Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

CTEVT, अधिकृत तृतीय, २०८३/०३/२७

  • Ajnabee Khadka
  • July 12, 2026
  • 351

CTEVT, अधिकृत तृतीय, २०८३/०३/२७

CTEVT, Officer III, 2083/03/27

1. इरानको हालको सर्वोच्च नेता को हुन्?

A) Mojtaba Khamenei

B) Asghar Hijazi

C) Ali Larijani

D) Hassan Khomeini

2. शून्य (Zero) संख्या वा मानका आविष्कारक कसलाई मानिन्छ?

A) रामानुजन

B) आर्य भट्ट

C) चाणक्य

D) भास्कराचार्य

3. बौद्ध धर्मको मुख्य ग्रन्थ त्रिपिटकमा तलका मध्ये कुन पर्दैन?

A) विनयपिटक

B) सुत्तपिटक

C) अभिधम्मपिटक

D) धम्मपदपिटक

4. प्रत्येक किसानलाई भूमिमा पहुँच, बिउ बिजन र कृषि प्रजातिको छनौट र संरक्षणको हक हुनेछ भन्ने व्यवस्था नेपालको संविधानको कुन मौलिक हकसँग सम्बन्धित छ?

A) सामाजिक सुरक्षाको हक

B) सामाजिक न्यायको हक

C) खाद्य सम्बन्धी हक

D) श्रमको हक

5. सम्पत्ति कर कसको अधिकार क्षेत्रमा पर्दछ?

A) संघ

B) प्रदेश

C) स्थानीय तह

D) संघ, प्रदेश र स्थानीय तहको साझा

6. नेपालको प्रथम पञ्चवर्षीय योजनामा कुल रकममध्ये कति प्रतिशत खर्च भएको थियो?

A) ६०

B) ६५

C) ७०

D) ७५

7. सोह्रौं योजनाले योजनाको अन्त्यसम्ममा नेपालीको प्रतिव्यक्ति आय कति अमेरिकी डलर पुऱ्याउने लक्ष्य लिएको छ?

A) १७५६

B) २२००

C) २३५१

D) २४००

8. प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को उपाध्यक्ष मनोनयन गर्ने वा सदस्य सचिव तोक्ने सिफारिस समितिको अध्यक्ष को रहने व्यवस्था छ?

A) सम्बन्धित क्षेत्र हेर्ने राष्ट्रिय योजना आयोगका सदस्य

B) परिषद्का उपाध्यक्ष

C) मन्त्रालयले तोकेका विषय विज्ञ

D) लोक सेवा आयोगका अध्यक्ष वा निजले तोकेका सदस्य

9. प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को दूरदृष्टि (Vision) के हो?

A) Skill and Employment for Nation Building

B) Skill and Training for Prosperity

C) Skill for Employment

D) Skilling Nepal for People's Prosperity

10. प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को संगठन संरचना र दरबन्दी कसले स्वीकृत गर्ने व्यवस्था रहेको छ?

A) परिषद्को सभा

B) परिषद्

C) शिक्षा तथा खेलकुद मन्त्रालय

D) नेपाल सरकार

11. प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को रिक्त अधिकृतस्तर द्वितीय श्रेणीको पदमा रिक्त पदको कति प्रतिशत खुला प्रतियोगिताद्वारा पूर्ति हुने व्यवस्था छ?

A) १०

B) १५

C) ३५

D) ४०

12. निम्नमध्ये कुन सही होइन?

A) प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले आन्तरिक ऋण लिँदा नेपाल सरकारको स्वीकृति लिनुपर्दछ

B) त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम सभाको सदस्य हुन्छ

C) प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को स्थापना उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्नको लागि समेत गरिएको हो

D) प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले आवश्यकताअनुसार कर्मचारी नियुक्त गर्न सक्नेछ

13. प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् आर्थिक प्रशासन सम्बन्धी विनियमावली, २०६२ बमोजिम रु. ५ हजार वा सोभन्दा माथिको मालसामान सोझै बजारबाट खरिद गर्दा कुन आदेशअनुसार गर्न सकिने व्यवस्था रहेको छ?

A) खरिद आदेश स्वीकृत गराएर

B) माग फाराम स्वीकृत गराएर

C) टिप्पणी आदेश स्वीकृत गराएर

D) तोक आदेशबाट

14. विश्व इतिहासमा पुनर्जागरण (Renaissance) को सुरुवात कुन मुलुकबाट भएको हो?

A) रूस

B) जर्मनी

C) स्पेन

D) इटाली

15. Augustus तलका मध्ये केसँग सम्बन्धित छन्?

A) रोमन साम्राज्य

B) म्यानह्याटन परियोजना

C) ओलम्पिक खेल

D) अन्तरिक्ष यात्रा

16. युरोपले जेरुसेलमलाई कहिले कब्जा गरेको थियो?

A) सन् १०७१

B) सन् १०८८

C) सन् १०९५

D) सन् १०९९

17. क्षेत्रफलका आधारमा विश्वको सबैभन्दा ठूलो ताल कुन हो?

A) बैकाल ताल

B) भिक्टोरिया ताल

C) क्यास्पियन सागर

D) टोरेन्स ताल

18. एण्डिज पर्वत कुन महादेशमा रहेको छ?

A) एसिया

B) दक्षिण अमेरिका

C) युरोप

D) उत्तर अमेरिका

19. एसिया महादेशको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश कुन हो?

A) भारत

B) सिंगापुर

C) चीन

D) जापान

20. संसारको सबैभन्दा लामो समुन्द्री तट भएको देश कुन हो?

A) अष्ट्रेलिया

B) रूस

C) क्यानडा

D) इन्डोनेसिया

21. नेपालको इतिहासमा पहिलेदेखि पछि शासन गर्ने वंशको क्रम तलका मध्ये कुन सही छ?

A) लिच्छवि, मल्ल, शाह, किराँत

B) गोपाल, मल्ल, किराँत, अहिर

C) किराँत, शाह, मल्ल, लिच्छवि

D) गोपाल, किराँत, लिच्छवि, मल्ल

22. दास प्रथा कसले हटाएका थिए?

A) भीमशमशेर

B) खड्गशमशेर

C) जुद्धशमशेर

D) चन्द्रशमशेर

23. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको सबैभन्दा बढी र कम साक्षरतादर भएका जिल्लाहरू क्रमशः कुन कुन हुन्?

A) काठमाडौँ र कपिलवस्तु

B) काठमाडौँ र रौतहट

C) कास्की र महोत्तरी

D) कास्की र दार्चुला

24. जनसंख्याको हिसाबले विश्वमा नेपाल कतिऔं स्थानमा रहेको छ?

A) ४९

B) ५२

C) ६०

D) ९३

25. नेपालको अर्थतन्त्रमा कुन क्षेत्रको योगदान बढी छ?

A) सेवा

B) जलविद्युत

C) निर्माण

D) उद्योग

26. गंगापूर्ण ताल कुन जिल्लामा पर्दछ?

A) मुस्ताङ

B) कास्की

C) लमजुङ

D) मनाङ

27. 'पाता मेला' नेपालको कुन जातिमा प्रचलनमा रहेको छ?

A) धिमाल

B) मेचे

C) झाँगड

D) सतार

28. 'टप्पा नाच' कुन समुदायमा प्रचलित छ?

A) मगर

B) राई

C) लिम्बु

D) धिमाल

29. नेपालमा सबैभन्दा कम जनसंख्या भएको जाति कुन हो?

A) राउटे

B) कुसुण्डा

C) बनकरिया

D) नुराङ

30. वि.सं. २०८१ सालको मदन पुरस्कार कुन कृतिलाई प्रदान गरियो?

A) उरमाल

B) सेतो धरती

C) मुकाम रणमैदान

D) ऐँठन

31. बाघचाल खेलमा कस्तो बोर्ड प्रयोग गरिन्छ?

A) तीन बाई तीन

B) चार बाई चार

C) पाँच बाई पाँच

D) छ बाई छ

32. नेपालको पहिलो रंगीन चलचित्र कुन हो?

A) सत्य हरिश्चन्द्र

B) आमा

C) माइतीघर

D) कुमारी

33. सार्वजनिक सेवालाई प्रभावकारी बनाउन ल्याइएको नागरिक एप (Nagarik App) को औपचारिक सुरुवात नेपालमा कहिले भयो?

A) वि.सं. २०७५ फागुन

B) वि.सं. २०७६ पुस

C) वि.सं. २०७७ माघ

D) वि.सं. २०७८ वैशाख

34. कुन वैज्ञानिकलाई इलेक्ट्रिक मोटरका पिता भनेर चिनिन्छ?

A) अल्बर्ट आइन्स्टाइन

B) माइकल फाराडे

C) ग्यालिलियो ग्यालिली

D) आर्किमिडिज

35. अलेक्जेण्डर फ्लेमिङलाई चिकित्सा क्षेत्रमा सम्झनुपर्ने कारण के हो?

A) पेनिसिलिनको आविष्कार

B) मानव डीएनए को व्याख्या

C) भिटामिन डी को स्रोत पहिचान

D) एक्स-रे को खोज

36. Big Bang Theory केसँग सम्बन्धित छ?

A) भूकम्पीय अध्ययन

B) आर्थिक विकास

C) ब्रह्माण्डको उत्पत्ति र विकास

D) सापेक्षतावादको सिद्धान्त

37. मानव विकासका क्रममा सिधा उभिएर हिँड्न सक्ने मानव जातिका पूर्वज कसलाई मानिन्छ?

A) होमो इरेक्टस

B) जिनस होमो

C) होमिनोइडिया

D) आर्डिपिथेकस

38. कुन मानव अंगलाई भेस्टिजियल अंग मानिन्छ?

A) फोक्सो

B) मुटु

C) एपेन्डिक्स

D) ब्रेन

39. मानव कोष (Cell) को कुन भागमा Chromosomes रहन्छन्?

A) Cytoplasm

B) Nucleus

C) Cell Wall

D) Ribosome

40. जलवायुसम्बन्धी पेरिस सम्झौताले विश्वको तापमान वृद्धिलाई पूर्वऔद्योगिक विकासको स्तरभन्दा कति डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य राखेको छ?

A) ०.५ देखि १.०

B) १.५ देखि २.०

C) २.५ देखि ३.०

D) ३.५ देखि ४.०

41. राष्ट्रिय वातावरण नीति, २०७७ को मुख्य लक्ष्य तलका मध्ये कुन हो?

A) वातावरणीय न्यायमा पहुँच बढाउने

B) कार्बन उत्सर्जन घटाउने

C) नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गर्ने

D) वन क्षेत्रको विस्तार गरी जलवायु परिवर्तनको असरलाई न्यून गर्ने

42. Global Warming लाई रोक्ने उद्देश्यसँग सम्बन्धित वायुमण्डलमा हरितगृह ग्यासको नेट-शून्य उत्सर्जन (Net-Zero Emission) नेपालले कहिलेसम्म हासिल गर्ने प्रतिबद्धता जनाएको छ?

A) सन् २०३५

B) सन् २०४५

C) सन् २०५०

D) सन् २०९९

43. तलका मध्ये कुन देश युरोपियन युनियनको सदस्य होइन?

A) पोर्चुगल

B) फिनल्याण्ड

C) पोल्याण्ड

D) स्विट्जरल्याण्ड

44. ASEAN को संस्थापक सदस्य तलका मध्ये कुन होइन?

A) इण्डोनेसिया

B) मलेसिया

C) भियतनाम

D) थाईल्याण्ड

45. वर्ष २०२५-२६ का लागि संयुक्त राष्ट्रसंघको कुन अंगको अध्यक्षमा नेपाल चुनिएको छ?

A) महासभा

B) आर्थिक तथा सामाजिक परिषद्

C) सुरक्षा परिषद्

D) बालबालिका परिषद्

46. नेपालको विदेशस्थित महावाणिज्य दूतावासको संख्या कति रहेको छ?

A) ४

B) ५

C) ६

D) ७

47. नेपाल र भारतबिचको द्विपक्षीय सम्बन्धलाई सुधार गर्न सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (EPG) मा नेपालको तर्फबाट कसले नेतृत्व गरेका थिए?

A) भेषबहादुर थापा

B) रमेशनाथ पाण्डे

C) भेषबहादुर थापा 

C) मधुरमण आचार्य

D) नीलाम्बर आचार्य

48. पहिलो संस्करणको नेपाल प्रिमियर लिग कहिले सुरु भएको थियो?

A) विसं २०८० मंसिर

B) विसं २०८० पुस

C) विसं २०८१ मंसिर

D) विसं २०८१ पुस

49. नेपालका उच्च माध्यमिक तहका विद्यार्थीहरूको सहभागितामा निर्माण गरिएको 'मुनाल' नामक स्याटेलाइट कहिले प्रक्षेपण गरियो?

A) २१ डिसेम्बर, २०२५

B) २६ डिसेम्बर, २०२५

C) १२ जनवरी, २०२६

D) ३१ मार्च, २०२६

50. ICC Men's T20 World Cup-2026 को उपाधि जित्ने देश कुन हो?

A) भारत

B) न्युजिल्याण्ड

C) पाकिस्तान

D) दक्षिण अफ्रीका

 

Categories

  • Current Affairs 789
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

The number of countries with which Nepal has established diplomatic relations has reached 185.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८५ पुगेको

  • Sep 15, 2026
  • 52
Sandeep Lamichhane — First Nepali Player to complete 300 international wickets
Current Affairs

सन्दीप लामिछाने — ३०० अन्तर्राष्ट्रिय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

  • Sep 15, 2026
  • 24
18th BRICS Summit
Current Affairs

१८औँ ब्रिक्स (BRICS) शिखर सम्मेलन

  • Sep 15, 2026
  • 58
National Children's Day, 2083
Current Affairs

राष्ट्रिय बाल दिवस, २०८३

  • Sep 15, 2026
  • 74
First Nepal Volleyball League
Current Affairs

प्रथम नेपाल भलिबल लिग

  • Sep 15, 2026
  • 149
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA