ट्रान्सजेन्डर (जन्मँदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिङ्गसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्ति) को शल्यक्रियामार्फत लिङ्ग परिवर्तन कहिले गरियो ?

● विसं २०८२ जेठ १३ (त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज)
• महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अमेरिकी चिकित्सकको सहयोगमा सो अपरेसन गरिएको ।
● जनकपुर निवासी २५ वर्षीय ट्रान्सजेन्डरमा लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको ।
●वदेशी प्लास्टिक सर्जन डा. अलरिजा हामिदियान जारोमीको नेतृत्वमा प्राडा ईश्वर लोहनी, प्राडा जयनमान
श्रेष्ठलगायतको टोलीले उक्त शल्यक्रिया गरेको । सो शल्यक्रिया (मेल टु फिमेल) मा पुरुषको लिङ्गको तन्तुलाई चाहिने
मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रीय अङ्गको पुनर्निर्माण गरिएको ।
● शिक्षण अस्पतालमा जेन्डर एफर्मिङ क्लिनिकको स्थापना गरेर नियमित रूपमा यो सेवा सञ्चालन गरिने जनाइएको छ