Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा उपलब्ध माटोका प्रकार

  • Bikash Shrestha
  • September 04, 2025
  • 2058

नेपालमा उपलब्ध माटोका प्रकार

Types of soil available in Nepal

 

(क) पाँगो माटो
तराई प्रदेश र बेँसीमा पाँगो माटो पाइन्छ । नदीले थुपारेको माटो र बालुवामा कुहिएको झारपात मिसिएर बनेको यो माटोमा बालुवा र चिम्टे माटोको मात्रा करिब बराबर हुन्छ । यसमा चुन, फस्फोरस र पोटासजस्ता खनिज तत्त्व पनि मिसिएका हुन्छन् । त्यसैले पाँगो माटो खेतीका लागि उत्कृष्ट मानिन्छ । धान, सनपाट, उखु, सुर्ती, तेलहन आदि बाली यसमा राम्ररी सप्रिन्छन् ।

(ख) बलौटे–पत्थरिलो माटो
भाबर क्षेत्र, भित्री मधेस र चुरे पहाडमा यो माटो पाइन्छ । नदीले बगाएर ल्याएका बालुवा, कङ्कड र पत्थर जस्ता खुकुला पदार्थ मिसिएर यो माटो बनेको हुन्छ । यसमा मलिलो माटो र जैविक पदार्थको मात्रा कम हुने भएकाले पानी अडिँदैन र उर्वराशक्ति पनि कमजोर हुन्छ । यसमा सिंचाइ गर्न कठिन हुन्छ, त्यसैले खेतीका लागि उपयुक्त मानिँदैन । तर, साल, सिसौजस्ता आर्थिक महत्त्वका रुख यसमा राम्रोसँग हुर्किने भएकाले यस किसिमको माटो भएको धेरै भूभाग वनले ढाकिएको छ ।

(ग) रातो–फुस्रो माटो
महाभारतका ठाडा भिरका चट्टान टुक्रिएर त्यसमा सडेको झारपात मिसिएर बनेको माटोलाई रातो–फुस्रो माटो भनिन्छ । यसमा जैविक पदार्थ र अक्सिडाइज भएको फलामको मात्रा बढी हुने भएकाले यसको रङ रातो, फुस्रो वा पहेँलो हुन्छ । यसमा चुन, नाइट्रोजन र फस्फोरसजस्ता खनिज कम पाइने र गहिराइ पनि कम हुने भएकाले धान, उखु, सनपाट, सुर्ती जस्ता बाली प्रायः सप्रँदैनन् । तर, अम्ल, फलामजस्ता खनिज पाइने भएकाले फलफूल, चिया, आलु, मकै, कोदो आदि खेती गर्न उपयुक्त हुन्छ ।

(घ) तलैया माटो
उपत्यकामा रहेका ताल सुकेर बनेको माटोलाई तलैया माटो भनिन्छ । यसमा धेरै सडेको झारपात मिसिएकाले माटो कालो देखिन्छ । यसको गहिराइ बढी हुने र जैविक पदार्थ प्रशस्त हुने भएकाले खेतीका लागि अत्यन्त उपयुक्त मानिन्छ । विशेषगरी धान, गहुँ, सागपात आदि यसमा राम्रोसँग सप्रिन्छन् । यस माटोमा कम वर्षा भए पनि खेती गर्न सकिन्छ । काठमाडौं उपत्यकामा यही प्रकारको माटो पाइन्छ ।

(ङ) हिमाली माटो
हिमनदीले थुपारेको माटो, बालुवा, कङ्कड र पत्थर मिसिएर हिमाली माटो बनेको हुन्छ । विशेषगरी भित्री र उच्च हिमाली क्षेत्रका फेदीमा यो पाइन्छ । हावापानी चिसो र शुष्क हुने, माटोको गहिराइ तथा जैविक पदार्थ कम हुने भएकाले यसको उर्वराशक्ति न्यून हुन्छ । यसमा मकै, जौ, आलु, फापर जस्ता सीमित बाली मात्र लगाइन्छ ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 33
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 30
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA