Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

दिगो विकास लक्ष्य : विषयगत प्रश्नोत्तर (१६ पुस २०८२, बुधबार)

  • Ajnabee Khadka
  • December 31, 2025
  • 408

दिगो विकास लक्ष्य : विषयगत प्रश्नोत्तर (१६ पुस २०८२, बुधबार)

Sustainable Development Goals: Topic-wise Q&A (16 Pus 2082, Wednesday)

१.  नेपालमा सार्वजनिक सेवा प्रवाह सुधारमा निजामती कर्मचारीको व्यवहार सुधार कत्तिको महìवपूर्ण ठान्नुहुन्छ ? चर्चा गर्दै नेपालमा निजामती कर्मचारीको कार्य व्यवहारमा सुधार गरी सेवा प्रवाहमा सुधारको अनुभूति दिलाउन चाल्नुपर्ने कदम उल्लेख गर्नुहोस् ।

 सार्वजनिक सेवा प्रवाह प्रव्रिmयामा कर्मचारी सेवा प्रदायकको भूमिकामा रहन्छन् । उनीहरू सेवा प्रवाहको विभिन्न चरणमा सेवाग्राहीसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा रहन्छन् । सेवा प्रवाह सुधारका लागि नीतिगत, कानुनी, प्रव्रिmयागत, प्रणालीगत जे जति पहल गरिए पनि सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा आउने कर्मचारीको व्यवहार परिवर्तन नभएसम्म सेवा प्रवाह सुधारको अनुभूति हुन सक्दैन । सेवाग्राहीप्रतिको नम्र र सहयोगी व्यवहारले सेवा प्रवाह सुधारमा महìवपूर्ण योगदान गर्छ ।

नेपालमा सार्वजनिक सेवा प्रवाह सुधारमा निजामती कर्मचारीको व्यवहार सुधारको महत्व:

नेपालमा सेवा प्रवाहको व्रmममा निजामती कर्मचारीबाट प्रदर्शन हुने नकारात्मक कार्य व्यवहार देहायबमोजिम रहेको पाइन्छ ः

– पदीय आचरणको पालना नगर्ने,

– पेसागत आचरणप्रति संवेदनशील नबन्ने,

– सेवाग्राहीप्रति रुखो व्यवहार प्रदर्शन गर्ने, 

असंवेदनशील बन्ने,

– ढिलासुस्ती र अनियमिततामा रमाउने,

– जिम्मेवारी पन्छाउने,

– अरूलाई दोष लगाउने,

– विधि प्रव्रिmयाका सम्बन्धमा स्पष्ट जानकारी र 

सूचना नदिने,

– समयमा निर्णय नगर्ने,

– अतरिक्त शुल्क असुल्न खोज्ने,

– सेवाग्राही गुनासाको बेवास्ता गर्ने,

– भनसुन, प्रभाव वा पूर्वाग्रहबाट प्रेरित भई सेवाग्राहीबिच असमान व्यवहार गर्ने,

– नवीन प्रविधि र प्रणालीको प्रतिरोध गर्ने,

– शाखागत तथा निकायगत समन्वय र सहकार्यलाई कम महìव दिने,

– सेवक नभई शासकीय मनोवृत्तिबाट निर्देशित भई व्यवहार प्रदर्शन गर्ने ।

माथि उल्लेख गरिएका नकारात्मक कार्य व्यवहार सुधार गरेमा नागरिकमा सेवा प्रवाह सुधारको अनुभूति गराउन सकिन्छ । निम्न आधारबाट सेवा प्रवाह सुधारमा कर्मचारीको व्यवहार सुधारको महìवलाई बुझ्न सकिन्छ ः

– सेवा प्रवाह प्रव्रिmयामा सेवाग्राही र कर्मचारीबिच प्रत्यक्ष वा अप्रत्यक्ष अन्तव्रिर्mया हुने हुँदा मानवीय पक्षमा गर्नुपर्ने सुधारलाई ध्यान दिनु आवश्यक छ,

– सेवा प्रवाहका अन्य पक्षमा हुने सुधारलाई मूर्तरूप दिन व्यवहार सुधार पहिलो सर्त मानिन्छ । उदाहरणका लागि सरकारी सेवालाई लाइनबाट अनलाइनमा रूपान्तरण गर्न प्रविधिको प्रयोगमा जोड दिए पनि कर्मचारीको व्यवहार सुधार हुन सकेन भने प्रविधिको छिद्र पत्ता लगाई ढिलासुस्ती गर्ने प्रवृत्ति कायमै रहन सक्छ,

– व्यवहार सुधारले ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार जस्ता प्रशासनिक विकृति न्यूनीकरण गर्न मद्दत गर्छ,

– व्यवहार सुधारले कर्मचारीलाई सेवाग्राहीप्रति जिम्मेवार र जवाफदेही बनाई सेवाको गुणस्तर सुधारमा 

सहयोग गर्छ,

– विनम्र र सहयोगी व्यवहारले सेवाग्राही सन्तुष्टिस्तर अभिवृद्धि गर्न मद्दत गर्छ,

– सङ्गठनको छवि कायम राख्दै सरकारप्रतिको जनविश्वास उच्च बनाउनसमेत कर्मचारीको व्यवहार सुधार आवश्यक मानिन्छ ।

सेवा प्रवाह सुधारका लागि कर्मचारीको व्यवहार सुधारका उपाय ः

– निजामती कर्मचारीका लागि निर्धारित आचरण कडाइका साथ पालना गर्ने गराउने,

– कर्मचारीले कार्यस्थलमा पालना गर्नुपर्ने आचारसंहिता स्पष्ट पार्ने,

– कर्मचारीले पालना गर्नुपर्ने आचरण र आचारसंहिता कार्यालयमा सबैले देख्ने गरी सार्वजनिक गर्ने,

– घोषित आचरण र आचारसंहिताको परिपालनास्तर मापन गर्न स्पष्ट सूचकहरू तयार पार्ने,

– आचरण र आचारसंहिता परिपालनाको नियमित अनुगमन र समीक्षा गर्ने,

– कार्यसम्पादन मूल्याङ्कनमा आचरण र आचारसंहिता पालनास्तरलाई आधार लिने,

– सेवाग्राहीबाट कर्मचारीको व्यवहार मूल्याङ्कन गर्ने पद्धति स्थापना गर्ने,

– कर्मचारीलाई नियमित रूपमा तालिम तथा प्रशिक्षण प्रदान गरी मनोवृत्ति र व्यवहारमा सुधार ल्याउने,

– तालिमको माध्यमबाट कर्मचारीलाई विविधता व्यवस्थापन, तनाव व्यवस्थापन, संवेगात्मक बौद्धिकता, मानवीय मूल्य, नैतिक मूल्यमान्यता, शासकीय मूल्य, आध्यात्मिकता जस्ता विषयमा प्रशिक्षित गर्ने, 

– कर्मचारीलाई दण्ड र पुरस्कारमार्फत सेवाग्राहीप्रतिको व्यवहार सुधारमा प्रोत्साहन गर्ने,

– सङ्गठनमा कर्मचारीले प्रदर्शन गर्ने व्यवहारका बारेमा निरन्तर अध्ययन, विश्लेषण गरी सुधारका लागि पृष्ठपोषण गर्ने,

– नवप्रवेशीलाई कर्मचारीको आचरण, आचारसंहिता तथा सेवाग्राहीप्रति गर्नुपर्ने व्यवहार सम्बन्धमा अभिमुखीकरण गर्ने,

– नेतृत्वबाट आदर्श व्यवहार प्रदर्शन गरी अनुयायीमा अनुकरणीय प्रभाव पार्ने,

– सङ्गठनमा कार्यसम्पादनमूखी संस्कृति निर्माण गरेर कर्मचारीको कार्य व्यवहार परिवर्तन गर्ने ।

– अन्त्यमा भौतिक वा डिजिटल जुनसुकै प्रकारका सेवाका लागि पनि कर्मचारी–सेवाग्राही अन्तव्रिर्mया भई नै रहने हुँदा सेवा प्रवाह सुधारको प्रमुख आधार नै कर्मचारीको व्यवहार सुधार हो । निजामती कर्मचारीको व्यवहार सेवाग्राहीमैत्री नभएको तथा सुशासन प्रत्याभूत हुन नसकेको भनी असन्तुष्टिका आवाज बढ्दै गइरहेको सन्दर्भमा निजामती कर्मचारीको व्यवहार सुधारमार्फत सार्वजनिक सेवा प्रवाह सुधार गर्ने रणनीतिका साथ सेवा प्रवाह सुधारका कार्यव्रmम सञ्चालन गर्नु आजको आवश्यकता हो ।

 

२. खानेपानी तथा सरसफाइसम्बन्धी नागरिकका अधिकार उल्लेख गर्दै खानेपानी तथा सरसफाइ सेवा व्यवस्थापनमा तहगत सरकारका जिम्मेवारी प्रस्तुत गर्नुहोस् ।

 नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था रहेको छ । खानेपानी तथा सरसफाइ ऐन, २०७९ मा उल्लेख भएबमोजिम खानेपानी तथा सरसफाइमा पहुँचको अधिकार अन्तर्गत प्रत्येक नागरिकलाई देहायको अधिकार रहेको छ ः

– स्वच्छ खानेपानीमा सहज र सुलभ पहुँचको अधिकार,

– नियमित रूपमा पर्याप्त, स्वच्छ र गुणस्तरीय खानेपानी प्राप्त गर्ने अधिकार,

– गुणस्तरीय सरसफाइ सेवामा सहज र सुलभ 

पहुँचको अधिकार ।

खानेपानी तथा सरसफाइ सेवा व्यवस्थापनमा तहगत सरकारका जिम्मेवारी ः

खानेपानी सेवा, सरसफाइ सेवा तथा आयोजनाको अनुमतिपत्र प्रदान, निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा रहन्छ । यसका लागि तहगत जिम्मेवारी देहायबमोजिम रहेका छन् ः

क)  नेपाल सरकारको जिम्मेवारी ः

– खानेपानी तथा सरसफाइसँग सम्बन्धित राष्ट्रिय प्रकृतिका ठुला र जटिल आयोजना,

– सहलगानीमा निर्माण हुने तथा वैदेशिक सहायताका आयोजना,

– तोकिएको क्षेत्रमा तोकिएबमोजिमको लागत अनुमान र जनसङ्ख्यालाई खानेपानी तथा सरसफाइ सेवा पु¥याउने आयोजना,

– एकभन्दा बढी प्रदेशसँग सम्बन्धित आयोजना,

– ठुलो लगानी आवश्यक पर्ने बहुउद्देश्यीय फोहोरपानी प्रशोधन तथा व्यवस्थापन गर्ने कार्य,

– एउटा जलाधार क्षेत्रको प्राकृतिक स्रोतको पानी अर्को जलाधार क्षेत्रमा स्थानान्तरण गर्ने आयोजना,

– खानेपानी तथा सरसफाइ आयोजनाको अनुगमन । 

ख)  प्रदेश सरकारको जिम्मेवारी ः

– तोकिएको क्षेत्रमा तोकिएबमोजिमको लागत अनुमान वा जनसङ्ख्यालाई खानेपानी तथा सरसफाइ सेवा पु¥याउने आयोजना,

– फोहोरपानी व्यवस्थापन तथा प्रशोधनसम्बन्धी कार्य,

– प्रदेशभित्रका एकभन्दा बढी स्थानीय तहलाई प्रभाव पार्ने आयोजना ।

ग)  स्थानीय तहको जिम्मेवारी र दायित्व ः

– स्थानीय स्तरमा आधारभूत खानेपानी तथा सरसफाइ सेवा,

– सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि,

– फोहोरपानी व्यवस्थापन प्रणालीको सञ्चालन,

– तोकिएको क्षेत्रमा तोकिएबमोजिमको लागत अनुमान वा जनसङ्ख्यालाई खानेपानी सेवा पु¥याउने आयोजना,

– स्थानीय तहबाट सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाको मर्मतसम्भार र पुनस्र्थापना ।

– अन्त्यमा स्वच्छ खानेपानी तथा सरसफाइ सेवामा पहुँच प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो । संविधानले प्रत्याभूत गरेको यस अधिकारको कार्यान्वयनका लागि तिनै तहका सरकारले समन्वयात्मक रूपमा काम गर्नु पर्छ ।

 

३.  सेवा प्रवाहको सिलसिलामा निजामती कर्मचारीले के कस्ता पदीय आचरण पालना गर्नु पर्छ ? निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ का आधारमा स्पष्ट पार्दै आचरणविपरीतको कार्य गरेको नमानिने विषय उल्लेख गर्नुहोस् ।

 निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ ले निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरण निर्धारण गरेको छ । निजामती कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरण, पेसागत आचरण र व्यक्तिगत आचरणलगायतका विषय नियमावलीले समेटेको छ । सेवा प्रवाहको सिलसिलामा कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरण यस 

प्रकार छन् ः

– आफूलाई सुम्पिएको जिम्मेवारी छिटो, छरितो, पूर्ण र गुणस्तरीय रूपमा निर्वाह गर्न सदैव 

प्रयत्नशील रहनुपर्ने,

– सेवा प्रवाह गर्दा वृद्ध, अशक्त, अपाङ्गता, सुत्केरी वा गर्भवती महिला, बालबालिका र असहायलाई प्राथमिकता दिनुपर्ने,

– सेवाग्राहीको काम समयमै सम्पन्न गरिदिनुपर्ने,

– कुनै कारणबाट समयमै काम सम्पन्न हुन नसक्ने सोको आधार र कारण जानकारी गराउने,

– सेवाग्राहीले चाहे अनुसार काम गर्न नसकिने वा नमिल्ने भएमा त्यसको आधार र कारण सम्बन्धित सेवाग्राहीलाई दिनुपर्ने,

– सेवामा सर्वसाधारणको सहज र प्रत्यक्ष पहुँच पुग्ने गरी सरल र सहज भाषामा सेवासम्बन्धी जानकारी तथा सल्लाह दिनुपर्ने,

– सेवाग्राहीको कार्यसम्पादनको व्रmममा अन्य सरकारी निकायमा रहेको जानकारी वा विवरण आवश्यक पर्ने भएमा सम्बन्धित कर्मचारीले आफ्नो कार्यालयमार्फत मगाउने व्यवस्था गर्ने ।

आचरणविपरीतको कार्य गरेको नमानिने विषय ः

– कार्यालय समयबाहेक कार्यालयको कामकारबाहीमा प्रतिकूल प्रभाव नपर्ने गरी आफ्नो विशेषज्ञताको विषयमा लिखित वा मौखिक प्रवचन दिने,

– कार्यालय समयबाहेक कार्यालयको कामकारबाहीमा प्रतिकूल प्रभाव नपर्ने गरी आफ्नो विशेषज्ञताको विषयमा पूर्वस्वीकृति लिई अध्ययन तथा 

अध्यापन गर्ने,

– साहित्य, कला, संस्कृति, खेलकुद, ज्ञान, विज्ञान, प्रविधि, मनोरञ्जनसम्बन्धी र पेसागत तथा सामाजिक संस्थामा सदस्य हुने तथा त्यस्ता मञ्चमा सहभागी हुने,

– राजनीतिक दल र तिनका भातृ सङ्गठनले आयोजना गरेको बाहेक पेसागत सङ्घ सङ्गठनले आयोजना गरेको सभा, गोष्ठी आदिमा कार्यालय समयबाहेकको समयमा सहभागी हुने,

– सरकारको नीति, उद्देश्य, कार्यव्रmम तथा कामकारबाही एवं गोपनीयतामा प्रतिकूल असर नपर्ने खालका लेख, रचना प्रकाशन गर्ने,

– सबैका लागि खुला गरिएको प्रतिस्पर्धामा सहभागी भई पुरस्कार, पदक, प्रमाणपत्र एवं सम्मान ग्रहण गर्ने,

– आफूलाई अन्याय परेको विषयमा त्यस्तो कामकारबाहीविरुद्धमा कानुनबमोजिम अड्डा अदालतमा उपचार प्राप्त गर्नका लागि आवश्यक कारबाही चलाउने ।

– अन्त्यमा निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणको परिपालनाले सरकारप्रतिको नागरिक धारणा निर्माणमा समयोग पुग्छ । यसले सुशासनको आधारसमेत तयार गर्छ । आचरण परिपालनालाई कडाइका साथ लागु गर्न सार्वजनिक निकायका प्रमुखलाई जिम्मेवार बनाउँदै 

अनुपालन परीक्षण संयन्त्रलाई सव्रिmय बनाउन आवश्यक छ ।

 

४.  सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धमा स्थानीय सरकारका संवैधानिक एवं कानुनी जिम्मेवारी उल्लेख गर्नुहोस् ।

 नेपालको संविधानको अनुसूची–९ अन्तर्गत सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा सामाजिक सुरक्षा र गरिबी निवारण समावेश गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनबमोजिम सामाजिक सुरक्षा र गरिबी निवारणको क्षेत्रमा गाउँपालिका तथा नगरपालिकाका जिम्मेवारी यस प्रकार छन् ः

– सामाजिक सुरक्षा तथा गरिबी निवारणसम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड, नियमन र 

अध्ययन अनुसन्धान,

– लक्षित समूहसम्बन्धी स्थानीय योजना, कार्यव्रmम, स्रोत परिचालन र व्यवस्थापन,

– सामाजिक सुरक्षाको कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीयस्तरका संस्थासँग सम्पर्क, समन्वय 

र सहकार्य,

– सामाजिक सुरक्षासम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन,

– गरिब घरपरिवार पहिचानसम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,

– स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन ।

– अन्त्यमा सामाजिक सुरक्षा र गरिबी निवारण तीन तहका सरकारले साझा जिम्मेवारीमा रहेको छ । यसमा तिनै तहका सरकारले मिलेर काम गर्नुपर्ने अवस्था छ तर व्यवहारमा तीन तहका सरकारबाट सञ्चालित कार्यव्रmम आपसमा खप्टिएका र छरिएर रहेका छन् । तथ्यमा आधारित भई वास्तविक लाभग्राही पहिचान गरी तहगत समन्वय र सहकार्यमा सामाजिक सुरक्षा र गरिबी निवारणका कार्यव्रmम सञ्चालन गर्नु पर्छ ।

 

५.  खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगका काम, कर्तव्य र अधिकार उल्लेख गर्दै खानेपानी तथा सरसफाइसम्बन्धी प्रचलित कानुनबमोजिम खानेपानी तथा सरसफाइ सेवाको महसुल निर्धारण गर्ने आधार उल्लेख गर्नुहोस् ।

 खानेपानी सेवा तथा सरसफाइ सेवा उपलब्ध गराएबापत त्यस्तो सेवा प्राप्त गर्ने उपभोक्ताले तिर्नुपर्ने महसुल निर्धारण गर्न खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग रहने कानुनी व्यवस्था छ । खानेपानी तथा सरसफाइ नियमावली, २०८१ बमोजिम आयोगका काम, कर्तव्य र अधिकार देहायबमोजिम रहेका छन् ः

– सेवाप्रदायकले उपभोक्तासँग लिन पाउने खानेपानी महसुल निर्धारण गर्ने,

– उपभोक्तासँग लिन पाउने सरसफाइ सेवा वा ढल निकास प्रणालीको महसुल वा सेवा शुल्क निर्धारण गर्ने,

– थोक खानेपानीको खरिद बिव्रmीको दर निर्धारण गर्ने,

– ट्याङ्कर वा बोतलबन्दी पानीको अधिकतम बिव्रmीदर निर्धारण गर्ने,

– सेवाप्रदायकको वित्तीय र व्यवस्थापन कार्यसम्पादनको तथ्याङ्क सङ्कलन गर्ने,

– महसुल तथा सेवा शुल्कसम्बन्धी मापदण्ड 

निर्धारण गर्ने,

– महसुल तथा सेवा शुल्कसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने,

– सेवा प्रदायकले महसुल निर्धारणका लागि आयोग समक्ष आवेदन दिँदा अपनाउनुपर्ने कार्यविधि 

स्वीकृत गर्ने,

– सेवा प्रदायक र उपभोक्ताबिच महसुलसम्बन्धी गुनासोको उचित व्यवस्थापन र विवाद समाधान गर्ने,

– खानेपानी सेवा वा सरसफाइ सेवा सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सल्लाह र सुझाव दिने ।

महसुल निर्धारणका आधार ः

खानेपानी तथा सरसफाइ ऐन, २०७९ र सोको नियमावली, २०८१ बमोजिम आयोगले खानेपानी तथा सरसफाइ सेवाको महसुल निर्धारण गर्दा देहायका आधार लिनु पर्छ ः

– सेवा सञ्चालनको लागत,

– उपभोक्ता मूल्य सूचीको परिवर्तन,

– खानेपानी तथा सरसफाइसम्बन्धी नेपाल 

सरकारको नीति,

– विदेशी मुद्राको विनिमय दर,

– ह्रास कट्टी,

– पानीको गुणस्तर र सेवाको स्तर,

– उपभोक्ताको व्रmयशक्ति, 

– आयोजनाको लागत, ऋण लगानीको साँवा र ब्याज,

– जडित क्षमता शुल्क,

– स्वलगानी र त्यसको प्रतिफल,

– कर, रोयल्टी, नियमन तथा अन्य शुल्क,

– अतिरिक्त पुँजीकरण,

– प्रशोधन सञ्चालन तथा मर्मत खर्च,

– कार्य सञ्चालन खर्च,

– उपयोगको प्रकार,

– सेवाको थोक खरिद मूल्य,

– महसुल छुट दिनुपर्ने परिमाणको आधारमा सम्भावित मूल्य वृद्धि,

– अधिकार प्राप्त निकायबाट दिएको छुट सुविधा,

– आयोगले उपयुकत ठानेका अन्य आधार ।

– आयोगले ढल निकास सेवाको महसुल निर्धारण गर्दा माथि उल्लिखित आधारको अतिरिक्त देहायका थप आधारसमेत विचार गर्नु पर्छ ः

– फोहोरपानी उत्पादकले निष्कासन गर्ने फोहोरपानीको मात्रा र किसिम,

– निष्कासित फोहोरपानीबाट वातावरणमा पर्ने प्रभाव,

– फोहोरपानी प्रशोधन व्यवस्थापनमा लाग्ने अनुमानित खर्च ।

– अन्त्यमा खानेपानी तथा सरसफाइ सेवा नागरिकका लागि अत्यावश्यक सेवा हो । यो सेवा जनस्वास्थ्यसँग पनि प्रत्यक्ष सम्बन्धित छ । तथापि स्रोतसाधनको सीमितताका कारण राज्यका तर्फबाट नागरिकलाई निःशुल्क रूपमा यो सेवा प्रदान हुन सकेको छैन । सेवा प्रदायकले प्रदान गर्ने सेवाका सम्बन्धमा सरकारका निकायले अनुगमन तथा नियमन गरी स्वच्छ खानेपानी र सरसफाइ सेवामा नागरिकको पहुँच सुनिश्चितताका लागि सदैव प्रयत्नशील रहनु पर्छ । 

प्रस्तुतकर्ता : अर्जुन शर्मा

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1058
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 79
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 86
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 50
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 41
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 44
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA