माटो
- भावर, भित्री मधेस र चुरेमा पाइन्छ
- बालुवा, कङ्कड, पत्थर मिसिएको खस्रो माटो
- पानी अडिँदैन, उर्वराशक्ति कम
- खेतीको लागि कमजोर तर साल, सिसौ जस्ता रुखका लागि उपयुक्त
रातो फुस्रो माटो
- महाभारत क्षेत्रका भिरालो भागमा पाइन्छ
- अक्सीकृत फलाम र जैविक तत्व कम
- धान, उखु, सुर्तीको खेती कम, तर फलफूल, चिया, आलु, मकै, कोदो उपयुक्त
तलैया माटो
- उपत्यकाका सुकाएको ताल/पोखरीबाट बनेको
- कालो र गहिरो, जैविक पदार्थ धेरै
- धान, गहुँ, सागपात, तरकारी खेतीका लागि सर्वोत्तम
- कम वर्षामा पनि खेती गर्न सकिने
हिमाली माटो
- उच्च हिमाली क्षेत्रको फेदीमा पाइन्छ
- बालुवा, कङ्कड, पत्थर मिसिएको
- चिसो र शुष्क हावापानी, उर्वराशक्ति कम
- मकै, जौ, आलु, फापर जस्ता बाली मात्र फल्ने