सन्दीप लामिछाने — ३०० अन्तर्राष्ट्रिय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी
- नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो नेपाली बलरको रूपमा ऐतिहासिक कीर्तिमान बनाएका – उनले मात्र १५५ अन्तर्राष्ट्रिय इनिङ्स (१५७ खेल) मा यो कोसेढुङ्गा पार गरेका,
- कीर्तिमान कायम भएको खेल: संयुक्त अरब इमार्टिस (यूएई) विरुद्ध एसियाली क्रिकेट परिषद् (ACC) पुरुष प्रिमियर कप, २०२६ को फाइनल खेलमा – सन्दीप लामिछाने विदेशी भूमिमा एसियाली क्रिकेट परिषद् (ACC) पुरुष प्रिमियर कप जित्ने पहिलो नेपाली कप्तान बनेका,
- किर्तिमान कायम भएको मिति: सन २०२६, सेप्टेम्बर १२ (वि.सं. २०८३ भदौ २७ गते)
- आईसीसी एसोसिएट सदस्य (Associate Members) राष्ट्रकै पहिलो कीर्तिमान: सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट लिने विश्वकै पहिलो आईसीसी एसोसिएट सदस्य राष्ट्रका खेलाडी
- सन्दीप लामिछानेको विकेटको विधागत विभाजन: उनले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) मा १५८ विकेट र टी–२० अन्तर्राष्ट्रिय (T20I) मा १४२ विकेट लिएका,
- सन्दीप लामिछानेको पछिल्लो किर्तिमान: सन्दीप लामिछानेले जेठ ४, २०८३ (तदनुसार मे १८, २०२६) मा एकदिवसीय अन्तर्राष्ट्रिय (One Day International - ODI) क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान कायम गरेका,