विश्व ओजोन तह बचाउ दिवस, २०२६
- दिवस मनाइने मिति: प्रत्येक वर्ष सेप्टेम्बर १६ (तदनुसार वि.सं. २०८३ भदौ ३१ गते)
- सुरुवात वर्ष: सन् १९९५ देखि — विश्वभर पहिलोपटक सन् १९९५ सेप्टेम्बर १६ मा यो दिवस मनाइएको,
- दिवसको ऐतिहासिक पृष्ठभूमि: सन् १९८७ सेप्टेम्बर १६ मा २४ वटा राष्ट्रद्वारा ओजोन तह विनाश गर्ने तत्व घटाउनेसम्बन्धी मोन्ट्रियल प्रोटोकल (Montreal Protocol) मा हस्ताक्षर भएको स्मरणमा यो दिवस मनाइने गरिन्छ,
- संयुक्त राष्ट्रसङ्घको घोषणा: संयुक्त राष्ट्र महासभाले सन् १९९४ सेप्टेम्बर १६ मा यो दिवस मनाउने घोषणा गरेको,
- सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Montreal Protocol: Advancing Climate Action"
लोकसेवा प्रतियोगी परीक्षाका लागि ओजोन तह (Ozone Layer) सम्बन्धि उपयोगी तथ्यपत्र:
- ओजोन ग्यासको प्रकृति: ओजोन (O₃) तीनवटा अक्सिजनका परमाणुहरू मिलेर बनेको प्राकृतिक ग्यास
- मापन एकाइ तथा यन्त्र: ओजोनको कुल मात्रालाई 'डोब्सन एकाइ (Dobson Unit - DU)' मा नापिन्छ र नाप्ने यन्त्र 'डब्सन ओजोन स्पेक्ट्रोफोटोमिटर (Dobson Ozone Spectrophotometer)'
- वायुमण्डलीय अवस्थिति: मुख्यतया पृथ्वीको सतहबाट १५ देखि ३५ किमीको उचाइमा रहेको 'समताप मण्डल (Stratosphere)' मा
- ओजोनको वितरण: कुल ओजोनको करिब ९०% भाग समताप मण्डलमा र बाँकी १०% भाग क्षोभ मण्डलमा
- ओजोन ग्यासका पहिचानकर्ता: जर्मन-स्विस रसायनशास्त्री क्रिश्चियन फ्रेडरिक शोनबाइन (Christian Friedrich Schönbein)
- ओजोन तहका खोजकर्ता: फ्रान्सेली भौतिकशास्त्री चाल्र्स फेब्री (Charles Fabry) र हेनरी बुइसन (Henri Buisson)
- ओजोन तहको मुख्य कार्य र उपनाम: सूर्यका हानिकारक पराबैजनी किरणहरू सोसेर चर, अचर र वनस्पतिको रक्षा गर्ने भएकाले यसलाई 'पृथ्वीको सुरक्षा कवच (Earth's )' वा 'पृथ्वीको छाता (Earth's Umbrella)' भनिन्छ,
- ओजोन प्वाल (Ozone Hole) को परिभाषा: ओजोन तहको घनत्व २०० डब्सन युनिट (DU) भन्दा कम हुनुलाई प्राविधिक रूपमा 'ओजोन प्वाल' भनिन्छ,
- ओजोन तहलाई हानी पुर्याउने प्रमुख ग्यास: CFC (Chlorofluorocarbon)
- CFCs ले हानी पुर्याउने तथ्यका खोजकर्ता: शेरउड रोल्याण्ड (Sherwood Rowland) र मारियो मोलिना (Mario Molina)
- ओजोन संरक्षणको लागि भियना महासन्धि (Vienna Convention, 1985): ओजोन संरक्षणको पहिलो ढाँचा महासन्धि, जसलाई संयुक्त राष्ट्र सङ्घका सबै सदस्य राष्ट्रहरूले अनुमोदन गरेका,
- नेपालद्वारा भियना महासन्धि (Vienna Convention, 1985) को अनुमोदन: सन् १९९४ जुलाई ६ मा
- ओजोन तहको पुनरुत्थान सम्बन्धी वैज्ञानिक प्रक्षेपण: अन्टार्कटिकामा पुनरुत्थान अनुमान: सन् २०६६ सम्म, आर्कटिकमा पुनरुत्थान अनुमान: सन् २०४५ सम्म र बाँकी विश्वमा पुनरुत्थान अनुमान: सन् २०४० सम्म