Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

एसियाली विकास बैङ्क (एडिबी) ले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो ?

  • Bikash Shrestha
  • November 12, 2025
  • 488

एसियाली विकास बैङ्क (एडिबी) ले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो ?

What is the duration of the new Country Partnership Strategy for Nepal proposed by the Asian Development Bank (ADB)?

● सन् २०२५-२०२९ ।
● एडिबीले सन् २०२५ जुनमा 'नेपाल रणनीति २०२५-२०२९' सार्वजनिक गरेको ।
● सन् २०२५ देखि २०२९ सम्मका लागि लागु हुने रणनीतिले नेपालको आर्थिक रूपान्तरणका लागि हरित, निजी क्षेत्र लक्षित र जलवायु रेजिलियन्ट विकास मोडेललाई अघि सारेको ।
● सुशासन, सामाजिक न्याय, साझा समृद्धि हासिल गर्ने नेपालको १६ औं पञ्चवर्षीय योजनाको उद्देश्यसँग मेल खाने गरी यो रणनीति बनाइएको एडिबीले जनाएको ।
● यो रणनीति विश्व बैङ्क समूहसँगको साझा अवधारणामा तयार पारिएको ।
● एडिबी र विश्व बैङ्कले नेपालमा कुल विकास सहयोगको झन्डै ७० प्रतिशत हिस्सा ओगट्छन् ।
● एडिबीले सन् २०२५ देखि २०२९ भित्र नेपालमा झन्डै २.३ अर्ब डलर सहयोग गर्ने जनाएको ।
● निजी क्षेत्रको अग्रसरतामा रोजगारीमूलक तथा हरित आर्थिक रूपान्तरण, गुणस्तरीय मानव पुँजी विकास एवं सार्वजनिक सेवा र जलवायु परिवर्तनप्रति प्रतिरोधी संरचनाको प्रवर्धनलाई नयाँ रणनीतिका मुख्य तीन प्राथमिकतामा राखिएको ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 33
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 31
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA