Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा बढी सेना पठाउने देश, “नेपाल”

  • Ajnabee Khadka
  • February 08, 2024
  • 852

राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा बढी सेना पठाउने देश, “नेपाल”

राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा बढी सेना पठाउने देश, “नेपाल”

संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना परिचालनको वेबसाइटले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार नेपाल अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशलाई उछिन्दै सबैभन्दा धेरै सेना परिचालन गर्ने राष्ट्र बनेको छ ।

  • नेपालले सन् १९५८ देखि संयुक्त राष्ट्रसङ्घीय पर्यवेक्षक समूह (United Nations Observer Group in Lebanon (UNOGIL)) लेबनानमा पाँच पर्यवेक्षक पठाएर संयुक्त राष्ट्रसंघको शान्ति प्रयासमा सहभागी हुन थालेको थियो।
  • पुरानो गोरख गणलाई सन् १९७४ मा संयुक्त राष्ट्रसंघीय आपतकालीन बल (United Nations Emergency Force (UNEF–II)), इजिप्टमा पहिलो नेपाली टोलीको रूपमा पठाइएको थियो।
  • सन् १९५८ देखि हालसम्म १ लाख ४९ हजार ८९० नेपाली शान्ति सैनिकले संयुक्त राष्ट्रसंघीय मिसनमा सेवा गरेका छन् । यो संख्यामा नेपाल प्रहरीका ८ हजार ६ सय १५ र सशस्त्र प्रहरी बलका ८ हजार ७ सय ८५ सदस्य रहेका छन् ।
  • नेपाली सेनाका अनुसार कंगो, दक्षिण सुडान, अबेई सुडान, पश्चिमी सहारा, इजरायल, लेबनान, माली, सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, इराक र यमनमा नेपाली शान्ति सैनिक तैनाथ छन् ।
  • संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेनाको सहभागिता ६४ वर्ष लामो र ४४ संयुक्त राष्ट्र नियोगहरू समेटिएको छ।
  • नेपाली सेनाका अनुसार शान्ति सेनाको सम्पूर्ण यात्रामा ७३ नेपाली शान्ति सैनिकको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् ।

Categories

  • Current Affairs 851
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 76
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 101
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 93
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 344
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 285
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA