लिच्छविकालीन प्रशासनिक निकायहरू
.jpg)
लिच्छविकालीन प्रशासनिक निकायहरू
लिच्छविकालमा विभिन्न प्रशासनिक कार्यहरूका लागि छुट्टाछुट्टै निकाय तथा अड्डाहरूको व्यवस्था गरिएको थियो। ती निकायहरू निम्नानुसार छन्:
🔷 प्रमुख प्रशासनिक अड्डा/निकायहरू:
-
कुथेर – त्रिकर (तीन प्रकारका कर) उठाउने अड्डा
-
पूर्वाधिकरण – राज्यको पूर्वी भागको प्रशासन हेर्ने अड्डा
-
पश्चिमाधिकरण – राज्यको पश्चिमी भागको प्रशासन हेर्ने अड्डा
-
मठ्ठाधिकरण – जात र धर्मसम्बन्धी कार्य तथा देखरेख गर्ने अड्डा
-
पिरलजाधिकरण – विशेष प्रयोजनका लागि प्रयोग हुने अड्डा
-
महाधिकरण – पुख्र्यौली परम्परा र परम्परागत अभ्यासहरू गर्न लगाउने अड्डा
🔷 अन्य प्रशासनिक निकायहरू:
-
विष्टि – श्रम व्यवस्थापन तथा जबरजस्ती श्रम (forced labour) को बन्दोबस्त गर्ने
-
कुथेर अधिकरण – जग्गा-जमिनको कर (कुत) वा मालपोत उठाउने कार्य गर्ने
-
माप्चोक – विवाह र पारिवारिक सम्बन्ध (जस्तै: पारपाचुके) सम्बन्धी कार्य हेर्ने
-
लिंगवल – कुलो, पैनी, बाँध, बाटो–घाटो जस्ता सार्वजनिक संरचना हेर्ने
-
शुल्ली/शोल्ल अधिकरण – पाँच प्रकारका अपराध (पञ्चपराध):
-
चोरी
-
हत्या
-
परस्त्रीगमन
-
राष्ट्रद्रोह
-
ती अपराधमा संलग्नहरूलाई सहयोग गर्ने
यी अपराधहरूको छानबिन गरी न्याय दिने निकाय
-
🔷 लिच्छविकालीन कर प्रणाली (त्रिकर):
लिच्छविकालमा त्रिकर प्रणाली प्रचलित थियो। त्रिकर भन्नाले तीन प्रकारका कर बुझिन्छ:
-
भागकर – भूमिमा वा कृषिमा लाग्ने कर
-
भोगकर – पशुपालनमा लाग्ने कर
-
कर – उद्योग, व्यापार, र वाणिज्यमा लाग्ने कर
कृषिमा लाग्ने करहरूको व्यवस्थित सुरुआत पनि यही कालदेखि भएको पाइन्छ।