Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा रैथाने बालीहरुको महत्व तथा अवस्था

  • Susmita Shrestha
  • December 24, 2023
  • 714

नेपालमा रैथाने बालीहरुको महत्व तथा अवस्था

नेपालमा रैथाने बालीहरुको महत्व तथा अवस्था

पृष्ठभूमि तथा परिचय

  • विश्व खाद्य तथा कृषि संगठनले गएको २०औं शताव्दीमा मात्र विश्वको वाली विविधतामा पूर्ति गर्नै नसकिने गरी करिव ७५ प्रतिशत बाली नाश भईसकेको उल्लेख गरेको
  • नेपालमै पनि ४० प्रतिशत भन्दा बढी रैथाने जातका बाली नाश भईसकेको हुन सक्ने नार्कको आँकलन रहेको
  • नेपालमा सन १९६० को दशकमा उन्नत जातको बीउ भित्रीएको हो भने वर्णसंकर बीउ लगाउन शुरु भएको सन १९९० देखि मात्र हो। यी बालीहरु भित्रीएसँगै रैथाने जातहरु प्रतिस्थापन हुदै गएका
  • हाल एक अध्ययन अनुसार धानमा १० प्रतिशत, गहुँमा ५ प्रतिशत, मकैमा १५ प्रतिशत, तरकारी बालीमा १५ प्रतिशत जति रैथाने बीउ मार्फत खेती भईरहेको अवस्था
  • नेपालको मध्य तथा उच्च पहाडका लगभग ३ लाख ४० हजार हेक्टर क्षेत्रफलमा रैथाने बालीहरुको खेती गरिने तथ्याङ्क रहेकोपरिचय
  • सामान्यतया कृषकहरुले सदियौँ देखि लगाउदै एवं संरक्षण गरी आएका बालीहरुलाई रैथाने वा स्थानीय बाली भनिन्छ।
  • खासगरी कोदो, कागुनो, जौ, फापर, चिनो, कोदो, उवा तथा वागवानी क्षेत्रमा पिँडालु, ओखर, सखरखण्ड आदि रैथाने बाली अन्तर्गत पर्दछन । यसका साथै धान, मकै तथा अन्य बालीका स्थानीय जातहरुलाई पनि यस अन्तर्गत राखिन्छ
  • छिर्केमिर्के सिमी, नेपाले भट्ट, सेतो भट्ट, मार्सी धान, कास्कीको जेठोबुढो धान, घैया धान, जोरायल बासमती, कालो आलु, मनकामनाको सुन्तला, सिन्धुलीको जुनार, मार्फाको स्याउ आदि पनि रैथाने बाली अन्तरगत नै पर्दछन
  • यी बालीहरुको खाद्य सुरक्षा तथा बाली जैविक विविधतामा महत्वपर्ण योगदान रहेको छ

    रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनको लागि सम्बन्धित नितिगत व्यवस्था
  • राष्ट्रिय कृषि निति २०६१ ले परम्परागत स्थानीय मौलिक कृषिवस्तु एंव सम्बद्ध प्रविधिहरुको पन्जीकरण तथा प्रवर्द्धन गर्ने उद्देश्य अघि सारेको थियो। स्वेदेशी मूलको विशिष्ट उत्पादन एंव उत्पादन प्रविधिहरुको पहिचान तथा अधिकार सुरक्षित गरिने समेत उल्लेख गरेको छ
  • जैविक विविधता संरक्षणका लागि जीन बैड्डको व्यवस्था र स्थानीय संरक्षण लाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप वि.सं. २०६७ सालमा नार्क अन्तगर्त जीन बेङ्कको स्थापना भएको र विभिन्न रैथाने बालीहरुको संरक्षण गर्दै आइरहेको
  • कृषि, पशुपन्छी, भूमि व्यवस्था तथा सहकारी क्षेत्र रुपान्तरणको मार्गचित्र २०७५ को बुँदा नं. १० मा मध्य तथा उच्च पहाडी क्षेत्रमा खाद्य तथा पोषण सुरक्षाको हिसावमा प्रमुख आधारको रुपमा रहेका तर हाल खेती कम गरिने कोदो, जौ, फापर, चिनो, कागुनो, लष्टरे आदि बालीहरुको प्रवर्द्धनका लागि आगामी आ.व. बाट कार्यक्रम संचालन गरिनेछ
    भनेर उल्लेख गरेको ले आ.व. २०७५/७६ देखि नै बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले कार्यक्रम संचालन गर्दै आइरहेको
  • प्रदेश कृषि मन्त्रालयहरुले पनि रैथाने बालीलाई प्रवर्द्धन गर्ने उद्देश्य राखी हाल विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरेहका
  • कर्णाली प्रदेशको प्रथम आवधिक योजना को २ नं.  उद्देश्यमा रैथाने बाली र जैविक विविधताको संरक्षण र सम्बर्द्धन गरी वातावरण तथा जनस्वास्थ्यमैत्री कृषि प्रवर्द्धन गर्ने उल्लेख भएको
  • कर्णली सरकारको मिति २०७४ फाल्गुन ६ गते बसेको मन्त्रिपरिषद्को प्रथम बैठकले अर्गानिक कृषिको आधार खडा गरी रैथाने वस्तुको संरक्षण गर्ने निर्णय गरेको
  • बीउ बिजन ऐन २०४५ को संशोधन २०६४ ले कानुनी रुपमा स्थानीय जात माथि कृषकको स्वामित्व हुने व्यवस्था गरेको
  • नेपालको संविधान २०७२ को धारा ४२ सा कृषकहरुलाई स्थानीय बाली र जातको छनौट र संरक्षणको अधिकार दिइएको
  • २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्षको रुपमा मनाईएको
  • FAOले सन २०२३ लाइ कोढो वर्षको रुपमा मनाउने घोषणा गरेको

    विभिन्न रैथाने बालीहरुमा पाइने पौष्टिक तत्वहरु

                  कोदो (प्रति १०० ग्राम)

    ० कार्वोहाइड्रेटस – ७६.३२ ग्रा.
    ० प्रोटीन – ९.२५ ग्रा.

    ० क्याल्सियम – ३६० मि.ग्रा.
    ० फस्फोरस – २५४ मि.ग्रा.

    ० फलाम – ७.४ मि.ग्रा.

    ० रेशा – ३.५ ग्रा.

     

      लट्टे दानामा (प्रति १०० ग्राम)

    ० कार्वोहाइड्रेटस – ६३ ग्रा.

    ० प्रोटीन – १५/१४.७ ग्रा.

    ० क्याल्सियम – ४९० मि.ग्रा.
    ० फस्फोरस – ४७७ मि.ग्रा.
    ० रेशा – २.९ ग्रा.

    ० फलाम – ११.० मि.ग्रा.

     

       मिठे फापर (प्रति १०० ग्राम )/प्रतिशतमा

     

    ० कार्वोहाइड्रेटस – ७१.५
    ० प्रोटीन – १३.३

    ० क्याल्सियम – ६४ मि-ग्रा.
    ० फस्फोरस – ३५५ मि.ग्रा.
    ० फलाम – १५.५ मि.ग्रा.
    ० रेशा – २१०

    ० नियासिन – ४.४ मि.ग्रा.
    ० चिस्यान – ९.८

     

    तिते फापर (प्रति १०० ग्राम)/प्रतिशतमा

     

    ० कार्वोहाइड्रेटस – ७४.३
    ० प्रोटीन – १०.३

    ० क्याल्सियम – ६४ मि.ग्रा.
    ० फस्फोरस – ३५५ मि.ग्रा.
    ० फलाम – १५.५ मि.ग्रा.
    ० रेशा – ६.३

    ० नियासिन – ४.४ मि.ग्रा.
    ० चिस्यान – १०.२

     

     चिनो (प्रति १०० ग्राम)

     

    ० कार्वोहाइड्रेटस – ७३.९३

    ० प्रोटीन – ९.७५

    ० क्याल्सियम – ५५.० मि.ग्रा.
    ० फस्फोरस – १९.४४ मि.ग्रा.
    ० फलाम – ५५.०७ मि.ग्रा.

    ० रेशा – ११.१५

     

    कागुनो (प्रति १०० ग्राम)

     

    ० कार्वोहाइड्रेटस – ६६.१६

    ० प्रोटीन – १२.३५

    ० क्याल्सियम – ७.०५ मि.ग्रा.
    ० फस्फोरस – ३५१.६१ मि.ग्रा.
    ० फलाम – ३.७१ मि.ग्रा.

    ० रेशा – २ ८.७८

     

(स्रोतः रैथाने बालीहरुको खेती प्रविधि- बाली विकास तथा कृषि जैविक विविशषता संरक्षण केन्द्र ललितपूर)

कोदो, कागुनो, फापर, चिनो, लट्टे बालीहरुमा रहेको पौष्टिक तत्वको तुलना गर्दा

  • कार्वोहाइड्रेटस सबैभन्दा धेरै – कोदोमा
  • प्रोटिन/क्याल्सियम/फस्फोरस धेरै – लट्टे दानामा
  • फलाम धेरै – चिनो
  •  रेशा धेरै – चिनो
  •  मिठे फापरमा भन्दा तिते फापरमा कार्वोहाइ्रेटत धेरै पाइने
  • कोदोमा चामल र मकैमा भन्दा ३५  गुणा र गहुँभन्दा ८.८  गुणा बढी क्याल्सियम पाइन्छ
  • कोदोमा चामल भन्दा २.३ गुणा मकैभन्दा ३.७ गुणा र गहुँभन्दा १.५ गुणा बढी फलाम पाइन्छ

विभिन्न रैथाने बालीहरुको महत्व तथा विशेषताहरु

कोदो:-

  • सीमान्त जमिनमा खेती गरिने कोदो बालीले देशको खाद्य तथा पोषण सुक्षामा ठुलो योदान पुराएको
  • धेरै जसो जाँड, रक्सी, तुम्बा वनाउन प्रयोग हुने
  • खडेरी, सुख्खा सहन सक्ने
  • सीँचित असिंचित दुबै अवस्थामा उत्पादन दिन सक्ने
  • नेपालको धान, मकै, गहुँ पछि चौथो वाली
  • धेरै वर्ष सम्म भण्डारण गर्न सकिने
  • मधुमेह, युरिक एसिड, रक्तचाप, दम, रुघाखोकी, कब्जियत पेट दुख्ने आदिको लागि उपयुक्त
  • पौष्टिकताले भरपुर खाधान्य बाली
  • दुधमा जस्तै मिथायोनिन र सल्फरयुक्त एमिनो एसिड पाइने
  • यसको उपयोगले रगतमा बोसो र कोलस्टोरेलको मात्रा घटाउने
  • गर्भवती तथा बालबालिकालाई पोषिलो भोजन
  • कोदोको नल पोषिलो हुने हुँदा पशुआहारको रुपमा पनि प्रयोग हुने

फापर:-

  • थौरे लगानी र विविध हावापानीमा यसको खेती गर्न सकिने
  • छोटो समयमा सजिलैसँग यसबाट उत्पादन लिन सकिने
  • विग्रदो हावापानी र मानव स्वास्थयको लागि यसको विशेष भुमिका रहने
  • नेपालमा सबै क्षेत्रमा यसको खेती गर्न सकिने
  • वहुउपयोगी र बहुगुणी भएकोले वजारमा यसको माग वढ्दो रहेको
  • न्युन लगानीमा उत्पादन गर्न सकिने फापरलाई आपतकालिन बालीको रुपमा लिइन्छ कुनै अन्य बाली असफल भएमा तुरन्तै फापर लगाउन सकिन्छ
  • हरियो सागको रुपमा प्रयोग गर्न सकिन्छ
  • खेती गरिने बालीमध्ये फापर औषधीय गुणको लागि अब्बल मानिन्छ
  • फापरमा रुटिन पदार्थ हुनु यसको विशेषता हो। खेती गरिने अन्य कुनै पनि वालीहरुमा यो पदार्थ पाइदैन । यस पदार्थले कोसिका बलियो बनाउने, रक्त बहने रोगको औषधीको रुपम प्रयोग गरिन्
  • फापर बाली सुन्दर र पर्यावरणमा योगदान दिने भएकोले कृषकहरुले पनि मनपराउने मह उत्पादन गर्न, खाधच सुरक्षामा, रोटीको रुपमा, यसको खेष्टा सिरानी बनाउन
  • शुद्ध अन्नको रुपमा लिएको र मन्दिरमा चढाउने
  • चैत्र पूजामा विशेष प्रयोग हुने
  • विषालुवस्तु खाएमा फापर खाने

कागुनो:-

  • पौष्टिकताले भरपुर बाली
  • यसबालीलाई धान र गहुँ भन्दा श्रेष्ठकर बाली मानिन्छ
  • यसमा पोलिफिनोल्स, ट्यानिन्स, स्यापोनिन्स, अल्कोलोइड्स, फ्लाभोनोइडस जस्ता क्यान्सर निरोधक रसादिहरु पाइने
  • अन्य आडिलो खाना पचाउन नसक्ने व्यक्तिका साथै गेष्ट्रिक, मधुमेह, उच्च रक्तचाप आदिका बिरामीले कागुनोको भात राम्रो मानिन्छ
  • कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाहरुमा खाद्य तथा पोषण सुरक्षामा यसले महत्वपूर्ण भूमिका खेलेको छ
  • कम वर्षा हुने, कम उर्वर भूमिमा, सिँचित र असिंचित दुवै अवस्थामा कम लागतमै उत्पादन दिन सक्ने बाली
  • जुम्लाको रैथाने बाली
  • छोटो समयमा (३-४ महिना) मा पाक्ने भएकोले अन्य बाली असफल भएको अवस्थामा पनि पुरक बालीको रुपमा खेती गर्न सकिने
  • चोखो अनाजको रुपमा लिइने
  • नेपालको पर्यटन प्रवर्द्धनको लागि कोदोको ढिंडो जस्तै कागुनोको खीर, सेलरोटी, स्थानिय मदिरा, कुखराको मासु आदि होमस्टेहरुले मेनुमा राख्ने प्रचलन बढ्दो
  • प्रतिकुल समयमा पनि धेरै थोरै उत्पादन दिने हुँदा भोकमरीबाट बचाउन भूमिका खेल्ने

चिनोः-

  • यसमा धान र गहुँमा भन्दा प्रोटीन र फाइबरको मात्रा बढी पाइन्छ
  • अन्न वालीहरुमध्ये सबैभन्दा कम पानी चाहिने र सुख्खाग्रस्त क्षेत्रमा सहायक बालीको रुपमा पनि प्रयोग गर्न सकिने हुँदा यसको महत्व धेरै रहेको
  • मख्य बाली लिन नसक्ने अवस्थामा पनि यो वाली लिन सकिने
  • आपतकालिन भोकमरी र खाध अभावको समयमा ठुलो टेवा पुराउने
  • यो बाली चाँडै पाक्ने भएकोले उपयुक्त मध्यान्तर बालीको रुपमा प्रयोग गर्न सकिने
  • यसको प्रोटीनमा लाइसिनको मात्रा अन्य अधिकाँश अन्नबाली भन्दा धेरै पाइने
  • यसलाई भुटेर खाजा, खीरको रुपमा तथा स्वादिलो रोटीको रुपमा प्रयोग गर्न सकिने
  • कर्णाली क्षेत्रमा खाध सुरक्षामा ठुलो सेवा पुराइरहेको
  • यसमा फेनोल्स, फाइटेटस नाम गरेको क्यान्सर निरोधक रसादीहरु पाइने
  • विभिन्न कपाल झर्ने समस्याका लागि चिनोको भात खानु उपयोगी मानिएको
  • मधुमेह रोगको समस्याका भएका मानिसका लागि चिनो अति उत्तम खानेकुरा
  • यसमा ग्लुटिन नामको प्रोटीन नपाइने हुँदा ग्लुटीनको एलर्जी हुने व्यक्तिहरुलाई चिनो अति लाभदायक हुन्छ

लट्टे:-

  • यसलाई मार्से पनि भनिन्छ र यो एक बहुयोगी वाली हो। यसलाइ हरियो रुपमा साग तथा दाना भुटेर प्रयोग गरिन्छ
  • यसको सागमा क्याल्सयिम र म्याग्निसियम, फोलिक एसिड, भिटामिन सी प्रचुर मात्रामा पाइन्छ
  • महिलाहरु महिनावारी वा सुत्केरी भएका महिलामा रक्तश्राव धेरै भएमा यसको दाना भुटेर वा रोटी बनाएर सेवन गर्नाले लाभ पुग्ने देखिन्छ
  • मार्सेका दाना ग्लुटिन रहित हुने हुनाले ग्लुटिन पचाउन नसक्नेहरुका लागि यो बाली लगाएको पाइने
  • यसको दाना ९०% सम्म पचाउन सकिने भएकोले भुटेर दुध सँग खाने चलन छ
  • दैनिक ५०-१०० ग्राम लट्टेको साग खाने गरेमा केटाकेटीमा हुने अन्धोपन कम भएको पाइएको
  • यसको सागमा प्रचुर मात्रामा पोटास हुने भएकोले मुटु रोगीको लागि लाभदायक मानिन्छ
  • नेपालको मध्य र सुदुरपश्चिम क्षेत्रमा यो बाली अत्त्यन्त कम लागतमा उत्पादन गरिने हुँदा सीमान्तकृत जमिनको उपयोगमा यो बाली उपयुक्त हुने
  • करेसाबारीमा एक पटक लगाइ फूल्न र फल्न दिएमा हरेक वर्ष स्वत उग्नेर करेसावारीको उतेपादकत्व बढाउन पनि सहयोग गर्दछ

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1061
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

World famous scientists and their birthplaces
Others

विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरू र उनीहरूको मूल थलो (जन्मदेश)

  • Jun 15, 2026
  • 117
CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 139
Protected mammals, birds and reptiles in Nepal
Others

नेपालमा संरक्षित स्तनधारी, पंक्षी र घस्रने जन्तुहरू

  • Jun 14, 2026
  • 124
Major medical discoveries
Others

प्रमुख चिकित्सा सम्बन्धी आविष्कारहरू

  • Jun 14, 2026
  • 94
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA