Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस, २०२६

  • Ajnabee Khadka
  • May 17, 2026
  • 200

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस, २०२६

World Telecommunication and Information Society Day, 2026
  • २०२६ को मूल नारा: "Digital Lifelines: Strengthening Resilience in a Connected World (डिजिटल जीवनरेखाहरू: अन्तरसम्बन्धित विश्वमा उत्थानशीलताको सुदृढीकरण)"
  • मनाइने मिति: १७ मे २०२६ (प्रत्येक वर्ष मे १७ का दिन मनाइन्छ)
  • संस्करण: ५७ औं
  • मुख्य उद्देश्य: इन्टरनेट र सञ्चार प्रविधिको प्रयोगबाट समाज र अर्थतन्त्रमा आउने अवसरहरूबारे सचेतना फैलाउनु तथा डिजिटल विभाजन (Digital Divide) लाई न्यूनीकरण गर्नु,
  • सन् १८६५ मे १७ मा फ्रान्सको पेरिसमा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको,
  • सन् १८६५ मे १७ मा संयुक्त राष्ट्रसङ्घको विशेष निकाय अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (ITU) को स्थापना भएको,
  • सन् १९६९ देखि यो दिवस नियमित रूपमा मनाउन थालिएको,
नेपालमा दूरसञ्चारको इतिहास: विस्तृत कालक्रमिक तालिका
वर्ष (वि.सं.)
वर्ष (सन्)
प्रमुख उपलब्धि तथा घटनाहरू
१९७०
१९१३
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा काठमाडौँमा पहिलो म्याग्नेटो प्रविधिको टेलिफोन लाइन जडान भएसँगै नेपालमा दूरसञ्चारको सुरुवात
१९७१
१९१४
काठमाडौँदेखि भारतको रक्सौल जोड्ने ओपन वायर ट्रंक लिंक (Open Wire Trunk Link) को स्थापना
१९९२
१९३५
सिंहदरबारमा २५ लाइन क्षमताको पहिलो स्वचालित टेलिफोन एक्सचेन्ज (Automatic Exchange) को स्थापना
१९९३
१९३६
काठमाडौंदेखि धनकुटासम्म ओपन वायर ट्रंक लिंक (Open Wire Trunk Link) को विस्तार
२००५
१९४८
नेपालमा औपचारिक रूपमा ताररहित सञ्चारका लागि "मोहन आकाशवाणी" को स्थापना
२००७
१९५०
टेलिग्राम सेवाको औपचारिक स्थापना, हाई फ्रिक्वेन्सी रेडियो (HF Radio) प्रणालीको सुरुवात, र काठमाडौँमा १०० लाइनको सीबी (CB - Central Battery) टेलिफोन एक्सचेन्ज स्थापना 
२००८
१९५१
काठमाडौंदेखि पाल्पासम्म ओपन वायर ट्रंक लाइन (Open Wire Trunk Link) विस्तार
२०१२
१९५५
सर्वसाधारणका लागि पहिलो पटक टेलिफोन लाइन वितरण र नेपाल अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (ITU) को सदस्य बन्न सफल
२०१६
१९५९
दूरसञ्चार विभाग (Department of Telecommunication) को स्थापना
२०१९
१९६२
काठमाडौंमा पहिलो सार्वजनिक टेलिफोन एक्सचेन्ज स्थापना 
२०२०
१९६३
काठमाडौंमा १,००० लाइन क्षमताको स्वचालित टेलिफोन एक्सचेन्ज स्थापना
२०२१
१९६४
नेपालले पहिलो पटक हाई फ्रिक्वेन्सी रेडियो (HF Radio) प्रविधिको प्रयोग गरेर भारत र पाकिस्तानसँग सीधा अन्तर्राष्ट्रिय दूरसञ्चार सेवा (International Telecommunications Service) को विधिवत् सुरुवात
२०२८
१९७१
नेपालमा पहिलो पटक टेलेक्स (Telex) सेवाको सुरुवात
२०३१
१९७४
आन्तरिक ट्रंक सेवाका लागि माइक्रोवेभ ट्रान्समिसन लिंक (Microwave Transmission Link) स्थापना
२०३२
१९७५
दूरसञ्चार विभागलाई व्यावसायिक रूप दिन नेपाल दूरसञ्चार संस्थान (NTC) को स्थापना
२०३९
१९८२
काठमाडौँको बालम्बुमा Standard "B" Type Satellite Earth Station (सगरमाथा भू-उपग्रह केन्द्र) को स्थापना, र SPC (Stored Program Control) टेलेक्स एक्सचेन्जको स्थापना
२०४०
१९८३
नेपालमा पहिलो पटक कम्प्युटर प्रणालीमा आधारित डिजिटल टेलिफोन एक्सचेन्ज (Digital Telephone Exchange) को स्थापना
२०४१
१९८४
सब्सक्राइबर ट्रंक डायलिङ (Subscriber Trunk Dialing - STD) र ग्रामीण दूरसञ्चार सेवाको सुरुवात
२०४४
१९८७
अन्तर्राष्ट्रिय सब्सक्राइबर डायलिङ (International Subscriber Dialing - ISD) को सुरुवात
२०४९
१९९२
राष्ट्रिय सञ्चार नीति तर्जुमा
२०५२
१९९५
अप्टिकल फाइबर नेटवर्क (Optical Fiber Network) को जडान सुरुवात
२०५३
१९९६
दूरसञ्चार ऐन २०५३ तर्जुमा, नेपालमा इन्टरनेट र इमेल सेवाको सुरुवात, र सम्पूर्ण टेलिफोन नेटवर्क स्वचालित
२०५४
१९९७
नेपाल दूरसञ्चार प्राधिकरणको स्थापना र दूरसञ्चार नियमावली २०५४ तर्जुमा
२०५५
१९९८
निजी क्षेत्रका सेवा प्रदायकलाई पहिलो पटक इन्टरनेट र इमेल सञ्चालन अनुमति
२०५६
१९९९
नेपालमै पहिलो पटक मोबाइल सञ्चारको लागि विश्वव्यापी प्रणाली (GSM - Global System for Mobile Communications) मा आधारित मोबाइल सेवाको सुरुवात र दूरसञ्चार नीति तर्जुमा
२०५७
२०००
नेपाल दूरसञ्चार संस्थान (NTC) ले व्यावसायिक रूपमा आफ्नै इन्टरनेट सेवा सुरु
२०५९
२००२
निजी क्षेत्रलाई भ्वाइस सेवा सञ्चालन अनुमति प्रदान
२०६०
२००३
नेपाल दूरसञ्चार संस्थानद्वारा जीएसएम नमस्ते प्रिपेड (GSM Namaste Prepaid) सेवाको सुरुवात र दूरसञ्चार नीति, २०६० जारी
२०६१
२००४
वि.सं. २०३२ सालदेखि संस्थानका रूपमा सञ्चालन भइरहेको "नेपाल दूरसञ्चार संस्थान (NTC)" लाई "नेपाल दूरसञ्चार कम्पनी लिमिटेड" मा रूपान्तरण र निजी क्षेत्रलाई मोबाइल सेवाको अनुमति (लाइसेन्स) वितरण
२०६२
२००५
कोड डिभिजन बहु पहुँच (CDMA - Code Division Multiple Access) प्रविधिको सेवा औपचारिक रूपमा सञ्चालन
२०६३
२००६
विद्युतीय कारोबार ऐन, २०६३ (Electronic Transactions Act, 2063) जारी र भ्वाइस मेल सेवा (Voice Mail Service) औपचारिक रूपमा सञ्चालन
२०६४
२००७
थ्रीजी (3G) सेवाको सुरुवात: सार्क (SAARC) क्षेत्रमै पहिलो पटक र जनरल प्याकेट रेडियो सेवा (GPRS - General Packet Radio Service) को व्यावसायिक सुरुवात
२०६५
२००८
असममित डिजिटल सब्सक्राइबर लाइन (ADSL - Asymmetric Digital Subscriber Line) इन्टरनेट सेवा व्यावसायिक रूपमा सञ्चालनमा
२०६७
२०१०
विश्वव्यापी सेवा दायित्व (Universal Service Obligation) अन्तर्गत देशका सम्पूर्ण गाउँ विकास समिति (गाविस - VDCs) हरूमा दूरसञ्चार सेवाको पहुँच पुर्‍याउन सफल भएको घोषणा,
२०६९
२०१२
माइक्रोवेभ पहुँचको लागि विश्वव्यापी अन्तरसञ्चालनशीलता (WiMAX - Worldwide Interoperability for Microwave Access) सेवाको व्यावसायिक सुरुवात र 4G / LTE सेवाको प्रारम्भिक परीक्षण
२०७१
२०१४
ब्रोडब्याण्ड नीति तर्जुमा
२०७२
२०१५
एफटिटीएच (FTTH - Fiber To The Home) सेवाको सुरुवात र सूचना तथा सञ्चार प्रविधि नीति जारी
२०७४
२०१७
व्यावसायिक रुपमा 4G/LTE सेवाको सुरुवात
२०७६
२०१९
पहिलो पटक लिलाम बढाबढ (Auction) बाट फ्रिक्वेन्सी प्रदान र डिजिटल नेपाल फ्रेमवर्क जारी
२०७७
२०२०
भू-उपग्रह (Satellite) नीति २०७७ जारी
२०८०
२०२३
राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी र ५जी (5G) परीक्षण सम्बन्धी कार्यविधि तर्जुमा
२०८१
२०२४
VoLTE - Voice over LTE सेवाको विस्तार र VoWiFi - Voice over Wi-Fi सेवाको सुरुवात
 
आ.व. २०८१/०८२ को दूरसञ्चार सम्बन्धी विस्तृत तथ्याङ्क:
क्षेत्र / सूचक
विवरण
तथ्याङ्क / संख्या
कुल ब्रोडब्यान्ड पहुँच
नेपालको कुल जनसंख्यामा ब्रोडब्यान्ड सेवाको पहुँच
१३९.५३% (२०८२ सम्मको प्रक्षेपण सहित)
ब्रोडब्यान्ड ग्राहक संख्या
कुल ब्रोडब्यान्ड प्रयोगकर्ता (F.Y. 2080/81)
४,३५,२३,५८८
फिक्स्ड ब्रोडब्यान्ड
तारसहितको इन्टरनेट प्रयोगकर्ता (F.Y. 2080/81)
१,२३,१२,५१४
मोबाइल ब्रोडब्यान्ड
मोबाइलमार्फत इन्टरनेट चलाउने ग्राहक (F.Y. 2080/81)
३,१२,११,०७४
४जी (4G) पहुँच
मोबाइल ब्रोडब्यान्डमा ४जीको हिस्सा (F.Y. 2080/81)
७6.२३%
३जी (3G) पहुँच
मोबाइल ब्रोडब्यान्डमा ३जीको हिस्सा (F.Y. 2080/81)
२५.७८%
बजार हिस्सा (राजस्व)
भ्वाइस (Voice) सेवाको हिस्सा
७६%
 
इन्टरनेट र नेटवर्क सेवाको हिस्सा
२४%
भ्वाइस राजस्व हिस्सा
नेपाल टेलिकम (NT) को हिस्सा
५०.१९%
 
एनसेल (Ncell) को हिस्सा
४९.८१%
कुल वार्षिक आय
दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकको कुल आय
९,००,६२६.९४ लाख (करिब ९० अर्ब)
रोयल्टी (Royalty)
सेवा प्रदायकले सरकारलाई बुझाएको कुल रोयल्टी
३,४४,४८,९१,८७७ (३ अर्ब ४४ करोड)
RTDF योगदान
ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा भएको रकम
२,३२,०४,४७,०४२ (२ अर्ब ३२ करोड)
फ्रिक्वेन्सी दस्तुर
फ्रिक्वेन्सी प्रयोग गरेबापत बुझाएको दस्तुर
४,००,२८,००,००० (४ अर्ब)
सेवा पहुँच
नेपालका ७५३ स्थानीय तहमध्ये ४जी पुगेको संख्या
७४९ स्थानीय तह
इन्टरनेट मूल्य
बन्डल गरिएको दूरसञ्चार सेवाको औसत मूल्य
करिब ३५० रुपैयाँ ($२.७)
 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 34
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 31
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA