Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संयुक्त राष्ट्र संघीय कोष र कार्यक्रमहरू

  • Ajnabee Khadka
  • July 11, 2026
  • 352

संयुक्त राष्ट्र संघीय कोष र कार्यक्रमहरू

United Nations funds and programs
कोष र कार्यक्रमहरू मुख्यालय
विवरण

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (United Nations Development Programme - UNDP)

न्युयोर्क शहर, संयुक्त राज्य अमेरिका

  • संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) ले झन्डै १७० देश र क्षेत्रहरूमा गरिबी निवारण गर्न, असमानता घटाउन र देशहरूले निरन्तर प्रगति हासिल गर्न सकून् भनी उत्थानशीलता (resilience) निर्माण गर्न मद्दत गर्दछ,
  • संयुक्त राष्ट्र संघको विकास नियोगको रूपमा, UNDP ले देशहरूलाई दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्न महत्त्वपूर्ण भूमिका खेल्छ,

संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रम (United Nations Environment Programme - UNEP)

नैरोबी, केन्या

  • सन् १९७२ मा स्थापना भएको संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम (UNEP) संयुक्त राष्ट्र संघ भित्र वातावरणका लागि स्थापितप्रमुख संयन्त्र
  • UNEP ले विश्वव्यापी वातावरणको बुद्धिमानीपूर्वक उपयोग र दिगो विकासलाई प्रवर्द्धन गर्न उत्प्रेरक, वकालतकर्ता, शिक्षक र सहजकर्ताको रूपमा काम गर्दछ,

संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (United Nations Population Fund - UNFPA)

न्युयोर्क शहर, अमेरिका

  • संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (UNFPA) प्रत्येक गर्भ अवस्था चाहेको जस्तो होस्, प्रत्येक जन्म सुरक्षित होस् र हरेक युवाको क्षमता प्रस्फुटित हुन सकोस् भन्ने संसार निर्माणका लागि काम गर्ने संयुक्त राष्ट्र संघको प्रमुख नियोग,

संयुक्त राष्ट्र सङ्घीय मानव बसोबास कार्यक्रम (UN-HABITAT)

नैरोबी, केन्या

  • संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रम (UN-HABITAT) को मुख्य उद्देश्य सामाजिक र वातावरणीय रूपमा दिगो मानव बसोबासको विकासलाई प्रवर्द्धन गर्नु र सबैका लागि उपयुक्त आवासको उपलब्धता सुनिश्चित गर्नु, 

संयुक्त राष्ट्र सङ्घीय बाल कोष (United Nations Children's Fund - UNICEF)

न्युयोर्क शहर, अमेरिका

  • संयुक्त राष्ट्र संघीय बाल कोष (UNICEF) ले बालबालिकाको जीवन बचाउन, उनीहरूको अधिकारको रक्षा गर्न र प्रारम्भिक बाल्यकालदेखि किशोरवस्थासम्म उनीहरूको क्षमतालाई पूर्ण रूपमा प्रस्फुटित गराउन १९० वटा देश र क्षेत्रहरूमा काम गर्दछ,

विश्व खाद्य कार्यक्रम (World Food Programme - WFP)

रोम, इटाली

  • विश्व खाद्य कार्यक्रम (WFP) को उद्देश्य भोक र कुपोषण उन्मूलन गर्नु हो। विश्वकै सबैभन्दा ठूलो यस मानवीय नियोगले खाद्यान्न वा नगद वितरण लगायतका माध्यमबाट प्रत्येक वर्ष करिब ८८ देशका झन्डै १०० मिलियन (१० करोड) मानिसहरूलाई सहायता प्रदान गर्दछ,
  • विश्व खाद्य कार्यक्रमलाई सन् २०२० मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको,

 

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 0
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 102
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 165
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 66
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 217
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA