Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको संविधानमा शिक्षा सम्बन्धि भएका व्यवस्थाहरु :

  • Engineering Nepal
  • March 29, 2023
  • 310

नेपालको संविधानमा शिक्षा सम्बन्धि भएका व्यवस्थाहरु :

नेपालको संविधानमा शिक्षा सम्बन्धि भएका व्यवस्थाहरु :

धारा ३१: शिक्षा सम्बन्धि हक (मौलिक हक)
१. प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ ।
२. प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क साथै माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुनेछ।
३. अपांगता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानुन बमोजिम निशुल्क उच्च शिक्षा पाउने हक हुनेछ ।
४. दृष्टिविहिन नागरिकलाई ब्रेललिपि तथा बाहिर र स्वर र बोलाईसम्बन्धि अपांगता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानुन बमोजिम निशुल्क शिक्षा पाउने हक हुनेछ ।
५. नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानु बमोजिम आफ्नो मातृ भाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र संचालन गर्ने हक हुनेछ ।

धारा ५१: नागरिकका आधारभूत आवश्यकता सम्बन्धि नीति अन्तर्गतका व्यवस्थाहरु
१. शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक बलका रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने,
२. शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने
३. उच्च शिक्षालाई सहज, गुणस्तरीय,र पहुँचयोग्य बनाई क्रमशः निःशुल्क बनाउँदै लैजाने,

अनुसूची ५ संघको अधिकार

केन्द्रीय विश्वविधालय, केन्द्रीय स्तरका प्रज्ञा प्रतिस्ठान, विश्वविधालय मापदण्ड र नियमन, केन्द्रीय पुस्तकालय

अनुसूची ६ प्रदेशको अधिकार

प्रदेश विश्वविधालय, उच्च शिक्षा, पुस्तकालय, संग्रहालय

अनुसूची ८ स्थानीय तहको अधिकार

आधारभूत र माध्यमिक शिक्षा

अनुसूची ९: संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार

शिक्षा, खेलकुद र पत्रपत्रिका

[ शिक्षा सम्बन्धि व्यवस्था उल्लेख नगरिएको अनुसुची : अनुसुची ७ (संघ र प्रदेशको साझा अधिकार)]

Categories

  • Current Affairs 427
  • Gorkhapatra 251
  • Others 733
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 68
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 47
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 46
National Tea Day 2082
Current Affairs

राष्ट्रिय चिया दिवश, २०८२

  • Oct 16, 2025
  • 141
Social Responsibility: Topic-based Q&A (29 Asoj 2082, Wednesday)
Gorkhapatra

सामाजिक उत्तरदायित्व : विषयगत प्रश्नोत्तर (२९ असोज २०८२, बुधबार)

  • Oct 15, 2025
  • 27
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA