Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

शिक्षक सेवा आयोग प्राथमिक तह तृतीय श्रेणी २०८१/०३/२२ मा सोधिएका प्रश्नहरू

  • Ritisha Shakya
  • July 08, 2024
  • 1092

शिक्षक सेवा आयोग प्राथमिक तह तृतीय श्रेणी २०८१/०३/२२ मा सोधिएका प्रश्नहरू

शिक्षक सेवा आयोग प्राथमिक तह तृतीय श्रेणी २०८१/०३/२२ मा सोधिएका प्रश्नहरू

१.विश्व जनसंख्या दिवस कहिले  मनाइन्छ ?

A. जुलाई ११

B. जुन ११

C. मे २२

D. सेप्टेम्बर ८

२. अस्तव्यस्त ( jumbled ) अंग्रेजी अक्षर ” SOINE ” लाई अर्थपूर्ण शब्द बनाई त्यसको विपरितार्थक शब्द तलका मध्ये कुनचाहिँ हो ? पत्ता लगाउनुहोस् ?

A. ANGER

B. WORRY

C. PEACE

D. HAPPY

३.शास्वीय सम्बन्धन सिद्धान्तमा उद्दीपकको पहिचान गरेर फरक व्यवहार वा प्रतिक्रिया जनाउनुलाई के भनिन्छ ?

A. सामान्यीकरण

B. विभेदीकरण

C. स्वत:स्फूर्त प्राप्ति

D. विलोपन

४. शिक्षक तालिम कार्यक्रमको पहिलो चरणमा कुन कार्य गरिन्छ ?

A. सहभागीको आवश्यकता पहिचान

B. तालीमको उद्देश्य निर्धारण

C. पाठयविषयको निधारण

D. तालिम कार्यक्रम कार्यान्वयन

५. परिस्थिति पद्धति ( ecosystem ) का तीन प्रमुख जैविक तत्त्वहरू अन्तर्गत के के पर्दछन् ?

A. उत्पादक, वितरक र बिच्छेदक

B. सर्जक, उपभोक्ता र बिच्छेदक

C. उत्पादक, संरक्षक र बिच्छेदक

D. उत्पादक, उपभोक्ता र बिच्छेदक

६.परेवालाई शान्तिको प्रतीक मानिए जस्तै सेतो झन्डालाई के को प्रतीक मानिन्छ ?

A. आत्मासम्पर्ण

B. मित्रता

C. विजय

D. लडाई

७.” गर्दै सिक्दै ” ( Learning by doing ) सिकाइ सिद्धान्तका प्रतिपादक को हुन् ?

A. थर्नडाइक

B. कोहलर

C. प्याभलभ

D. टोलम्यान

८. तल दिएका मध्ये कुन चाहिँ Device मा कम्प्युटर बन्द ( Shutdown ) भए प पधात पनि Data memory रहिरहन्छ ?

A. RAM

B. ROM

C. Mother board

D. माथिका सबै

९. संयुक्त राष्ट्रियसंघीय सुरक्षा परिपदका पाँच स्थायी सदस्य राष्ट्रिय कुन कुन हुन् ?

A. अमेरिका, जापान, चीन , फ्रान्स र बेलायत

B. अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत

C. अमेरिका, जर्मन, रुस, फ्रान्स र बेलायत

D. अमेरिका, जापान, जर्मन, रुस र बेलायत

१०. पेम्बाभन्दा पासाङ कान्छा छन् र नोर्गेभन्दा पेम्बा कान्छा छन् भने निम्नलिखित कठनहरूमा सबैभन्दा उपयुक्त कठन कुन हो ?

A. पासाङ भन्दा नोर्गे कान्छा छन् |

B. पासाङभन्दा नोर्गेजेठा छन् |

C. नोर्गेभन्दा पासाङ जेठा छन् |

D. पेम्बा र नोर्गे बराबर उमेरका छन् |

११. संयुक्त राष्ट्रसंघको विशिष्टिकृत संस्था संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन ( UNESCO ) को प्रधान कार्यालय कहाँ रहेको छ ?

A. जेनेभा, स्विट्जरल्याण्ड

B. वासिङटन डिसी, अमेरिका

C. रोम, इटाली

D. पेरिस, फ्रान्स

१२. शिक्षा, विज्ञान तथा निजी मन्त्रालयले विद्यार्थीहरूको एकीकृत अभिलेख राख्न कुन Software Application विकास गरेको छ ?

A. IEMIS

B. EMIS

C. NOC

D. माथिका सबै

१३. शिक्षक निर्देशिकाको मुख्य प्रयोजक के हो ?

A. सिकाइको उद्देश्य निर्धारण

B. सिकाइ कार्यकलाप निर्धारण

C. शिक्षण सामग्रीको छनोट

D. विद्यार्थी मूल्याइन प्रक्रिया छनोट

१४. If HOUSE is coded as 50214 and LEMON is coded as 34706, then how is HELEN coded ?

A. 34464

B. 54364

C. 53446

D. 54346

१५.” समाज सापेक्ष पाठ्यक्रमले समाजको आकांक्षा गर्न सक्दछ | ” यो भनाइले पाठ्यक्रमको कुन पक्षमा जोड दिन्छ ?

A. सान्दर्भिकता

B. विक्षृसनीयता

C. पर्याप्ता

D पाठ्यवस्तुको स्थापना

१६ . सूर्य तलको मध्ये कुन रेखामाथि सिधा पर्दा दिन र रात बराबर हुन्छ ?

A. कर्कट रेखा

B. मकर रेखा

C. सुमेरु रेखा

D. भूमध्य रेखा

१७. नेपाल सरकारबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बक्तव्य मार्फत घोषित गण्डकी आर्थिक त्रिभुज परियोजनाले कुन कुन स्थानलाई समेट्दछ ?

A. भरतपुर, लुम्बिनी, दमौली

B. हेटौडा, लुम्बिनी, जोमसोम

C. वीरगञ्ज, तानसेन, पोखरा

D. भरतपुर, बुटवल, पोखरा

१८.दिइएको अनुक्रममा …. कतिवटा हुन्छ ?

15 , 13 , 10 , …. , 1

A. 7

B. 6

C. 5

D. 4

१९.एक डिग्री ( १° ) देशान्तर बराबर कति मिनेटसम्मको फरक पर्दछ?

A. २ मिनेट

B. ३ मिनेट

C. ४ मिनेट

D. ५ मिनेट

२०. विद्यार्थीले कक्षापूर्व दिएको शिक्षण साम्राजी अध्ययन गरी कक्षा (online समेत ) मा शिक्षकसँग अन्तरक्रिया गर्ने अवधारणालाई के भनिन्छ ?

A. Tactile learning

B. Flipped classroom

C. Cooperative learning

D. Adaptive learning

२१. नेपाल सरकारले नेपालको चुच्चे नक्सालाई कुन नोटमा समावेश गर्ने निर्णय गरेको छ ?

A. रू . १०००

B. रू . ५००

C. रू . १००

D. रू .५०

२२. पाठ्यक्रममा विष्यवस्तुको पर्याप्तालाई तलका मध्ये कुन तत्त्व अन्तर्गत सम्बोधन गरिन्छ ?

A. क्षेत्र र क्रम

B. सिकाइ उपलब्धि

C. शिक्षण क्रियाकलाप

D. विद्यार्थी मूल्याइन

२३.” नयाँ संसार” उपनामले चिनिने महादेश कुन हो ?

A. उत्तर अमेरिका

B. अन्टार्कटिका

C. दक्षिण अमेरिका

D. अस्ट्रेलिया

२४. Digital शिक्षण सिकाइमा LMS हुनाले के बुझिन्छ ?

A. Learning Module Software

B. Learning Management Software

C. Learning Management System

D. Learning Module System

२५. विद्यालय शिक्षाको व्यवस्थापनका लागि बि .सं २०५६ साल जेठ ९ गते नेपालमा तलकामध्ये कुन निकास स्थापना गरिएको थियो ?

A. शैक्षिक गुनास्तर परीक्षण केन्द्र

B. शिक्षक सेवा आयोग

C. राष्ट्रिय परीक्षा बोर्ड

D. शिक्षा विभाग

२६. शिक्षण सिकाइ प्रणालीमा ज्ञाततिर, विशिष्टबाट सामान्यतिर र ठोसबाट भावनात्मकतातिर जोड दिने विधि तलका मध्ये कुन हो ?

A. खोज विधि

B. आगमन विधि

C. निगमन विधि

D. मेन्टोरिङ विधि

२७. अपि हिमाल कुन जिल्लामा गर्दछम ?

A. सोलुखुम्बु

B. दार्चुला

C. ताप्लेजुङ

D. गोरखा

२८. समाजिक संजालमा अपरिचित व्यक्तिको प्रोफाल विस्तृत्तमा हेर्नुलाई के भनिन्छ ?

A. Phishing

B. Spamming

C. Cyber Crime

D. Stalking

२९. कुन अर्थमा शिक्षालाई जीवनपर्यन्त चलिरहने प्रक्रियाका रूपमा लिइन्छ ?

A. शाब्दिक अर्थ

B. संकुचित अर्थ

C. व्यापक अर्थ

D. सान्दर्भिक अर्थ

३०. आँखाले पढ्न नसक्ने विद्यार्थीहरूका लागि सुनेर बुझ्नका लागि कुन प्रकारको साधन सबैभन्दा बढी उपयुक्त हुन्छ ?

A. टेलिभिजन

B. ब्रेल लिपि

C. रेडियो

D. माथिका सबै

३१. कुन ताललाई महेन्द्र ताल भनेर पनि चिनिन्छ ?

A. तिलिचो ताल

B. च्छो रोल्पा ताल

C. रारा ताल

D. शे- फोक्सुन्डो ताल

३२. ” कसैलाई पनि निजको इच्छा विरुद्धमा काममा लगाउन पाइने छैन |” को संविधानमा यो प्रावधान कुन मौलिक हक अन्तर्गत राखिएको छ ?

A. स्वतन्त्रताको हक

B. सम्मानपूर्वक बाँच्न पाउने हक

C . शोषण विरुद्धको हक

D. न्याय सम्बन्धी हक

३३. शिक्षण सिकाइका सन्दर्भमा शिक्षा मनोविज्ञान को प्रयोग तलका मध्ये कुन पक्षबाट सुरु हुन्छ ?

A. सिकारुको पहिचान

B. विधिको पहिचान

C. सिकाइ प्रकृयाको पहिचान

D. सिकाइ उपलब्धिको पहिचान

३४. तलका मध्ये कुन प्रयोजन का लागि सामान्यता: निर्माणायत्मक मूल्याइन गरिँदैन ?

A. प्रगतिको निरन्तर लेखाजोखा गर्ने

B. सिकारुको औसत कमजोरी पहिल्याउन

C. सिकारुका कमजोरी सुधार गर्न

D. शिक्षण सिकाइ विधि परिवर्तन गर्न

३५. नेपालको भाषा, संस्कृति र रीतिरिवाजको आधारशीलाको रूपमा चिनिन सिंजा सभ्यताको विकास भएको सिंजा उपत्यका कुन जिल्लामा पर्दछ ?

A. कालिकोट

B. मुगु

C. जुम्ला

D. डोल्पा

३६. विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिई नेपालमा विद्यालय खोल्नका लागि कुन निकायमा निवेदन दिनु पर्छ ?

A. सम्बन्धित स्थानीय तह

B. शिक्षा विकास तथा समन्वय इकाइ

C. शिक्षा तथा मानवस्रोत विकास केन्द्र

D. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

३७. बाल मनोविज्ञानको अध्ययनका सन्दर्भमा तलको कुन पक्ष मानव बुद्धिसँग सम्बन्धित छ ?

A. व्यवस्थित तथा समानुपातिक परिवर्तन

B. निरन्तर निर्देशित प्रगतिशील परिवर्तन

C. संरचनात्मक र मानसिक परिवर्तन

D. मृत्युपर्यन्त स्थायी परिवर्तन

३८. आधारभूत तहको कक्षा ३ मा गणित विषयको मूल्याइन सहपाठी मूल्याइन गर्दा कुन साधन प्रयोग गर्नुपर्छ ?

A. रुबिक्रस

B. चित्र

C. अबलोकन

D. मौखिक पत्र

३९. नेपालको लिम्बू जातिले गाउने गीत तलका मध्ये कुन हो ?

A. पालम गीत

B. होरी गीत

C. इयाउरे गीत

D. असारे गीत

४०. शिक्षा नियमावली, २०५९ अनुसार विद्यालयको लेखा परीक्षण गराउने जिम्मेवारी कसको हो ?

A. प्रधानाध्यापक र लेखा हेर्ने कर्मचारी

B. गाउँ तथा नगर शिक्षा समिति

C. विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापक

D. स्थानीय तह र सम्बन्धित शिक्षा अधिकृत

४१. मनोविज्ञानलाई आत्माको विज्ञानका रूपमा कसले व्याख्या गरेको हुन् ?

A. स्किनर

B. डेमोक्रिटस

C. विलियम जेम्स

D. जोनलक

४२. कक्षा कोठा व्यवस्थापनको अवधारणा भित्र तलका मध्ये कुन प्रयोजनका लागि कक्षाकोठा व्यवस्थापन गर्नु पर्दैन ?

A. सकारात्मक सिकाइ वातावरण सिर्जना गर्ने

B. सिकारुलाई सिकाइप्रति जिम्मेवार बनाउन

C. शिक्षक विद्यार्थीबीच असल सम्बन्ध विकास गर्ने

D. गृहकार्य तथा परियोजना कार्य सम्पन्न गराउन

४३. नेपालमा सार्वजनिक किन ऋणमाथिको निर्भरता बढ्दै जानुको मूलभूत कारण के रहेको छ ?

A. लक्ष्यअनुरूप पुँजीगत खर्च हुन नसक्नु

B. निक्षेप र कर्जाको ब्याजदर घट्दै जानु

C. ब्यापार घाटा बढ्दै जानु

D. आन्तरिक स्रोत परिचालनमा सुधार हुन नसक्नु

४४. शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार शिक्षक सेवा आयोगले कार्यक्षमताको आधारमा बढुवाको लागि सम्बन्धित विषयमा अनुसन्धान गरी वापत अधिकतम कति अङ्क दिन सकिने व्यवस्था छ ?

A. १५. अङ्क

B. १२ अङ्क

C. १० अङ्क

D. ५ अङ्क

४५. कक्षा कोठामा सिकाइको सहज स्थानातरण भयो भने त्यहाँ कुन तत्त्वले प्रभाव पारेको हुन्छ ?

A. विषयवस्तुको प्रकृति

B. शिक्षण विधि

C. विषय बस्तु सङ्गठन

D. सिकाइ प्रक्रिया

४६. कक्षा १ मा पढ्ने कुनै विद्यार्थीले नेपाली भाषामा कान भन्दा शरीरको अङ्ग भन्ने नबुझी अर्कै धारणा बनाए भने तिनलाई सही धारणा दिने गरी सिकाइ व्यवस्थापन गर्न शिक्षकले के प्रयोग गर्नुपर्छ ?

A. चित्र र शब्द

B. शब्द र उच्चारण

C. चित्र र मातृभाषा

D. मातृभाषा र उच्चारण

४७. नेपालका कुन कुन ठाउँलाई क्रमश: बर्थिङ हब (Birthing Hub ) र वेडिङ हब (Wedding Hub ) को रूपमा प्रबर्दन गर्ने विषय आर्थिक वर्ष २०८१/८२ को बजेट बक्तव्यमा उल्लेख भएको छ ?

A. लुम्बिनी र जनकपुर

B. पोखरा र बिराटनगर

C. भरतपुर र नेपालगञ्ज

D. धरान र धुलिखेल

४८. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेको नयाँ प्रकारको विद्यालय तलको मध्ये कुनचाहिँ सही हो ?

A. सामुदायिक विद्यालय

B. सहकारी विद्यालय

C. परम्परागत तथा धार्मिक विद्यालय

D. संस्थागत विद्यालय

४९. शिक्षकले तलका मध्ये कुन उपाय प्रयोग गरेर विद्यार्थीमा उत्प्रेरणा जगाउन सक्छन् ?

A. कामको परिणाम बारे जानकारी दिएर

B. दण्ड र दोषारोपण गरेर

C. आवश्यकता पूर्ति गरिदिएर

D. गृहकार्य र परियोजना कार्य दिएर

५०. कक्षा शिक्षणमा कुनै एकजना समस्या मूलक विद्यार्थीको बारेमा गुणात्मक तथ्य प्रमाण खोजेर गहन अध्ययन गरी उसको सिकाइ सुधारका लागि कक्षाकोठामा नयाँ शिक्षण कला प्रयोग गरिने शैक्षिक अनुसन्धान कस्तो प्रकारको अनुसन्धान हो ?

A. कार्यमूलक अनुसन्धान

B. घटना अध्ययन

C. प्रयोगात्मक अनुसन्धान

D. व्यवहारिक अध्ययन

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 42
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 37
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 37
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 108
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA