Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा भएका महत्वपूर्ण राजनीतिक आन्दोलन र द्वन्दको सूची

  • Ajnabee Khadka
  • March 18, 2024
  • 3495

नेपालमा भएका महत्वपूर्ण राजनीतिक आन्दोलन र द्वन्दको सूची

नेपालमा भएका महत्वपूर्ण राजनीतिक आन्दोलन र द्वन्दको सूची
  • २००७ सालको क्रान्ति – २००७ सालको क्रान्तिलाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भनिन्छ। देशमा विद्यमान एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो।

  • नेपालको जनआन्दोलन २०४६ वा जनआन्दोलन १ –  नेपालको जनआन्दोलन २०४६ नेपालमा बहुदलीय व्यवस्थाको लागि भएको शान्तिपूर्ण आन्दोलन थियो जसले नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको सुरुवात गरेको थियो।वि.सं. २०४६ साल फागुन ७ देखि चैत २६ सम्म चलेको यस आन्दोलनको अन्त्य वि.सं. २०४६ चैत २६ गते नेपालका तत्कालीन राजा वीरेन्द्रले नेपाली काङ्ग्रेसका नेताहरूलाई सहमतिका लागि बोलाएका थिए र सोहि दिन भएको सम्झौता अनुसार निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्बाहली भएको थियो।

  • माओवादी जनयुद्ध -माओवादी जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व हो जुन तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकार बीच बि.सं. 2 २०५२ साल देखि २०६३ सम्म चलेको थियो। विद्रोह नेकपा-माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देशका साथ यसको सुरुवात गरेको थियो। वि.सं.२०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग यस युद्ध समाप्त भएको थियो।यो द्वन्द्वलाई मृत्युदण्ड, नरसंहार, अपहरण र अन्य युद्ध सम्बन्धित अपराध र मानवता विरुद्धका कार्यहरूले प्रतिनिधित्व गरेको छ।

  • नेपालको जनआन्दोलन २०६२/२०६३ वा जनआन्दोलन २ – नेपालको जनआन्दोलन २०६२/२०६३ नेपालमा भएको शान्तिपूर्ण आन्दोलन थियो जुन १९ दिनसम्म चलेको थियो। यस आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसालेको थियो। यस आन्दोलनमा विभिन्न राजनीतिक दल र शसस्त्र युद्ध गरिरहेको माओवादी समेत सम्मिलित भएको थियो।

  • मधेश आन्दोलन –  मधेश आन्दोलन नेपालमा रहेका मधेसी थारु, मुस्लिम र जनजाति समूहको समान अधिकार, मर्यादा र पहिचानका लागि विभिन्न राजनीतिक दलहरू, विशेषगरी मधेसमा रहेका दलहरूद्वारा सुरु गरिएको राजनीतिक आन्दोलन थियो। झण्डै एक दशकमा नेपालले तीनवटा मधेश आन्दोलन देखेको छ – पहिलो मधेस आन्दोलन २००७ मा, दोस्रो मधेस आन्दोलन २००८ मा र तेस्रो मधेस आन्दोलन २०१५ मा ।

  • २०७७ सालको नेपाल विरोध: २०७७ सालको नेपाल विरोध सरकारी भ्रष्टाचार, आर्थिक कुप्रबन्ध र अधिनायकवाद विरुद्धको विरोधको श्रृंखला थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि यो आन्दोलनले तिब्र रुप लिएको थियो। नेकपाको आन्तरिक कलहको निहुँमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा यो आन्दोलन गरिएको थियो।

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1060
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 89
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 85
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 94
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 53
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 47
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA