विश्व रक्तदाता दिवस, २०२६
- दिवस मनाइने मिति: हरेक वर्षको जुन १४
- महत्व: जीवन बचाउनका लागि नि:स्वार्थ रूपमा रगत दान गर्ने विश्वभरका लाखौँ ऐच्छिक तथा अवैतनिक (unpaid) रक्तदाताहरूलाई सम्मान र धन्यवाद व्यक्त गर्ने वैश्विक उत्सव
- रगतको आवश्यकता र उपयोगिता: स्वास्थ्य प्रणालीको मेरुदण्डका रूपमा आपतकालीन अवस्था, प्रसूति (childbirth), शल्यक्रिया (surgeries), क्यान्सरको उपचार, र विभिन्न गम्भीर स्वास्थ्य समस्या भएका बिरामीहरूको दीर्घकालीन हेरचाहका लागि रगत र प्लाज्मा अपरिहार्य हुन्छ,
- सन् २०२६ को नारा: "One Drop of Humanity. Give Blood. Save Lives."
- सन्देश: यस अभियानले प्रत्येक सानो रक्तदानलाई केवल चिकित्सा प्रक्रिया मात्र नमानी, यसलाई आपसी ऐक्यबद्धता, करुणा र सामूहिक जिम्मेवारीको एउटा शक्तिशाली कडीका रूपमा चित्रण गर्दै मानवतालाई केन्द्रमा राखेको,
- वर्तमान चुनौतीहरू
- विज्ञान, परीक्षण र रगत सुरक्षा प्रणालीमा ठूलो प्रगति भए तापनि सुरक्षित रगतको उपलब्धता अझै पनि नियमित र ऐच्छिक रक्तदाताहरूमा नै निर्भर,
- धेरै देशहरूमा अझै पनि सुरक्षित रगत र रगतजन्य उत्पादनहरूको अभाव छ। विशेष गरी न्यून र मध्यम आय भएका देशहरूमा सुरक्षित रगतको न्यायोचित पहुँचमा असमानता कायमै,
- यस वर्षको अभियानका मुख्य उद्देश्यहरू
- नियमिततामा जोड: विश्वभर नियमित, ऐच्छिक र अवैतनिक रक्तदानमा निरन्तर वृद्धि ल्याउनु,
- सचेतना अभिवृद्धि: रगत र प्लाज्मा दानले बचाउने अमूल्य जीवन र यसको प्रभावबारे जनचेतना जगाउनु,
- मूल्य मान्यताको प्रवर्द्धन: रक्तदाताहरूको महत्त्वपूर्ण योगदानको कदर गर्दै समाजमा ऐक्यबद्धता र मानवीय मूल्य मान्यतालाई बढावा दिनु।,
- लगानी र सुदृढीकरण: सुरक्षित रगतको विश्वव्यापी पहुँच सुनिश्चित गर्नका लागि राष्ट्रिय रगत कार्यक्रमहरूमा लगानी बढाउन र तिनलाई सुदृढ गर्न सरकार तथा साझेदार संस्थाहरूलाई प्रोत्साहित गर्नु,
- विश्व स्वास्थ्य संगठन (WHO), रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (IFRC), इन्टरनेसनल फेडेरेसन अफ ब्लड डोनर अर्गनाइजेसन (FIODS) र इन्टरनेसनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजन (ISBT) को संयुक्त पहलमा सन् २००४ मा यो दिवसको सुरुवात गरिएको,
- नेपालमा वि.सं. २००० देखि नेपालका प्रथम रक्तदाता दयावीरसिंह कंशाकार मार्फत रक्तदान अभियानको सुरुवात भएको,