Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा उपलब्ध माटोका प्रकार

  • Bikash Shrestha
  • September 04, 2025
  • 1364

नेपालमा उपलब्ध माटोका प्रकार

Types of soil available in Nepal

 

(क) पाँगो माटो
तराई प्रदेश र बेँसीमा पाँगो माटो पाइन्छ । नदीले थुपारेको माटो र बालुवामा कुहिएको झारपात मिसिएर बनेको यो माटोमा बालुवा र चिम्टे माटोको मात्रा करिब बराबर हुन्छ । यसमा चुन, फस्फोरस र पोटासजस्ता खनिज तत्त्व पनि मिसिएका हुन्छन् । त्यसैले पाँगो माटो खेतीका लागि उत्कृष्ट मानिन्छ । धान, सनपाट, उखु, सुर्ती, तेलहन आदि बाली यसमा राम्ररी सप्रिन्छन् ।

(ख) बलौटे–पत्थरिलो माटो
भाबर क्षेत्र, भित्री मधेस र चुरे पहाडमा यो माटो पाइन्छ । नदीले बगाएर ल्याएका बालुवा, कङ्कड र पत्थर जस्ता खुकुला पदार्थ मिसिएर यो माटो बनेको हुन्छ । यसमा मलिलो माटो र जैविक पदार्थको मात्रा कम हुने भएकाले पानी अडिँदैन र उर्वराशक्ति पनि कमजोर हुन्छ । यसमा सिंचाइ गर्न कठिन हुन्छ, त्यसैले खेतीका लागि उपयुक्त मानिँदैन । तर, साल, सिसौजस्ता आर्थिक महत्त्वका रुख यसमा राम्रोसँग हुर्किने भएकाले यस किसिमको माटो भएको धेरै भूभाग वनले ढाकिएको छ ।

(ग) रातो–फुस्रो माटो
महाभारतका ठाडा भिरका चट्टान टुक्रिएर त्यसमा सडेको झारपात मिसिएर बनेको माटोलाई रातो–फुस्रो माटो भनिन्छ । यसमा जैविक पदार्थ र अक्सिडाइज भएको फलामको मात्रा बढी हुने भएकाले यसको रङ रातो, फुस्रो वा पहेँलो हुन्छ । यसमा चुन, नाइट्रोजन र फस्फोरसजस्ता खनिज कम पाइने र गहिराइ पनि कम हुने भएकाले धान, उखु, सनपाट, सुर्ती जस्ता बाली प्रायः सप्रँदैनन् । तर, अम्ल, फलामजस्ता खनिज पाइने भएकाले फलफूल, चिया, आलु, मकै, कोदो आदि खेती गर्न उपयुक्त हुन्छ ।

(घ) तलैया माटो
उपत्यकामा रहेका ताल सुकेर बनेको माटोलाई तलैया माटो भनिन्छ । यसमा धेरै सडेको झारपात मिसिएकाले माटो कालो देखिन्छ । यसको गहिराइ बढी हुने र जैविक पदार्थ प्रशस्त हुने भएकाले खेतीका लागि अत्यन्त उपयुक्त मानिन्छ । विशेषगरी धान, गहुँ, सागपात आदि यसमा राम्रोसँग सप्रिन्छन् । यस माटोमा कम वर्षा भए पनि खेती गर्न सकिन्छ । काठमाडौं उपत्यकामा यही प्रकारको माटो पाइन्छ ।

(ङ) हिमाली माटो
हिमनदीले थुपारेको माटो, बालुवा, कङ्कड र पत्थर मिसिएर हिमाली माटो बनेको हुन्छ । विशेषगरी भित्री र उच्च हिमाली क्षेत्रका फेदीमा यो पाइन्छ । हावापानी चिसो र शुष्क हुने, माटोको गहिराइ तथा जैविक पदार्थ कम हुने भएकाले यसको उर्वराशक्ति न्यून हुन्छ । यसमा मकै, जौ, आलु, फापर जस्ता सीमित बाली मात्र लगाइन्छ ।

Categories

  • Current Affairs 575
  • Gorkhapatra 300
  • Others 962
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Brief table of the world's major religions
Others

विश्वका प्रमुख धर्महरूको संक्षिप्त तालिका

  • Apr 28, 2026
  • 84
Nepal Telecom, Administration, Administration, Fourth, Objective Multiple Answer for Assistant Post (2082/03/14)
Past Questions

नेपाल टेलिकम, प्रशासन, प्रशासन, चौथो, सहायक पदको वस्तुगत बहुउत्तर (२०८२/०३/१४)

  • Apr 28, 2026
  • 48
Narayan Dutta Poudel appointed as the 13th Inspector General (IGP) of the Armed Police Force (APF), Nepal
Current Affairs

सशस्त्र प्रहरी बल (APF), नेपालको १३ औं महानिरीक्षक (IGP) मा नारायणदत्त पौडेल नियुक्त

  • Apr 28, 2026
  • 71
Red Bull Shilapatra Year Person 2082
Current Affairs

रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२

  • Apr 28, 2026
  • 99
Annual National Accounts Report of Nepal, 2082/83
Current Affairs

नेपालको वार्षिक राष्ट्रिय लेखा प्रतिवेदन, २०८२/८३

  • Apr 28, 2026
  • 99
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA