Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस, २०२६

  • Ajnabee Khadka
  • April 25, 2026
  • 763

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस, २०२६

World Book and Copyright Day, 2026
  • हरेक वर्ष अप्रिल २३ का दिन संसारभर पठन संस्कृति र लेखकको अधिकारको सम्मानमा यो दिवस मनाइन्छ।
  • मिति: अप्रिल २३, २०२६ (वि.सं. २०८३ वैशाख १०)
  • घोषणा गर्ने निकाय: युनेस्को (UNESCO) - सन् १९९५ देखि
  • मुख्य उद्देश्य: पुस्तकको महत्त्व बुझाउने, पठन संस्कृतिको विकास गर्ने र लेखकहरूको बौद्धिक सम्पत्ति (Copywright) को रक्षा गर्ने,
  • सन् २०२६ को मूल नारा: "दिगो विकास लक्ष्य हासिल गर्न साहित्यको भूमिका" (Role of literature to achieve Sustainable Development Goals)
  • विश्व पुस्तक राजधानी २०२६: रबात (मोरक्को)
    • युनेस्कोले मोरक्कोको राजधानी रबात (Rabat) लाई सन् २०२६ को लागि 'विश्व पुस्तक राजधानी' घोषणा गरेको,
    • प्रमुख कारण: रबातमा ५४ वटा प्रकाशन गृह, अफ्रिकाकै तेस्रो ठूलो पुस्तक मेला र बढ्दो पुस्तक पसलहरू रहेका,
    • लक्ष्य: महिला र युवाहरूमा साक्षरता बढाउने, गरिब समुदायमा पुस्तकको पहुँच पुर्‍याउने र स्थानीय प्रकाशन उद्योगलाई सहयोग गर्ने,
    • क्रम: सन् २०२५ को राजधानी 'रियो दि जेनेरियो' पछि रबातले यो जिम्मेवारी सम्हाल्ने,
  • अप्रिल २३ को दिन विश्व साहित्यका तीन दिग्गज हस्तीहरूको स्मृति दिवसका रूपमा पनि लिइन्छ:
    • विलियम शेक्सपियर (William Shakespeare)
    • मिग्वेल डी सर्भान्तेस (Miguel de Cervantes)
    • इन्का गर्सिलासो डेला भेगा (Inca Garcilaso de la Vega)
  • नेपालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा-प्रतिष्ठानले यस वर्ष निम्न विषयमा जोड दिएका छन्:
    • डिजिटल प्रतिलिपि अधिकार: डिजिटल युगमा अनलाइन सामग्रीको चोरी (Piracy) नियन्त्रण र बौद्धिक सम्पत्तिको सुरक्षा,
    • पठन संस्कृति: युवा पुस्तालाई सामाजिक सञ्जालबाट पुस्तक पढ्ने बानीतर्फ आकर्षित गर्ने,
    • कानुनी सचेतना: प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय मार्फत लेखकहरूलाई उनीहरूको कानुनी अधिकारबारे जानकारी गराउने,

विश्व पुस्तक राजधानीको सूची:

क्रम वर्ष (सन्) सहर देश
१ २००१ मड्रिड स्पेन
२ २००२ अलेक्जेन्ड्रिया इजिप्ट
३ २००३ नयाँ दिल्ली भारत
४ २००४ एन्टवर्प बेल्जियम
५ २००५ मोन्ट्रियल क्यानडा
६ २००६ टुरिन इटाली
७ २००७ बोगोटा कोलम्बिया
८ २००८ एम्स्टर्डम नेदरल्याण्ड्स
९ २००९ बेरुत लेबनान
१० २०१० ल्युब्लियाना स्लोभेनिया
११ २०११ ब्युनस आयर्स अर्जेन्टिना
१२ २०१२ येरेभान अर्मेनिया
१३ २०१३ बैंकक थाइल्याण्ड
१४ २०१४ पोर्ट हारकोर्ट नाइजेरिया
१५ २०१५ इन्चोन दक्षिण कोरिया
१६ २०१६ व्रोकला पोल्याण्ड
१७ २०१७ कोनाक्री गिनी
१८ २०१८ एथेन्स ग्रीस
१९ २०१९ शारजाह संयुक्त अरब इमिरेट्स
२० २०२० क्वालालम्पुर मलेसिया
२१ २०२१ तिब्लिसी जर्जिया
२२ २०२२ ग्वाडालजारा मेक्सिको
२३ २०२३ आक्रा घाना
२४ २०२४ स्ट्रासबर्ग फ्रान्स
२५ २०२५ रियो दि जेनेरियो ब्राजिल
२६ २०२६ रबात मोरक्को

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 82
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 331
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 275
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 304
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 425
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA