Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

Loksewa G.K. Booster: साउन महिनामा घटेका प्रमुख राष्ट्रिय घटनाहरू

  • Ajnabee Khadka
  • August 16, 2026
  • 348

Loksewa G.K. Booster: साउन महिनामा घटेका प्रमुख राष्ट्रिय घटनाहरू

Loksewa G.K. Booster: Major national events that occurred in the month of Shrawan
मिति (वि.सं.) ऐतिहासिक घटना / विवरण
२०८१ साउन १ पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार सेवा पूर्ण रूपमा निःशुल्क गरिएको,
२०६८ साउन १ देशभरका निजामती कर्मचारीका लागि अनिवार्य रूपमा एउटै ड्रेस कोड (पोशाक) लागू भएको,
१८४२ साउन २  राजा प्रतापसिंह सिंह शाहकी रानी, र राजा रणबहादुर शाहकी आमा राजेन्द्रलक्ष्मीको क्षयरोगका कारण मृत्यु भएको,
२०५७ साउन २ नेपाल सरकारद्वारा औपचारिक रूपमा कमैया मुक्तिको घोषणा गरिएको,
२०६५ साउन ४ नेपालको इतिहासमा पहिलो पटक उपराष्ट्रपति पदमा परमानन्द झा निर्वाचित भएका,
२०६५ साउन ६ गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिका रूपमा डा. रामवरण यादव निर्वाचित भएका,
२०६७ साउन ९ नेपालमा पहिलो पटक DTH (Direct to Home) प्रविधिको सेवा सुरुवात भएको,
२०७३ साउन १२ "पार्लियामेन्ट अफ नेपाल (Parliament of Nepal)" नामक मोबाइल एप सञ्चालनमा आएको,
२०२३ साउन १२ नेपाल रेडक्रस रक्तसञ्चार सेवा (ब्लड बैंक) को स्थापना भएको,
१९४६ साउन १२ वीर अस्पतालको स्थापना भई सेवा सुरु भएको (सन् १८८९ जुलाई २७),
२०७३ साउन १३ वीर अस्पतालमा नेपालकै पहिलो जेनेटिक ल्याब (वंशानुगत प्रयोगशाला) को उद्घाटन गरिएको,
२०१६ साउन १४ राजपत्रमा सूचना प्रकाशित गरी नेपाली मुद्रालाई 'मो.रु.' को सट्टा आधिकारिक रूपमा 'ने.रु.' लेख्न थालिएको,
२०६८ साउन २३ सार्वजनिक क्षेत्रमा धुम्रपान निषेध गर्ने सम्बन्धी ऐन पूर्ण रूपमा लागू भएको,
२००४ साउन २४ मंगलादेवी सिंहको अध्यक्षतामा काठमाडौँमा नेपाल महिला संघको स्थापना भएको,
२०८० साउन २३ मन्त्रिपरिषद्को बैठकले 'राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०' स्वीकृत गरेको,
२०६५ साउन २४ त्रिवि शिक्षण अस्पताल (TUTH) मा नेपालमा सर्वप्रथम सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको,
२०१६ साउन २५ जननिर्वाचित सरकारले पहिलो पटक बजेट प्रस्तुत गरेको (तत्कालीन अर्थमन्त्री सुवर्णशमशेर राणाद्वारा),
२०७७ साउन ३० लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ राजनीतिक नक्साको अंग्रेजी संस्करण प्रकाशित भएको,
२०६५ साउन ३२ नेपालको पहिलो निर्वाचित प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल 'प्रचण्ड' निर्वाचित भएको,

Categories

  • Current Affairs 791
  • Gorkhapatra 343
  • Others 1181
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 9

Latest Blogs

Nepal's role in United Nations peacekeeping missions
Nepal Police Others

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपालको भूमिका

  • Sep 16, 2026
  • 67
United Nations (UN): Major Historical Events
Others

संयुक्त राष्ट्र संघ (UN): प्रमुख ऐतिहासिक घटनाक्रम

  • Sep 16, 2026
  • 210
International Day for the Preservation of the Ozone Layer, 2026
Current Affairs

विश्व ओजोन तह बचाउ दिवस, २०२६

  • Sep 16, 2026
  • 74
Service Specialization in Civil Service: Topical Q&A (31 Bhadra 2083, Wednesday)
Gorkhapatra

निजामतीमा सेवा विशिष्टीकरण : विषयगत प्रश्नोत्तर (३१ भदौ २०८३, बुधबार)

  • Sep 16, 2026
  • 16
Public Service Preparation Special: Objective Questions and Answers (31 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (३१ भदौ २०८३, बुधबार)

  • Sep 16, 2026
  • 27
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA