Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

बहुपक्षीयता सूचकांक, २०२६

  • Ajnabee Khadka
  • July 07, 2026
  • 502

बहुपक्षीयता सूचकांक, २०२६

UN-Multilateralism Index - UN-Mi, 2026

सामान्य परिचय:

  • दिगो विकास प्रतिवेदन २०२६ ले राष्ट्रहरूले संयुक्त राष्ट्र संघको बडापत्र र सिद्धान्तहरूप्रति देखाएको प्रतिबद्धता मापन गर्न बहुपक्षीयता सूचकांक (UN-Mi) सार्वजनिक गरेको,
  • मापन आधार: देशहरूले संयुक्त राष्ट्र संघमा आधारित बहुपक्षीय प्रणालीलाई गर्ने समर्थन
  • कुल देशहरू: १९३ संयुक्त राष्ट्र सदस्य राष्ट्रहरू
  • स्केल: ० (न्यूनतम) देखि १०० (अधिकतम) सम्म, जहाँ उच्च स्कोरले बलियो प्रतिबद्धता जनाउँछ
  • विश्व औसत स्कोर: ६५.२ (औसत मध्यक ६५.९)

मूल्यांकनका ६ प्रमुख सूचकहरू:

१.) प्रमुख सन्धिहरूको अनुमोदन: ६० वटा प्रमुख अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरूको अनुमोदनको स्थिति
२.) महासभामा मतदान सन्तुलन: संयुक्त राष्ट्र महासभा (UNGA) मा अन्तर्राष्ट्रिय बहुमतसँग मतदान मिल्ने प्रतिशत
३.) संयुक्त राष्ट्र संस्थाहरूमा सहभागिता: २४ वटा चयन गरिएका प्रमुख एजेन्सी र कार्यक्रमहरूमा सदस्यता
४.) द्वन्द्व र सैन्यकरण: सशस्त्र द्वन्द्वमा संलग्नता, सैन्य खर्च र शान्ति सेनामा योगदानको स्तर
५.) एकपक्षीय प्रतिबन्धको प्रयोग: राष्ट्र संघको म्यान्डेट बाहिर रहेर अन्य देशमाथि लगाइने एकपक्षीय प्रतिबन्धहरूको प्रयोग
६.) बजेटमा योगदान र अन्तर्राष्ट्रिय ऐक्यबद्धता: संयुक्त राष्ट्र संघको बजेटमा वित्तीय देयको समयमै भुक्तानी र विकास सहयोग

बहुपक्षीयता सूचकांक (UN-Multilateralism Index - UN-Mi) २०२६ को प्रतिवेदन अनुसार शीर्षका ५ राष्ट्रहरू (Very Strong Support)

स्थान
राष्ट्र
स्कोर
१
बारबाडोस (Barbados)
९०.७
२
एन्टिगुआ र बारबुडा
८८.३
३
उरुग्वे
८७.४
४
त्रिनिदाद र टोबागो
८६.६
५
माल्दिभ्स
८६.४

बहुपक्षीयता सूचकांक (UN-Multilateralism Index - UN-Mi) २०२६ को प्रतिवेदन अनुसार पुछारका ५ राष्ट्रहरू (Weak Support)

स्थान
राष्ट्र
स्कोर
१८९
अफगानिस्तान
३७.७
१९०
इजरायल
२६.५
१९१
उत्तर कोरिया (DPRK)
२४.६
१९२
दक्षिण सुडान
२२.३
१९३
संयुक्त राज्य अमेरिका (USA)
१.७

नेपालको अवस्था (Status of Nepal)

  • स्थान (Rank): १९३ राष्ट्रहरूमध्ये ७१ औँ स्थान
  • स्कोर: ६९.४ 
  • प्रवृत्ति (Trend): बहुपक्षीयताप्रतिको समर्थन स्थिर (Stagnating) देखिएको,
  • श्रेणी: नेपाल बलियो समर्थनदेखाउने राष्ट्रहरूको श्रेणी (Category 2) मा पर्दछ,

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 111
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 137
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 169
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 68
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 220
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA