Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संयुक्त राष्ट्र संघ (UN): प्रमुख ऐतिहासिक घटनाक्रम

  • Ajnabee Khadka
  • September 16, 2026
  • 227

संयुक्त राष्ट्र संघ (UN): प्रमुख ऐतिहासिक घटनाक्रम

United Nations (UN): Major Historical Events
मिति घटना लोकसेवा सान्दर्भिक तथ्य (परीक्षा उपयोगी मुख्य र संक्षिप्त जानकारी)

सन् १९४१ अगस्ट १४ 

एटलान्तिक बडापत्र (Atlantic Charter)

  • संयुक्त राज्य अमेरिकाका राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्ट र बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलद्वारा यु.एस.एस. अगस्टा युद्धपोतमा जारी गरिएको संयुक्त घोषणापत्र
  • क्षेत्रीय विस्तार नगर्ने, आत्मनिर्णयको अधिकार, खुला व्यापार र निःशस्त्रीकरण जस्ता युद्धपछिका शान्ति सिद्धान्तहरू प्रस्तुत गरिएको,

सन् १९४२ जनवरी १  

संयुक्त राष्ट्र संघको घोषणापत्र (Declaration by UN)

  • संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी. मा २६ मित्र राष्ट्रहरूद्वारा हस्ताक्षर गरिएको ऐतिहासिक दस्ताबेज
  • इतिहासमा पहिलो पटक आधिकारिक रूपमा 'United Nations' शब्दको प्रयोग; यो नाम अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्टले रचना गरेका,

सन् १९४३ अक्टोबर ३०

मस्को घोषणापत्र (Moscow Declaration)

  • चीन, सोभियत संघ, बेलायत र अमेरिकाका विदेशमन्त्रीहरूद्वारा हस्ताक्षरित घोषणापत्र
  • अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सार्वभौम समानतामा आधारित एक विश्वव्यापी सङ्गठन स्थापना गर्ने औपचारिक सङ्कल्प गरिएको,

सन् १९४४ अगस्ट-अक्टोबर

डम्बार्टन ओक्स सम्मेलन (Dumbarton Oaks Conference)

  • संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी. मा सम्पन्न सम्मेलनमा प्रमुख ४ शक्ति राष्ट्रहरू (चीन, सोभियत संघ, बेलायत र अमेरिका) सहभागी
  • भावी संयुक्त राष्ट्र संघका ४ प्रमुख अङ्गहरू (महासभा, सुरक्षा परिषद्, अन्तर्राष्ट्रिय न्यायालय र सचिवालय) को संगठनात्मक रूपरेखा तयार पारिएको,

सन् १९४५ फेब्रुअरी ११

याल्टा सम्मेलन (Yalta Conference)

  • रुजवेल्ट, चर्चिल र स्टालिन बीच सुरक्षा परिषद्को मतदान प्रणाली र भिटो (Veto) अधिकारको प्रयोगबारे सहमति कायम भएको,

सन् १९४५ जुन २६

बडापत्रमा हस्ताक्षर (Adoption of UN Charter)

  • संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्को सम्मेलनमा ५० संस्थापक राष्ट्रहरूद्वारा बडापत्रमा हस्ताक्षर गरिएको,
  • पोल्याण्ड अक्टोबर १५ मा हस्ताक्षर गरी ५१ औं संस्थापक सदस्य बनेको,

७. सन् १९४५ अक्टोबर २४

संयुक्त राष्ट्र संघको स्थापना (Creation of the UN)

  • सुरक्षा परिषद्का ५ स्थायी सदस्य र बहुमत हस्ताक्षरकर्ता राष्ट्रहरूले बडापत्र अनुमोदन गरेपछि आधिकारिक स्थापना
  • प्रत्येक वर्ष २४ अक्टोबरलाई 'संयुक्त राष्ट्र संघ दिवस (United Nations Day)' को रूपमा मनाइन्छ,

सन् १९४६ जनवरी १०

महासभाको पहिलो बैठक (First Session of UNGA)

  • बेलायतको लन्डनमा ५१ राष्ट्रका प्रतिनिधिहरूको उपस्थितिमा महासभाको पहिलो सत्र सम्पन्न,
  • नर्वेका ट्रिग्वे ली (Trygve Lie) संयुक्त राष्ट्र संघको पहिलो महासचिव नियुक्त भएका,

सन् १९४८ जुन

पहिलो शान्ति स्थापक मिसन (UNTSO Deployment)

  • मध्यपूर्वमा अरब-इजरायल युद्धविराम पर्यवेक्षण गर्न UNTSO परिचालन गरिएको,
  • यो संयुक्त राष्ट्र संघको इतिहासमा स्थापना भएको पहिलो शान्ति स्थापक मिसन

 सन् १९४८ डिसेम्बर १० 

मानव अधिकारको विश्वव्यापी घोषणापत्र (UDHR)

  • संयुक्त राष्ट्र संघको महासभाद्वारा पेरिसमा सर्वसम्मतिले जारी गरिएको ऐतिहासिक दस्ताबेज
  • नागरिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक गरी ३० वटा धाराहरू समावेश; प्रत्येक वर्ष १० डिसेम्बरलाई 'मानव अधिकार दिवस' मनाइन्छ,

सन् १९५१ जुलाई २८

शरणार्थी सम्बन्धी महासन्धि (1951 Refugee Convention)

  • जेनेभामा १९ राष्ट्रहरूद्वारा हस्ताक्षरित सन्धि, जसले 'शरणार्थी' को कानुनी परिभाषा र उनीहरूको संरक्षण गर्ने राज्यको दायित्व तोकेको,

सन् १९५५ डिसेम्बर १४

नेपालको प्रवेश

  • शीतयुद्धकालीन गतिरोध अन्त्य गर्दै १६ राष्ट्रहरूलाई एकै पटक प्रवेश गराउने 'प्याकेज डिल (Package Deal)' अन्तर्गत नेपाल संयुक्त राष्ट्र संघको सदस्य बनेको,

सन् १९५६ नोभेम्बर

पहिलो सशस्त्र शान्ति सेना (UNEF Deployment)

  • सुएज संकटका क्रममा मिश्र र इजरायल बीच पहिलो पटक सशस्त्र आपतकालीन शान्ति बल (UNEF) परिचालन गरिएको,

सन् १९६० डिसेम्बर १४

उपनिवेशवाद विरोधी घोषणापत्र (Declaration on Decolonization)

  • औपनिवेशिक मुलुक र जनतालाई तत्काल स्वतन्त्रता प्रदान गर्ने सम्बन्धी प्रस्ताव १४१४ पारित
  • सन् १९६० मा १७ वटा नयाँ स्वतन्त्र राष्ट्रहरू संयुक्त राष्ट्र संघमा प्रवेश गरेका,

सन् १९६६ डिसेम्बर १६

मानव अधिकार सम्बन्धी दुई अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रहरू (ICCPR & ICESCR)

  • नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी प्रतिज्ञापत्र (ICCPR) र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रतिज्ञापत्र (ICESCR) महासभाद्वारा पारित

सन् १९६८ जुलाई १

आणविक अप्रसार सन्धि (NPT)

  • आणविक हतियार र प्रविधिको विस्तार रोक्न र आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगलाई बढावा दिन खुला गरिएको महासन्धि

सन् १९८२ डिसेम्बर १०

समुद्री कानुन सम्बन्धी महासन्धि (UNCLOS)

  • जमैकाको मोन्टेगो बे मा स्वीकृत; अन्तर्राष्ट्रिय समुद्री सीमा, जलक्षेत्र र समुद्री स्रोतहरूको प्रयोग सम्बन्धी एकीकृत कानुनी ढाँचा तयार पारिएको,

सन् १९८९ नोभेम्बर २०

बाल अधिकार सम्बन्धी महासन्धि (Convention on the Rights of the Child)

  • बालबालिकाको नागरिक, राजनीतिक, आर्थिक र सामाजिक अधिकारको प्रवर्द्धनका लागि महासभाद्वारा सर्वसम्मतिले पारित दस्ताबेज

सन् १९९२ जुन ३-१४

पृथ्वी शिखर सम्मेलन (Rio Earth Summit)

  • ब्राजिलको रियो दि जेनेरियोमा १७९ राष्ट्रका प्रतिनिधिहरू सहभागी वातावरण र विकास सम्बन्धी सम्मेलन
  • जलवायु परिवर्तन सम्बन्धी UN ढाँचा महासन्धि (UNFCCC) र 'एजेन्डा २१' (Agenda 21) जारी गरिएको,

सन् १९९७ डिसेम्बर ११

क्योटो सम्झौता (Kyoto Protocol)

  • जलवायु परिवर्तन रोक्न हरितगृह ग्यास उत्सर्जनमा कटौती गर्न विकसित राष्ट्रहरूका लागि कानुनी रूपमा बाध्यकारी लक्ष्य तोकिएको सम्झौता

सन् २००० सेप्टेम्बर

सहस्राब्दी शिखर सम्मेलन (Millennium Summit & MDGs)

  • न्यूयोर्कमा आयोजित सम्मेलनमा १८९ विश्व नेताहरूद्वारा 'सहस्राब्दी घोषणापत्र' पारित
  • सन् २०१५ सम्म हासिल गर्ने गरी ८ वटा सहस्राब्दी विकास लक्ष्यहरू (MDGs) निर्धारण गरिएको,

सन् २००६ मार्च १५

मानव अधिकार परिषद्को स्थापना (UN Human Rights Council)

  • महासभाद्वारा पूर्ववर्ती 'मानव अधिकार आयोग' लाई विस्थापित गरी शक्तिशाली मानव अधिकार परिषद् (UNHRC) गठन गरिएको,

सन् २०१५ सेप्टेम्बर र डिसेम्बर

दिगो विकास लक्ष्यहरू (SDGs) र पेरिस सम्झौता

  • दिगो विकास लक्ष्यहरू (SDGs): सन् २०३० सम्मका लागि १७ वटा दिगो विकास लक्ष्यहरू (SDGs) र १६९ गन्तव्यहरू पारित
  • पेरिस सम्झौता: विश्वव्यापी तापक्रम वृद्धिलाई १.५°C देखि २°C भन्दा तल सीमित राख्ने ऐतिहासिक जलवायु सम्झौता

 

Categories

  • Current Affairs 791
  • Gorkhapatra 343
  • Others 1181
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 9

Latest Blogs

Nepal's role in United Nations peacekeeping missions
Nepal Police Others

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपालको भूमिका

  • Sep 16, 2026
  • 81
United Nations (UN): Major Historical Events
Others

संयुक्त राष्ट्र संघ (UN): प्रमुख ऐतिहासिक घटनाक्रम

  • Sep 16, 2026
  • 226
International Day for the Preservation of the Ozone Layer, 2026
Current Affairs

विश्व ओजोन तह बचाउ दिवस, २०२६

  • Sep 16, 2026
  • 78
Service Specialization in Civil Service: Topical Q&A (31 Bhadra 2083, Wednesday)
Gorkhapatra

निजामतीमा सेवा विशिष्टीकरण : विषयगत प्रश्नोत्तर (३१ भदौ २०८३, बुधबार)

  • Sep 16, 2026
  • 16
Public Service Preparation Special: Objective Questions and Answers (31 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (३१ भदौ २०८३, बुधबार)

  • Sep 16, 2026
  • 30
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA