Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

२०१५ सालको आम निर्वाचन

  • Ajnabee Khadka
  • March 09, 2026
  • 677

२०१५ सालको आम निर्वाचन

2015 general election

निर्वाचनको सामान्य एवं प्रशासनिक जानकारी:

  • नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचन,
  • सदनको स्वरूप: द्विसदनात्मक (माथिल्लो सदन: महासभा र तल्लो सदन: प्रतिनिधिसभा)
  • प्रतिनिधिसभा सिट संख्या: १०९
  • जम्मा उम्मेदवार: ७८६ (९ दल र स्वतन्त्र २६८)
  • प्रधान निर्वाचन कमिस्नर: सुवर्ण शमशेर
  • निर्वाचन कमिस्नर: प्रद्युम्नलाल राजभण्डारी
  • निर्वाचन खर्च सीमा: अधिकतम ५,००० रूपैयाँ (प्रति उम्मेदवार)

निर्वाचनको समयरेखा:

  • निर्वाचन प्रारम्भ: २०१५ फागुन ७ गते
  • निर्वाचन सम्पन्न: २०१५ चैत २८ गते (कुल ४५ दिनमा)
  • परिणाम घोषणा: २०१६ वैशाख २८ गते (निर्वाचन सकिएको २ महिनापछि)

निर्वाचनको मतदाता र मतदान सम्बन्धी तथ्याङ्क:

  • कुल मतदाता संख्या: ४२,४६,४६८ जना
  • मतदान प्रतिशत: ४२.१८५%
  • मतदान गर्ने उमेर: २१ वर्ष पूरा भएको
  • उम्मेदवार हुने उमेर: २५ वर्ष पूरा भएको
  • मतदान केन्द्र: प्रति निर्वाचन क्षेत्र बढीमा ५४ र घटीमा ११ वटा

राजनीतिक दल र उनीहरूको चुनाव चिह्न:

राजनीतिक दल चुनाव चिह्न
नेपाली कांग्रेस रुख
नेपाल राष्ट्रवादी गोरखा परिषद् झुपडी
संयुक्त प्रजातान्त्रिक पार्टी नेपाल धानको बाला
नेपाल कम्युनिस्ट पार्टी मकैको तीन घोगा र हँसिया
नेपाल प्रजापरिषद् (आचार्य गुट) धानको डालो
नेपाल प्रजापरिषद् (मिश्र गुट) हलो
नेपाल राष्ट्रिय कांग्रेस छाता
नेपाल प्रजातान्त्रिक महासभा हात
तराई कांग्रेस लगौंटी लगाएको मानिसले टाउकोमा गहुँको बिटा बोकेको

निर्वाचन परिणाम र सरकार गठन

प्रतिनिधिसभा (१०९ सिट):

  • नेपाली कांग्रेस: ७४ सिट (स्पष्ट बहुमत)।
  • सरकार गठन: बीपी कोइरालाको नेतृत्वमा १९ सदस्यीय प्रथम निर्वाचित मन्त्रिमण्डल

महासभा (१८ सिटको निर्वाचन नतिजा):

राजनीतिक दल निर्वाचित सिट संख्या
नेपाली कांग्रेस १३
गोर्खा परिषद् ३
नेपाल कम्युनिस्ट पार्टी १
संयुक्त प्रजातन्त्र पार्टी नेपाल १

 

निर्वाचनपछिको परिवर्तन (२०१७–२०१९):

  • संसदीय व्यवस्थाको अन्त्य: वि.सं.२०१७ पुस १ गते राजा महेन्द्रबाट संसदीय व्यवस्था खारेज,
  • पञ्चायती व्यवस्था: वि.सं.२०१९ सालमा नयाँ संविधान जारी गरी पञ्चायती व्यवस्था लागू,
  • निर्वाचन पद्धतिमा परिवर्तन: प्रत्यक्ष निर्वाचनलाई स्थानीय तहमा मात्र सीमित गरियो; जिल्ला, अञ्चल र केन्द्रमा अप्रत्यक्ष निर्वाचन पद्धति सुरु,
  • प्रतिबन्ध: उम्मेदवारी दिनका लागि वर्गीय संगठनको सहमति अनिवार्य गरियो र प्रधानमन्त्रीको नियुक्ति राजाको स्वविवेकमा हुने व्यवस्था लागू,

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 43
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 98
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 103
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 130
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 114
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA